Nagarik News Blog

Nagarik News Blog


मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?

तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?


बुधबार बेलुकी ममाथि गोली हानियो। शरीरमा रगतका छिर्काहरू लत्पतिएका छन्। कुनै पनि बेला मारिन सक्छु भन्ने लागेपछि डायरी मेन्टेन गर्न थालेको छु। क्रान्तिकारी स्टाइल!म ३५ वर्षको भएँ। नेपालीको औसत आयुभन्दा हात्तीको उमेर २० वर्ष बढी छ। नेपालीले के फूर्ति लाउनु हामीसँग?
हिटलिस्टमा मेरो नाम चढाएको छ रे सरकारले। नानीदेखि लागेको बानी गएको छैन। इतिहासमा कसले कति मारेको छ, तिनलाई पनि मार्नुपर्योल। नत्र मलाई पनि आममाफी दिनुपर्यो। ठूलालाई चैन, सानालाई ऐन गर्न पाइन्छ लोकतन्त्रमा?


***
हात्तीले प्रेम गर्नु हुँदैन भनेर कहाँ लेखेको छ? मान्छेलाई लाग्दो हो- हावामा हात हल्लाउँदै गफ दिने, दुई खुट्टा टेकेर हिँड्ने, कुम जोर्नेमात्रै प्रेम बुझ्दछन्।
हाम्रो पनि मन हुन्छ, जिन्दगी हुन्छ। बोल्न जान्दिनँ के भो! बाहिर हिटलरजस्तो देखिए पनि भित्र कोमल मुटु छ। मसँग गोरी इभा ब्राउन छैन। अरुतिर आँखा लाइएन। एउटी कल्कलाउँदी चञ्चलकली थिई। पछि रोगी भई। आहार, उपचार नपाएर उमेरमै मरी। श्वासमा, धड्कनमा उसैको नाम गुन्जिएजस्तो लाग्छ। कहिले रिस उठ्छ, कहिले शान्त हुन्छ। म जगतलाई मेरा भावना देखाउन बेलाबखत मान्छे तर्साउँछु। यो देशै यस्तै हो। नतर्साई कोही कसैलाई पुछ्दैन यार!
मानिसहरू कुरै नबुझी बित्थामा मलाई मार्ने भन्दैछन्।
सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्।

न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध राष्ट्रपति फ्रास्वाँ होल्लान्ड र कृषिमन्त्रीसामू उजुरी परेको छ। उहाँ त सरकार पनि हात्तीमैत्री छ। यहाँ मेरो यो हाल छ। नेपालको गीत गाएर यो उमेरसम्म हिँडियो। बरु उहिल्यै फ्रान्समा जन्मेको भए!

मिडिया मेरै विरुद्धमा छन्। मानौं मान्छे बचाउने ठेक्का तिनले लिएका छन्। मेरो त कुरै छैन। धन्न ट्वीटे र फेसबुकेले सघाएका छन्। नत्र मेरो पक्षमा बोल्दिने कसले? प्रेस र अभिव्यक्ति स्वतन्त्रता हात्तीका लागि होइन रहेछ। मान्छे साह्रै स्वार्थी! आफ्नोबारे मात्रै सोच्छ।
भ्यागुताको धार्नी नपुग्ने 'सहमति' सुन्दासुन्दा वाक्क जनताको ध्यान मैले डाइभर्ट गरिदिएँ। यो कम्ती ठूलो सफलता हो? मेरो गतिविधि सुनेर राष्ट्रपतिले पनि सल्लाहकारहरूलाई सोधेछन् 'हैन, यो देशमा कतिवटा शक्तिकेन्द्र छन्?' मलाई भने खुब चित्त बुझेको छ। अर्थ न बर्थका वक्तव्यले रिंगिएका जनताको मुड निःशुल्क फ्रेस गराइदिएँ मैले। अहिले त ओहो, अखबारमा मै छु, टिभीमा मै। रेडियो, अनलाइनमा मै।

अखबारले मेरो नाममा परिशिष्टांक छाप्दैछन् रे - ध्रुवे विशेष। सेलिब्रिटी भइन्छ कि! मारिहाले भने त्यो दिन देख्नै नपाइने भो। यो देशै यस्तो। बाँचेकालाई मुर्दावाद, मरेपछि जिन्दावाद भन्छन्। काठमाडौंकेन्द्रित मिडियालाई कमसेकम चितवनसम्म ल्याइयो। चितवन राजधानी भएको भए यतिन्जेलसम्म त राजा भइन्थ्यो।

