भारतको राजधानीमा भूकम्प

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, भदौ २२ (एजेन्सी)- बिहान बम विस्फोटले हल्लिएको भारतको राजधानी नयाँ दिल्ली राति भूकम्पबाट त्रसित बन्न पुगेको छ।  टाइम्स अफ इन्डियाले मौसम विभागलाई उद्‌धृत गर्दै सुरुमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको प्रारम्भिक रिपोर्ट दिए पनि पछि भारतीय टेलिभिजनहरुले तीव्रता ४.२ मात्र रहेको उल्लेख गरेका छन्। स्थानीय समय अनुसार राति साढे ११ बजे गएको भूकम्पका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन। भूकम्पको तीव्रता प्रारम्भिक रिपोर्टभन्दा निकै कम भएको बताइएकोले खासै क्षति नभएको हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। 

भूकम्पको झट्का महसूस भएपछि मध्यरातसम्म स्थानीय बासिन्दाहरु घरबाहिरै रहेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय