Nagarik News Blog

Nagarik News Blog

पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणका कारण धौलागिरी र गण्डकी अञ्चल निकै तात्तियो। राजाबाट आफ्नो शासन शैलीकै कारण सामान्य नागरिकको हैसियतमा पुगेका पूर्वराजा शाह आफ्नो धार्मिक भ्रमणका लागि भन्दै म्याग्दी पुग्ने खवरले त्यहाँका दलहरुलाई अत्यायो र उनीहरुले बन्दको घोषणा गरे। तय भैसकेको उनको म्याग्दी भ्रमण बन्दको कारण स्थगित भएपछि उनी बाग्लुङबाटै फर्के। त्यसबाहेक बाग्लुङ, पर्वत, स्याङजा लगायतका जिल्लामा दलको नाउँमा भ्रमण विरुद्ध विभिन्न प्रदर्शनहरु भए।

पूर्वराजा ज्ञानेन्द्र शाहाको देश दौडाहा यतिबेला चर्चा र चासोको विषय बनेको छ। उनी धार्मिक भ्रमणको नाममा जिल्लाहरुमा पुगेर समर्थकहरुसंग सुझाव लिने र जनमत बुझ्ने दौडमा देखिन्छन्। आन्दोलनबाट पहिलेका राजा ज्ञानेन्द्र नागरिक घोषित भएपनि उनको भ्रमण नागरिक सरहको छैन। नागरिकको हैसियतमा राजाले भ्रमण गर्न नपाउने?


  • नेपाल कम्युनिस्ट पार्टी एमालेले गौतम वुद्धको तस्बिर जुत्तामा छापेकोमा अमेरिकी कम्पनीको चर्को विरोध गर्‍यो। एमालेभन्दा चर्को विरोध त सामाजिक सञ्जालहरुमा फैलिसकेको थियो। गौतम वुद्धको तस्बिर जुत्तामा राख्‍नु हामीलाई शोभनीय लागेन। चर्का विचार र धारणाहरु सामाजिक सञ्जालमा फैलिए।

  • यो घटनाक्रम जारी रहेकै समयमा भारतका एक कार्टुनिस्ट असिम त्रिवेदी जेल परे। भारतीय झण्डा र राष्ट्रिय चिन्ह दुरुपयोग गरेको आरोप उनीमाथि लाग्यो। प्रहरीले उनलाई नियन्त्रणमा लियो। स्वतन्त्र भारत र विश्वकै ठूलो लोकतन्त्र भएको मुलुकमा सडकमा कार्टुन टाँगेबापत उनी समातिनु चर्चाको शिखरमा हुनु नौलो कुरा थिएन।

  • सिद्धार्थ आर्ट ग्यालरीमा हिन्दु देवी देवतालाई पोस्टमोर्डन शैलीमा उतारियो। कालीको रुपलाई सुपर कालीका रुपमा उतारियो। र, कलाकार मनिसष हरिजनलाई धम्की मिल्यो। प्रशासनले चित्र प्रदर्शनीमै रोक लगायो। सामाजिक सञ्जालमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता खोसिएकोमा आपत्ति प्रकट हुनेक्रम चर्कियो। स्वतन्त्र खोसिएको कसलाई मन पर्ला?
यी तीन प्रसंगले हाम्रो सोच र स्वतन्त्रताबारे द्विविदा जन्माएको छ। वुद्धको तस्बिर जुत्ताको डिजाइनमा पर्नु अभिव्यक्तिको स्वतन्त्रता मान्न हामी तयार रहेनौं। तर, सुपर कालीमा सुपरम्यानहरु जोडिँदा हामीले त्यसलाई क्रियटिभ देख्यौं। सुपर कालीलाई क्रियटिभ मान्नेले बुद्धको तस्बिर जुत्तामा राखिँदा किन आपत्ती मान्ने?