***
बाउराम प्रधानमन्त्री भएपछि कतिका घर हान्दिए। म त झन् हात्ती। मलाई मार्ने निर्णय गर्नुअघि कमसेकम कुनै बेला टाउकाको मोल तोकिएका प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, एक बेला हामी दुवैको बास जंगलमै थियो। फरक यत्ति हो, मलाई निकुञ्जमा सेनाले जोगाउँथ्यो, उनलाई लालसेनाले। अहिले त ती पनि एउटै भइसके। काठमाडौंको बाटो भत्काउन त्यत्रो डोजर लगाइयो। मलाई एउटी ढोई खोजिदिएको भए फ्रीमै सुँडले उडाइदिन्थें। मितव्ययिताको गुड्डी हाँक्ने प्रधानमन्त्रीले खै कुरो बुझ्या!

 

***
यहाँ कि सुकर्म गरेर चर्चित भइन्छ, कि कुकर्म गरेर। मैले नाम कमाउन खुबै ट्राइ गरें। विदेशी पनि बोकियो, स्वदेशी पनि। सेलिब्रिटीदेखि नेता, भ्रष्टाचारीदेखि सुन्दरी सबलाई पिठ्युँमा उठाइयो, हिँडियो। कहिल्यै कसैले बाल दिएन।
माहुते नामको सानो ज्यानको मानिस चढ्थ्यो। सानो मान्छेका कति ठूला कुरा। जे भन्थ्यो, हेडक्वार्टरको सर्कुलर मानेर हुबहु टेरिन्थ्यो। फलामे अनुशासन। असल बन्नू, ठूलाको आदर गर्नू, सानालाई माया गर्नू भनेर नैतिक शिक्षा स्कुलमा पढिएकै थियो। बल गरेर पढेको भए पास भइन्थ्यो। फेल गरिस् भने गधाको जूनी पाउलास् भनेका थिए बाबुआमाले। संयोग पनि कस्तो, हात्ती भइयो।

***
तीन वर्षअघि एउटीसँग यस्सो नजर के जुधेथ्यो। दिल हरिहाली।
त्यसपछि के भो?
जे हुनुथ्यो, त्यही भो।
खानै नरुच्ने, निद्रै नपर्ने। के गरुँ कता जाऊँ भइरहने। के छुटेछुटेजस्तो के बिर्सेबिर्सेजस्तो हुने। हात्तीको जात। हिउँदको बेला यसै पनि मन भरङ भरङ गर्छ। फेब्रुअरी १४ तिर पुग्दा उखुपात नै हुन्छ।
चञ्चलकली भेट्न जाने निर्णय गरें।
चञ्चलकली मन पराउने अरु पनि थिए। मैले ताक्ने इरादा गरें। बीचमा 'कोही' आउनखोजेको थियो। सुँढैले साइड लाइदिएँ। अरु खास केही भएन, अगाडिको एउटा दाँतचाहिँ भाँच्चियो। प्रेमका नाममा भएको कुर्बानी त्यत्ति थियो।
किताबमा पढेको काम लाग्यो- मौकामा हिरा फोर्नु। 'भ्यालेन्टाइन्स डे' वाले साइत छोपियो।
२०६६ माघ २५ गतेको रात।
होटल टाइगर टप्समा रमझम हुँदैथियो। छेवैको रिद्दीवीर होटलतिर लागियो। मेरो मुड बुझेर हो कि! दिउँसो चढ्न तयार हुनेहरू देख्नासाथ भागिहाले।
चञ्चलकलीलाई यताउता खोजें। नदेखेपछि निराश भएँ। कतै ऊ अर्कैसँग...? सास रोकिएलाजस्तो भयो।

