Nagarik News Blog

Nagarik News Blog

नेपालले पाँच आइसिसी यु-१९ विश्वकप क्रिकेट खेल्ने क्रममा थुप्रै कीर्तिमान बनाएको थियो। सन् २००० मा सुपर लिगमा पुग्नु, टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालले बनाएका अनुपम उपलब्धि हुन्।

‘हजुरका बाको एकतारे अहिले कहाँ छ?' एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,' मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।' हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन्। र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु- मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो।


कन्चनपुरको गुलरियामा एउटा सामुदायिक क्याम्पस छ- कञ्चन बहुमुखी क्याम्पस। जुन क्याम्पसमा पछिल्लो पटक १६ जनाले बीबीएसको परीक्षा दिएकामा मात्रै १ जना पास भए। मोफसलमात्र हैन, स्नातक तहमा पत्रकारितामा सबैभन्दा बढी विद्यार्थी पढाउने राजधानीकै रत्नराज्य क्याम्पसमा ४० प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण हुन्छन्।

जगजाहेर कुरा हो- एक जमानामा माओवादीको 'प्रचण्डपथ' मुलुकको 'असी प्रतिशत भू भाग' आफ्नो कब्जामा रहेको दावी गरिरहेको थियो। वनका चराहरूले समेत चारो टिप्न, गुँड लगाउन, फुल पार्न, कोरल्न, आकासमा उड्न पनि अनुमति लिनुपर्ला जस्तो थियो।

शहरमा त म भन्न सक्दिन। तर गाँउको कुन आँगन होला जहाँ क्रान्तिका बुटहरुले नछोएको र कुन पिँढी होला बन्दुकका नालहरुले स्पर्श नगरेको। बिहान सुर्योदयसँगै होस् वा बेलुका सुर्यास्तसँगै कहिले घर पछाडिबाट त कहिले घर अगाडिबाट (माओवादी छापामार) आँगनमा आइपुग्थे।


(बाह्रबीसेमा नेपाली कांग्रेसका सभापतिहरूको भेलाको तामझामको समाचार पढेपछि पुराना दिनहरू सम्झेँ। विशेषगरी २०३६ सालपछि कांग्रेसका केही कार्यक्रममा म पनि सहभागी भएको थिएँ। गाउँहरूमा आयोजना गरिने कार्यक्रममा त पराल ओछ्याएर बस्ने गरिन्थ्यो। सुत्नका लागि नेता कार्यकर्तालाई गाउँलेका घरमा बन्दोबस्त हुन्थ्यो।  


ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

ट्याग्स

कमेन्ट