यम घिमिरे, एडमन्टन, क्यानाडा, वैशाख २- नेपालमा परोपकारी काममा खर्च गर्न विश्वभरिबाट स्वेछिक चन्दा सहयोग संकलन गर्दै उदाहरणीय काम गरिरहेको हेल्प नेपाल नेटवर्कको ‘दस करोड' अभियानमा क्यानाडाको एडमन्टनबासी नेपालीहरुले स्वतस्फुर्त रुपमा १ हजार ९ सय ४६ क्यानेडियन डलर जुटाएका छन्। नेपाली विनियमयदर अनुसार यो रकम १ लाख ६६ हजार नेपाली रुपियाँभन्दा बढी हो।
ऋषि आचार्य, सिड्नी, चैत ३० - नेपाल र प्रसान्त महासागरको टापु देश पपुवा न्युगिनीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ। अस्टेलियाको राजधानी क्यानवेरास्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमा अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल र पपुवा न्युगिनिका राजदुत चार्लेस डब्लु लेपालीबीच साझा सहमति पत्रमा हस्ताक्षर भएको हो।
ऋषि आचार्य, सिड्नी, चैत्र १७- अष्ट्रेलियाको छिमेकी पपुवा न्युगिनिको अध्यागमा कार्यालयाले ९ जना नेपालीलाई पक्राउ गरेको छ। उनीलाई दुई हप्ता अघिदेखि अध्यागमन कार्यालयले हिरासतमा राखेको हो। मासिक १२ सय डलर कमाइ हुने दलालको प्रलोभनमा प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र पपुवा न्युगिनी पुगेका नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो।
अशोक मैनाली,कोरिया,चैत १४ - ७ महिनाअघि मात्रै ६१ वर्षका कोरियाली नागरिकसँग विवाह गरेर कोरिया आएकी काभ्रे लुर्पुङ्की २६ वर्षीया रीता तामाङ (नाम परिवर्तन) श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी छिन्। अहिले उनको इन्छनस्थित द फिलिप हस्पितलमा उपचार भइरहेको छ।
अशोक मैनाली, सोल, कोरिया, चैत्र ११- नेपालको सानिमा बैंक र कोरियाको हाना बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौता बारे जानकारी दिन सोल, दोङ्देमुनमा आयोजित कार्यक्रममा सानिमा बैंकको कोरिया बजार साझेदार इसारा रेमिटको पनि विधिवत उद्घाटन गरिएको छ।
बाल्टिमोर,अमेरिका, चैत ५- बाल्टिमोरमा रहेका नेपालीहरुको सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयन सम्बन्धी मिति नजिकिदै जाँदा आन्तरिक मतभेद पनि चुलिदैं गएको छ।