हात्तीसारमा रहिछे चञ्चलकली। मलाई इशारा गरी। घरक्क ठेल्दा उघि्रने बारलाई हिन्दी फिल्मको हिरोले झैं परबाट उडेर या... दिएँ। चञ्चलकली सिधै मेरो बाहुपाशमा। उसलाई लिएर कता गइयो, के गरियो। सम्भि्कँदा कताकता तातो भएर आउँछ। त्यो सब यहाँ कसरी व्याख्या गरुँ! दिनरातहरू रोमान्समै बित्न थाले। मान्छे बोक्न छाडियो। लाग्थ्यो, सिंगै पृथ्वी मेरै वरिपरि घुमिरहेको छ। अब किन कसैलाई गनिराखुँ?
भ्यालेन्टाइन्स डेका दिन चञ्चलकली उडाएपछि उता कुनचाहिँ खैरेले मेरो नाम भ्यालेन्टिनो राखिदिएछ। नारायणगोपालको गीतै छ- म जे छु ठिकै छु, बिथोल्न नआऊ। हामी पशुको जे मन लाग्यो त्यो नाम राख्ने अधिकार मान्छेले कहाँबाट पाए? त्यसमाथि विदेशीले? राष्ट्रियता जोगाउन बंकर खन्नेदेखि सिमानामा मार्चपास गर्नेसम्म किन कोही बोल्दैन?
प्रेमकथा लामो छैन। मसँग बस्न थालेको केही महिनामै चञ्चलकली बिरामी परी। बिचरी सुरुमै दुब्ली थिई। शरीरमा बल थिएन। मेरा अनेकन रहर पूरा गर्ने सामर्थ्य नरहेको म बुझ्थें। हात्तीको देखाउने र चपाउने दाँत बेग्लै हुन्छ भन्छन्। सोच्ने भनेको दिमागले हो, दाँतले हो र! मानिसहरूलाई थाहै छैन, यस्तो बेला म कसरी चित्त बुझाउँथे।
पिठ्यूँपछाडि त्यस्सै कुरा काट्छन्। हुन त म हिजोआज कसैलाई अघि पर्न पनि कहाँ दिन्छु र!

चञ्चलकली बिरामी थिई। जंगलमा कहाँ अस्पताल, कहाँ क्लिनिक। हाम्रो जंगलमा पसेर हाम्रै विरुद्धमा खोर बनाउनेले अस्पताल बनाउन किन सक्दैनन्? जुन राज्यले खान, लाउन, बाँच्न दिँदैन, त्यसलाई जेल बनाउने, गोली हान्ने अधिकार हुन्छ?
उपचार नपाएरै ऊ मरी। सरकारका मान्छेले प्रचार गरे, 'मैले चञ्चलकलीलाई बिरामी बनाएँ, अनि मारें।'
बोल्न आउने भए खण्डन गर्थे। मिडियाका मान्छे चिनेको भए पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्थें। मेरो कथा सुन्दिने कसले!
बोल्न नपाएपछि जे गर्दा अरुले सुन्छन्। त्यही गर्नुपर्योत। साँचो प्रेमले फटाहालाई पनि ज्ञानी बनाउँछ। त्यही प्रेम असफल भयो भने पागल भइँदैन?
अनर्गल आरोप लगाउनेहरूलाई देखाइदिनुथियो, प्रेमिका गुमाएको झोंकमा दुई चारलाई हान्दिएँ। सुन्दैछु, फेरि मान्छेहरू प्रचार गर्दैछन्, मैले १५ लाई मारिसकें रे। गन्न जान्दैनन् कि के हो? स्कुलमा राम्ररी गणित पढेको भए पो!
म पहिले गाउँ पस्दिनथें। मान्छे जब जंगल पस्न थाले, यो मेरा लागि सुरक्षित रहेन।
त्यसमाथि अहिले त रेडियोकलर जोडेका छन् जहीँतहीँ। मेराविरुद्धमा सूचना संकलन गर्न सरकारले तलब दिएर सुराकी खटाएको छ। सरकारमा बस्नेहरू उहिले मसँगै थिए। नयाँ जनवाद ल्याउन धन भए धन नत्र जन देऊ भन्थे। मेरो सुँढले पन्छाएर बनाएको गोहो भएर हिँड्थे। आज तिनको वर्ग फेरियो। म हात्ती नै रहें।
समानुपातिक संविधानसभा हुन्छ भनेर एक दिन हाम्रो पनि नाम कसो नआउला भनेर ट्याक्क भोट खसालें। अस्ति सुनें, 'संविधान बनेन। संविधानसभाको पनि चञ्चलकलीकै हाल भयो। अब कहिल्यै फर्कदैन रे। देश यस्तो छ। त्यसमाथि प्रेम पनि छुटेको छ। अनि रिस उठ्दैन? हात्तीको चाहिँ मन हुँदैन?
ट्वीटेहरूले बाबुरामलाई खुबै दुःख दिइरहेका छन् भन्ने बुझ्दैछु। कुन दिन झोंकमा ट्वीटर बन्द गराइदेलान् र मेरो पक्षमा कसैले नबोल्ला भन्ने पीर छ। संसद नभएको बेला छ, सरकारले जे पनि गर्न सक्छ। सरकार पनि कस्तो! नगर्नुपर्ने सबै गर्छ। गर्नुपर्ने केही गर्दैन।
पार्टीहरूको ताल हेरुँ न। कहिल्यै एकार्कासँग मिल्दैनन्। जाबो एउटा हात्ती मार्न सप्पै मिलेका छन्। कांग्रेस कम्युनिस्ट सबले मेरा विरुद्ध चक्काजाम गरे आज चितवनमा। निकुञ्जका केही गार्ड मेरो पक्षमै छन्। तर आपतका बेला आफ्ना भनिनेहरू पनि बिराना हुँदा रहेछन्। कस्सैले राम्रो नजरले हेर्दैन। प्रेमले मलाई एकलकाँटे बनाइदियो यार। प्रेम पनि कस्तो दिनमा गरिएछ। न मर्न दिन्छ, न चैनले बाँच्न दिन्छ।
प्रेम भनेकै जैविक। तालिम लिएर प्रेम गर्छ कसैले? नेपालीहरू इतिहास पढ्छन् तर बुझ्दैनन्। अफिसियल इतिहास मान्ने हो भने युवराज दिपेन्द्र शाहले प्रेम गर्न नपाएकै झोंकमा आमाबाबु र सबलाई ठोकिदिएको होइन? दिपेन्द्र र मेरो बीचमा के अन्तर छ र? उनी राजाका छोरा भए, म निर्धो हात्ती। वर्ग नमिलेर के भो! हाम्रो व्यथा एउटै छ।