भारतका कलाकार एमएफ हुसेनले हिन्दु देवीहरुलाई नग्न चित्रमा प्रस्तुत गरेपछि उनी त्यहाँबाट पलायन हुन पर्‍यो। जीवनको अन्तिम पाँच वर्षमा उनले भारतको नागरिकता नै परित्याग गरे र मध्यपूर्वका नागरिक बने। उतै विते पनि। अभिव्यक्तिको स्वतन्त्रतालाई भारतजस्तो विशाल प्रजातन्त्र भएको देशमासमेत कठिन परिस्थिति रहेछ - माधुरी दिक्षिकै लागि फिल्म गजगामिनी बनाएका हुसेन विदेशिनुले यही देखाउँछ।

यी प्रसंग यहाँ जोड्नुपछाडि हाम्रो चिन्तन कतातिर ढल्किएको छ भन्ने विषयको उठान गर्नुमात्र हो। कुन सही र कुन गलत पाठकलाई नै छाड्छु।

अलिकति राजनीतिक प्रसंग। माओवादी आन्दोलनमा उत्रिँदा उसको प्रधान शत्रु कङ्ग्रेस थियो। पछि राजा भए। एक वर्ष अगाडिसम्म पनि कुनै कुरा बिग्रियोकी दोष राजावादीलाई दिइन्थ्यो। राजाको षड्यन्त्रले सबै दोष पाउथ्यो। एक वर्षयता यस्तो आरोप सुन्न परेको छैन। दोष कि एमाले-कङ्ग्रेस कि एमाओवादीले नै पाउन थालेका छन्। मतलव हाम्रो चिन्तन भनेको आफू अनुकुल के हुन्छ त्यही नै हुने रहेछ।

अहिले वुद्धको चित्र भएको जुत्ता, असिम त्रिवेदी र सिद्धार्थ आर्ट ग्यालरीको विवादमा उठेका विवाद राजनीतिक दलका नेताको बोलीभन्दा फरक छैन।

प्राध्यापक पी खरेललाई यिनैबारे सोधेँ। अमेरिकीले अन्डरवेयरमा राष्ट्रिय झन्डा प्रयोग गरेको तर विवाद नउठेको सुनाउँदै उनले भने, 'तर, यसलाई बुझ्नेमा भर पर्छ। स्वतन्त्रता मात्रै मान्ने हो भने म देशका मै हुँ भन्ने मान्छेको फोटो ट्वाइलेट पेपरमा छाप्छु। अनि त्यसलाई केमा प्रयोग गर्छुहोला आफै बुझ्नुस्।'

साँच्चै तपाँईसँग अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग गर्ने अधिकार छ भन्ने मान्नुहुन्छ। तपाँई समाजमा गन्यमान्य पनि हुनुहुन्छ। अनि प्राध्यापक खरेलले भनेजस्तै तपाँईको अनुहार छापिएको ट्वाइलेट पेपर भेट्नुभयो भने कस्तो लाग्ला ? अझ सम्झनुस् त्यो ट्वाइलेट पेपरको प्रयोग के का लागि होला !

यसै साता भारतको दिल्ली उच्च न्यायालयले एउटा मुद्दाको फैसलमा सुनायो - तपाँई पत्रकारहरुले आफ्नो लक्ष्मण रेखा पार गर्नु भएन।
प्रसंग जे भएपनि स्वतन्त्रताका उपभोक्ताले लक्ष्मण रेखा पार गर्नु सही होइन। तर, यो लक्ष्मण रेखा कोर्ने को ? सरकार, हामी संचारकर्मी, नागरिक समाज ? फेरि कसैले कोरेको लक्ष्मणरेखालाई मान्न हामी तयार होलाउँ ? कसैले कोरेको रेखालाई हामी किन मान्ने ? किनकी हामीजति जान्ने को छ यो दुनियामा ? फेरि लक्ष्मण रेखा कोर्ने मानिस कुन दलको, कुन धर्मको, कुन जातजातिको तमाम प्रश्नहरु बाहिर आउने निश्चिेत छ।

हामी बुद्धलाई कसैले तोडमरोड गरे सहन्नौं। वुद्ध कहाँ जन्मिए भन्ने विवादमा ज्यान लिन तयार हुन्छौं। वुद्धले सिकाएको अहिंसा र हत्या विरोधका कुरामात्र हामीलाई थाहा हुन्न। हामीलाई अमेरिकी जुत्ताको जानकारी हुन्छ। हामीलाई स्वतन्त्रताको जानकारी हुन्छ। स्वतन्त्रता निर्वाध चाहिन्छ हामीलाई। बुझ्नै सकिरहेको छैन मैले- आखिर हामी के खोज्न भैतारिरहेका छौं ?

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

ट्याग्स

कमेन्ट