Nagarik News Blog

Nagarik News Blog

उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष हुने विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित म्याराथन हुँदै थियो। सेन्ट प्याट्रिक डे (गत सोमबार) का दिन हुने दौडमा विश्वभरका खेलाडी र दर्शक ओइरिएका थिए। म्याराथनको ११७औं संस्करण अचानक विस्फोटको धुवाँले घेरिएको दुर्दान्त स्मृतिमा परिणत भयो। आतंकवादी विस्फोटमा तीनजनाको मृत्यु भयो, १ सय ८६ भन्दा बढी घाइते भए। प्रतियोगितास्थलमा १५ सेकेन्ड अन्तरमा दुइटा बम आक्रमण हुँदा देश-विदेशका सहभागी आतंकित र भारी मन लिएर फर्के। दौड पूरा गर्नेलाई दिन ल्याइएका पुष्पगुच्छा लासमाथि फालिए।

फोटो प्रदर्शनीबारे कुनै अनुभव र ज्ञान थिएन। अझ एकल फोटो प्रदर्शनी गर्ने विषय मेरा लागि 'अँध्यारो गल्लीको यात्रा'जस्तै थियो। तर यात्रा पूरा भयो, त्योपनि अनपेक्षित उत्साहसहित। राजधानी काठमाडौं र पोखरामा फोटो पत्रकारहरूले एकल फोटो प्रदर्शनी गरेका समाचारले मलाइ उत्प्रेरित गर्थ्यो। तर ती ठूला शहर हुन्। अन्य साना सहरबाट यस्ता समाचार विरलै आएका छन्।

एसएलसी परिक्षा मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एउटा नयाँ निर्णय गरेको छ, त्यो के भने चिट चोर्नेको सबै परीक्षा रद्द गरिनेछ।


थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन। यताको केटाकेटी र उताको केटीकेटाको विवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो। तर, पेट(रोटी) र इज्जत(बेटाबेटी)को सम्बन्ध निर्वाह भइरहेको यो दुई देशबीच भने अर्को पनि साइनो प्रमाणसहित जोडिन खोजिरहेको छ। अपहरण अर्थात अपराधको सङ्गिन रुप।
प्रमाण नै चाहियो भने उदाहरण प्रशस्त छन्।


दुवाकोटका मेरा एकजना मित्रको घरमा दिनहुँ बडेको काँक्रा चोरी हुने। उनकी आमा निकै तनावमा। वर्षादको महिना गाँउका हरेकजसो घरको आँगनमा काँक्रा, घिरौला, करेलाजस्ता तरकारी फलफूलको झाङ हुन्छन्। मेरा ती साथीको आँगनमा भने थाँक्रो हालेको काँक्रो फलेपछि कहिल्यै ठूलो हुन नपाउने! 'दिउँसो हेर्‍यो, कलिलो काँक्रो टिप्न लायक हुँदैन। भोलि टिपौंला भन्यो बिहान त्यो काँक्रो नै झालमा हुँदैन,' साथीकी आमा निकै पिरोलिनुभएको थियो।


'फुटबल इज नट अबाउट लाइफ एण्ड डेथ, इट इज मच मोर देन द्याट' (फुटबल जीवन र मृत्युका बारेमा मात्र होइन, त्यो भन्दा अझ धेरै हो), सर्जियो अगुएरोको ९४औं मिनेटको गोलमा प्रिमियर लिग उपाधि जितेको म्यानचेस्टर सिटिका समर्थकतिर इसारा गर्दै प्रख्यात स्काइ स्पोर्ट्स फुटबल कमेन्टेटर मार्टिन टाइलर भन्दै थिए।


आदरणीय विज्ञ पाठक महोदय,
पर्यटन मन्त्रालयको सचिव भएको बेला २००८ को सेप्टेम्बरदेखि २०११ को मे महिनासम्म (सगरमाथा चढ्न टोली लिएर जानुपूर्व) हप्ताको एक दिन साइकलमा आउने/जाने गरेर मैंले धेरै अनुभव संगालेको छु। २०४५ सालताका साइकलमा कार्यालय जाने मेरो कार्यालयको एकमात्र अधिकृत कर्मचारी थिएँ म। त्यसबेला पनि मैले साथीभाइबाट तीव्र आलोचना खेपेको थिएँ। केही सचिवलाई मैंले त्यसबेला पनि एकदिन सँगै साइकलमा सिंहदरबारबाट निस्कौं भनेको थिएँ तर सहयोग पाइनँ।

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो 'होमवर्क गर । टिभीमा कार्टुन नहेर, टिफिन के चाहियो?' बाआमाले भन्ने जमना थिएन।

मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?

तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?


नागरिकमा मंसिर २४ 'सेलिव्रेटी रिक्साचालक' शीर्षकको खबर छापिएकै साँझ केदारजीले खुसीका साथ भने, 'आज मेरो उमंगका दिन हो, भाइ।' त्यो खबरले उनलाई यति धेरै चर्चित बनाउँछ भन्ने अनुमानसमेत रहेनछ। बिहान ५ बजे सुर्खेतबाट आउन सुरु गरेको फोन राति अबेरसम्म पनि जारी नै रहेछ। यी सेलिब्रेटी रिक्साचालकले मलाइ कमेन्ट गर्दै ५ सयभन्दा धेरै फोन आएको जनाए। कारण हो, त्यो स्टोरीमा उनको मोबाइल नम्बर उल्लेख थियो- ९८४५२-५२११६।

उपभोग्य वस्तुमा भइरहेको मूल्य बृध्दिले कर्मचारी र जनताको जीवन कष्टकर बनेको छ। सरकारले कर्मचारीलाई दिने तलबले तराईमा मात्र धान्न पुग्छ। तलब कम हुने भएकाले कर्मचारीलाई सरकारी स्वयंसेवक भने कसो होला ?

'आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई!' यो पुरानो उखानमा अझै सत्यता अवश्य छ। यसपालिको दशैं धेरै नेपालीलाई ऋण पनि बोकायो होला तर नेपालको ग्रामीण भेगका गरिब बस्तीमा भने दशैंले ढोल बजाउनै सकेन। देशका धेरैजसो गाउँघर सुनसान नै बिते। लिङ्गे पिङभन्दा पनि बढी मच्चिने मन भएका उत्साही युवा मलेसिया, अरब खाडीमा रहे।


  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

ट्याग्स

कमेन्ट