एक ट्वीटेको ट्वीट पढ्याथें, 'मेरो उपद्रो र लेखक ध्रुवचन्द्र गौतमको सत्तरीऔं जन्मदिन एकैदिन परेछ- पुस दुई।' डाक्टर धु्रवचन्द्र सरको नामै बिगारेर 'धु्रवे' भनेकामा बुढा आवेशमा छन् रे। साहित्य समाजको ऐना हो भनेको सही रहेछ। म समाजजस्तो भएँ, उनी मेरा ऐना। मत्ता हात्ती र कुनै बेला हात्तीछाप चप्पल लगाउने मत्ता लेखक धु्रवचन्द्र सरबीच एकदिन 'जलसमारोह' गर्नुपर्ला। बुढासँग नबसेको धेरै भयो। हिन्दी गजल सुन्न खुब मन लाग्या छ।
दुईचार मारियो होला। त्यस्ता हर्कत मच्चाउने आज कोही चरी भए, कोही चक्रे। कोही नेता भए कोही डन। सप्पैलाई राजनीतिक संरक्षण हुने, मलाई चाहिँ खै? पार्टीमा नलागेर दुःख पाइयो।

एकदुई चौकी हानेपछि हात्तीको बथानमा मेरो सदस्यता खारेज भइसकेको छ। मान्छे पनि बहिष्कार गर्न लाग्या छन्। तिनकै गोजीभित्र हजारका नोटमा चाहिँ मै छु। मन पर्दैन भने हजारको नोटै बोक्न छाडे भो। किन ठूला कुरा गर्नु!
खैर, त्यो नकोट्याउँ, त्यतातिर नजाउ।
https://twitter.com/basantabasnet


प्रतिक्रियाहरू (93)add comment
0
Rajan D.C.: ...
gajab pratikriya........aakhir hattti jastai chhan yi nepali janata haru belai ma bichar garebho yo sarkarle........aba yastai drube haru palauchhan bhannema sanka nahoss.....,,,keep going Basant ji.....hatsup to u
1

December 22, 2012
भोट: +31
0
Amrit : ...
December 22, 2012
भोट: +38
0
dhurbe: ...
dhurbe tmi hatyara hou...sabai ek hun bhane tmlai ni kanuni rup maa sajaye hunuparcha..nadarau nepal maa mirtyu danda chaina..kunai jamana kasaile tauko ko mol lagayo vandai maa hamile ni tei bato rojna bhayena ni ...
3

December 22, 2012
भोट: +2
0
Dahal, K. Germany: ...
I'm following the 'Elephant Story' on Nepali media for last couple of days. A interesting space created in Nepali media for the Elephant is appreciable.The fucked up mind with repeated Nepali nonsense political limbo news get relief with refreshing creative story. Basanta your diary touches my heart. I would really like to see such creative news in Nepali Media in up coming days.
4

December 22, 2012
भोट: +8
0
Baburam Subedi: ...
Dhum machale dhurbe dum machale..aakhir jole je gareni nikunja(national park) terai ho....
6

December 22, 2012
भोट: +5
0
bimal: ...
एउटा मत्ता हात्तीको अन्तरग पिडालाई आत्मसात गर्नु भएको मा धन्यबाद , साच्चै नै कती कठोर छ है यी राज्यका शासक र घोतक परित्तबमा बेमतलब ट्बाके राजनैतीक दलका तोरिलाउरे नेता देखेर , खास मा त्यो जनाबर बोल्न सक्ने भय , यस्तै यस्तै भन्थ्यो होला
7

December 22, 2012
भोट: +15
0
Bimal gautam: ...
December 22, 2012
भोट: +8
0
nilima raut: ...
Your post reminded me my time in tiger tops in 2060. We were there for 4 days visit to chitawan and after a jungle drive we stayed at tiger tops. We heard a lot about an elephant, who was in love with one of the elephant owned by tiger tops. People even called him Romeo. It was an interesting story to hear about romeo. On the same night romeo again came to meet his lover in the tiger tops and he broke the wall of the kitchen and ruined the foods and other things in the kitchen.

I am not sure if it is the same elephant, because i don't remember his nepali name. But while reading your blog, i was really carried away by emotions. Because i had loved his story that heard then and i really do have sympathy for this elephant now as well.

I hope Dhrube will get justice!
9

December 22, 2012
भोट: +5
0
ramkaji Thapa: ...
Rochak lekha rahe6, DHURBE ko barema...Akhir dubai Dhurbe Jungle mai Prem garna sikeka ta hun ni...Jungle ko thulo dhurbe ko chhora le pani 3-3 ota premika liyera chimeki muluk tira chhire6 re....timi Dhurbe pani ahile jyan jogauna tetai bato tataye hun6..., yestai ho vane khabardar Dhurbe Jukaharu....sabai janta dhurbe hunu naparos......
10

December 22, 2012
भोट: +0
0
khagendra neupane: ...
manche lai mirtudanda dine kanun nabhayako desma bichara janawar lai k ko mirtudanda. Dine nai bhaye Dhurbe lai bhanda pahila baburam prachanda jhalnath madhab lai dinu ni ta
11

December 22, 2012
भोट: +0
0
Biswasdip Tigela: ...
December 22, 2012
भोट: +1
0
damodar niraula: ...
लेख राम्रो र संदर्बिक छ बास्तव मा भन्ने होभने मान्छे दोसी छ उनि हरुको वासस्थान मासेर उसले आफ्नो अधि पत्य जमा उ दै गयो भने बाकी रहेको बन हरुमा पसेर उ नि हरु लाई डिस्टप् गर्ने भने अर्को तिर उनीहरुको इच्छा र खुसि लाई पनि मारी दियो बास्तव मा मान्छे फटा र अहि लेको समस्याको कारक हो त्यो हाति होइन

त्यो घटनाबाट मान्छे बुधी हिन देखिन्छ जसले हाती मार्न लगायो र मार्यो तिनि हरु सबई लाई कार् वाई हुनु पर्छ भने आउदा दिनहरूमा निर्दोस पसु प्राणी मर्नु हुदैन र सम्रक्षित बन हरु मा मान्छे पस्न बन्देज गर्नुपर्छ
13

December 22, 2012
भोट: +6
0
mohan kumar chauhan: ...
तपाईं को मनोकथा पढ्ए ।सबै कुरा खुलाएर लेख्नु भएको रहेछ ।तपाईं ले सबै मनोगत कुरा लाई मिलाएर लेख नु भएको रहेछ ।समग्र मा राम्रो लाग्यो ।९० प्रतिसत राम्रो छ ।
14

December 22, 2012
भोट: +4
0
dinesh dahal: ...
It is so nice ,the reyal fealling abou animals & good compair with dirty politicies .

DHURBE KEEP IT UP ....smilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gifsmilies/smiley.gif
15

December 22, 2012
भोट: +1
0
भवानी प्रसाद घिमिरे : ...
धुर्बे को जीवन रक्षा को लागि पहल गरौ ..........!

कुनै राजनीतिक पार्टी को सदश्यता दिएर भए पनि राजनीतिक दवाब सिर्जना गरेर भए पनि धुर्बे को मृत्यु दण्ड को सजाय वापस लिनको लागि आफ्नु ठाउ बाट पहल गरौं,धुर्बे ले त १२ जना मात्र मरेको हो अरे , तर यहाँ १२ हजार मर्ने हरु खुलेआम घुमिरहेका छन् र उनीहरु माथि लागेको हत्या को मुद्दा धमाधम फिर्ता भै रहेका बेला बिचार धुर्बेको किन नहुने ? बरु धुर्बेलाई सरंक्षण को खाँचो छ.....................!
16

December 23, 2012
भोट: +25
0
Tanka Subedi: ...
At least there are some reader and writer who can feel the pain of poor Dhruba. Love is also symbol of secrifice so he might lose life soon
18

December 23, 2012
भोट: +0
0
janap: ...
yo lekh padhunjel aafai dhurbe hatti vaiyo. dherai marmik ra sahi lekh ho yo. dhurbe jastaa dherai nimukha man6e haru pani 6an nepal maa jo mari nai rahekaa 6an ra mariyakaa 6an.
19

December 23, 2012
भोट: -1
0
ganesh thakuri: ...
parda manai dhake anubhati ghra ane nepal ko bartaman aayasta pane....... great writer..... tapailai salam 6a
23

December 23, 2012
भोट: +0
0
ganesh thakuri: ...
ध्रुवेको मनमैनबाट नेपालको वर्तमान अवस्था प्रस्तुति निकै रोचक छ smilies/smiley.gif great writer..... tapailai salam 6a
24

December 23, 2012
भोट: +3
0
famous thakuri: ...
December 23, 2012
भोट: +1
0
Sharad Khatiwada: ...
hahaha... really nice article. अब ध्रुबचन्द्र सर को प्रतिक्रिया को पर्खाईमा...smilies/smiley.gif
26

December 23, 2012
भोट: +1
0
Rabi: ...
December 23, 2012
भोट: +2
0
amrit: ...
तत्कालीन नेपाली परिवेश र ध्रुवे हात्तीको तुलना मनछुने लाग्यो।
28

December 23, 2012
भोट: +1
0
Bishal Poudel: ...
So, heart touching yar, It become my one of the favourite article in newspaper and got place in my dairy
Any way good job dude, nice writing
29

December 23, 2012
भोट: +0
0
Bibek Achary: ...
December 23, 2012
भोट: +0
0
kathmandunepal: ...
December 23, 2012
भोट: +1
0
pushpa: ...
really a justifiable article which present the current scenario of politics with animal right. it is the right of Dhurbe to alive even he made some mistake. thanx to writer.
32

December 23, 2012
भोट: +0
0
mark: ...
well done! ध्रुवेले १५-२० जना मार्‍यो तर हजारौं जनता मार्ने अपराधीहरुलाई चाहिँ के गर्ने नि?
33

December 23, 2012
भोट: +5
0
sharad pokharel: ...
December 23, 2012
भोट: +1
0
Krishna Sapkota: ...
Super writing. कता कता विचारा ध्रुवेले आफ्नो पीडा आफैँ लेखे जस्तो लागेर भावुक भएँछु।
35

December 23, 2012
भोट: +5
0
Raju Nayaghare: ...
भ्यागुताको धार्नी नपुग्ने 'सहमति' सुन्दासुन्दा वाक्क जनताको ध्यान मैले डाइभर्ट गरिदिएँ। यो कम्ती ठूलो सफलता हो?

म त सोह्रै आना सहमत smilies/smiley.gif जय ध्रुवे!
36

December 23, 2012
भोट: +5
0
mayalu bikas: ...
December 23, 2012
भोट: +0
0
Kushal BASNET : ...
December 23, 2012
भोट: +1
0
Bindass Ateet: ...
यो वास्तविकता हो। लेखाइ मलाई असाध्यै राम्रो लाग्यो। यदि ध्रुवे अझै जिउँदो छ भने अब उसलाई मार्नु नपर्ला।
39

December 23, 2012
भोट: +6
0
Shekhar Sapkota: ...
December 23, 2012
भोट: +1
0
Kumarvijay: ...
Great job... मलाई त यो लेख पढेर एकदम मजा लाग्यो। यस्तो मजा कर्नाली ब्लुज पढ्दा लागेको थियो। Keep it up....!!
41

December 23, 2012
भोट: +2
0
sitaram sigdel: ...
बास्तवमा तपाइँको पीडा मलाई मनपर्‍यो। कृपया यस्तो लेख लेख्दै गर्नोस् है।
42

December 23, 2012
भोट: +0
0
Prakash Tanahun: ...
Congratulations! Such a nice write up. We need to raise awareness amongst our youth/children that it is not the Dhrube who created the terror but it is our society who vandalized Dhrube's home and territory and forced him to show his anger.

Our right comes together with responsibilities. Perhaps Dhurbe is writing his diary in this part also. Did the people who vandalized the BZUC's office and blocked the highways get any benefits out of it? Not at all. Hope that this part of Dhurbe's diary comes in the coming days.
43

December 23, 2012
भोट: +0
0
shyamsundar shiwakoti: ...
December 23, 2012
भोट: +0
0
KAMAL THAPA: ...
December 23, 2012
भोट: +0
0
Kebal Man singh Ghale, uk: ...
Lets Give hands to DRUBE,
Samaya sandarvik rajnaitik tatha janawar samrachhanbadi prati pechilo prahar ek abodh hattiko matra nabhai sara nepali bhumi ma sada jibanma basobas garneharu chitran paye, katha paye.
Once again humble salute to DRUBE & DRUBA BASNET.....
47

December 23, 2012
भोट: +1
0
koesh : ...
Lekh dherai ramro lagyo. dhrube marinu Hunna. Dhrube ko samsya bhujera samadhan garnu parcha.
48

December 23, 2012
भोट: +0
0
pradip giri: ...
Exactly the same circumstances under the political issues and contemporary situation in Nepal.
Thanks Basant ji
49

December 23, 2012
भोट: +0
0
hridaya: ...
Really great Basanta ji !!!! What a creative writting !!!
just want to add some....

के गर्नु , हात्तीको जात पर्‍यो हात खुट्टा सुड सबै ठुलो, यता चन्चलकली गुमाउनु परेर आफुलाई टेन्सन भईराखेको बेलामा उल्टै मलाई तर्साउन आउने मान्छेलाई बिस्तारै धकलेर "उता जा !!! " भन्न खोजे पनि ढुन्मुनिदै ४ कोश पर पुगेर ढल्छ त म के गरु......!! के मैले प्रेम गर्न नपाउने ???
50

December 23, 2012
भोट: +3
0
खगेन्द्र पराजुली(केपी अविश्रान्त),प्रगतिनगर,नवलपरासी : ...
साधुबाद, मनोभावमा आधारित निबन्ध अत्यन्त सुन्दर र मर्मस्पर्शी लाग्यो बिषय उठान, ब्याख्या (भूमिका) अनि उपसंहारको शिलशिला///
51

December 23, 2012
भोट: +0
0
Rasmi: ...
smilies/cheesy.gif wow great,,, sarai ramro lagyo padhera.. dherai dherai samya sandharvhik cha yo article... keep it up....
52

December 23, 2012
भोट: +2
0
Hem Raj Pant: ...
लेख एकदमै राम्रो र समय सापेक्ष छ| उत्कृस्ट प्रस्तुतिका साथ धुर्बे मार्फत देशको यथास्थिती पोख्नु भएकोमा धन्यबाद !!
54

December 24, 2012
भोट: +1
0
bikas thapaliya: ...
December 24, 2012
भोट: -1
0
Ashish thapa: ...
I realyyy likee thiss writingggg.. gUdd jobb buDdyy keep it upp ... >>>> jasle j suki vane paniii Dhurbe hatti lai marnuu hudainaa >>>>>>>>>
56

December 24, 2012
भोट: +1
0
binu devkota: ...
December 24, 2012
भोट: +1
0
Rameshbht: ...
True story of NEPAL....like it so much wonderful story ..mind blowing keep it Up Basnet Jee....smilies/cheesy.gifsmilies/cheesy.gif
58

December 24, 2012
भोट: +0
0
prakash poudel: ...
December 24, 2012
भोट: +0
0
Dr. Tulsi Uprety: ...
Basanta Ji.

I love your story of Dhurbe. It is well done and
absolutely enjoyed reading it. Your style of writing is wonderful. Poor Dhurbe, he is still suffering in one of the isolated corner of Chitawon. I can not wish him dead but he is already wounded like Nepal. In that sense, Dhurbe represents our country's present condition. Anyway, it is simply a wonderful description of Dhurbe. Thanks.
Tulsi
61

December 24, 2012
भोट: +0
0
Royal MALLA: ...
December 24, 2012
भोट: -1
0
dipendra subedi: ...
December 24, 2012
भोट: +0
0
HOM DULAL;ILAM: ...
१४-१५ जना मान्छे मार्दैमा ध्रुवेलाई मृत्युदण्ड दिनुपर्ने? १ हजार ४ सय १५ जना मान्छे मार्ने प्रचण्ड बाबुरामलाई नेता किन मान्नु पर्ने?
64

December 25, 2012
भोट: +0
0
manu Aabhas: ...
बढा दामी लाग्यो। जति पढे पनि मन नमान्ने फेरि पढ्न मन लाग्ने। अझ धेरै लेख्न सकिँदैन बसन्तजी?
66

December 25, 2012
भोट: +1
0
gopal pradhan: ...
टाउका मा गिदि र सोच्न सनक्ने खुबि भय हाति मारन निर्नेय फिर्ता गर्नु पर्छ
68

December 26, 2012
भोट: +1
0
rami: ...
December 26, 2012
भोट: +0
0
Annal K Pradhan: ...
Simply brilliant writing making the society aware about todays happening and what is about to happen if something is not done, HATS OFF smilies/wink.gif

Jai Nepal !!
72

December 26, 2012
भोट: +0
0
Bimal Koirala: ...
December 27, 2012
भोट: +0
0
Vivek: ...
Mr. Writer, with all due-respect, i read your entire article about the elephant.
Sure, these animals are social and really have some sense, but it was really sad that you related the poor guy with Politics.
I really didn't thought at any line of what you have written, that you sympathies with his condition or you care any thing about Animal Rights, as per your writing i think you have made just another joke of him, and i strongly condemn it.
As you might be a Free Writer, but you cannot make fun of anyone or anything over its Condition.
75

December 27, 2012
भोट: +0
0
Dilli Acharya: ...
रमाईलो र मार्मिक लागेको थियो । त्यसैले आज फुर्सद भयो, तेस्रो पटक पढिभ्याएँ बसन्त जी
81

December 27, 2012
भोट: +0
0
Kabita Kunwar: ...
Very contextual and brilliant writing. I hope some animal activists might inspire to advocate rights for the animals. All the best !
83

December 27, 2012
भोट: +0
0
Jayeswor Mahato: ...
lekhai ta thikai ho, tara tapaika pariwar pareko bhaye po thaha paunu hunthiyo ta pariwar gumaudako pida.
84

December 27, 2012
भोट: +0
0
dipak: ...
सारै राम्रो लाग्यो। मज्जाले पढे। बुढि कराएको कराए थियो कति कम्प्युटर हेरेको भनेर तर सबै सिध्याएर मात्रै उठियो। धन्यबाद यस्तो राम्रो लेख्नु भएकोमा। म ध्रुबे संग छु।
86

December 28, 2012
भोट: +0
0
pravin tiwari: ...
December 28, 2012
भोट: +0
0
Diwakar: ...
December 29, 2012
भोट: +0
0
kiran lamgade: ...
December 29, 2012
भोट: +2

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

ट्याग्स

कमेन्ट