अर्थ

पेट्रोल ठगी गर्ने कनक पेट्रोल पम्प बन्द

काठमाडौं, वैशाख १० - उपभोक्तालाई कम तेल बेचेर ठगी गरेको भेटिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले टेकुमा रहेको पेट्रोल पम्प कनक ट्रेड सेन्टर सिल गरिदिएको छ। विभागले सिल गरेपछि आयल निगमले तेल दिन बन्द गरेको छ।  'हामीलाई विभागको पत्र आएको छैन। पत्र आएपछि बिक्रेता नियमावलीअनुसार कारबाही के गर्ने भन्ने निर्णय हुनेछ,' निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले सोमबार नागरिकसँग भने, 'कारबाही यही हुन्छ भन्न सकिँदैन।' निगमले तेल दिन औपचारिक रुपमा रोक्कासमेत गरेको छैन।

विस्तृतमा

अन्नपूर्णमा 'वैकल्पिक' फेरो

सन्तोष पोखरेल, पोखरा, वैशाख १० - मोटरबाटो पुगेसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोमा वैकल्पिक पदमार्ग बनाइने भएको छ। मोटरबाटोले त्यस क्षेत्रमा 'ट्रेकिङ' जाने विदेशी पर्यटकलाई असर पारेको भन्दै वैकल्पिक पदमार्ग बनाउन लागिएको हो।
विस्तृतमा

नेपाल बैंकको हकप्रद वैशाख अन्तिम साता

सुदर्शन सापकोटा, काठमाडौं, वैशाख १० - सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले हकप्रद सेयर निस्कासन गर्ने स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न बैंकलाई स्वीकृति दिएको हो।
विस्तृतमा

अध्यक्षको असहयोगपछि उपाध्यक्षको राजीनामा

काठमाडौं, वैशाख १० (नागरिक) - सरकारले सहयोग नगरेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सोमबार पदबाट राजीनामा दिएका छन्। उपाध्यक्ष क्षेत्रीले सरकारलाई सहयोग गर्न मैदान खाली गरेको नागरिकलाई बताए। उनको राजीनामा स्वीकृत भने भइसकेको छैन।
विस्तृतमा

एयरबसलाई ५ लाख डलर बैना गयो

काठमाडौं, वैशाख १० (नागरिक)- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई सोमबार ५ लाख अमेरिकी डलर (४ करोड ३५ लाख रुपैयाँ) बैना पठाएको छ। जहाज खरिद-बिक्री समझदारीको पाँच दिनभित्र प्रतिबद्धता रकम (बैना) पठाउने निगमको तयारी भए पनि करिब दुई सातापछि पठाइएको हो।

विस्तृतमा

भुक्तानी नपाएको भन्दै गाडी नियन्त्रणमा

मदन ठाकुर, रौतहट, वैशाख ९ - उखु काटेर मिललाई बेचेको ३ महिनासम्म पनि मिलले भुक्तानी नदिएको भन्दै बारा निजगढका किसानहरु आन्दोलित भएका छन। उखु क्रसिङ्ग गरेर मिलले उत्पादन बेचे पनि किसानले भुक्तानी नपाएपछि उनीहरु सोमबारदेखि आन्दोलित भएका हुन्।

विस्तृतमा

योजना आयोग उपाध्यक्ष क्षेत्रीद्वारा राजीनामा

सुदर्शन सापकोटा, काठमाडौं, वैशाख ९- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले पदबाट राजीनामा दिएका छन्। चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी समक्ष राजीनामा बुझाउन क्षेत्रीले ४ बजेको समय लिएका छन्। 'काम गर्न सरकारलाई सजिलो होस् भनेर मैदान खाली गर्दिएको हुँ', नागरिकन्युजसँग कुरा गर्दै उनले भने। 

विस्तृतमा

कुलेखानीमा ट्रान्सफर्मर मर्मत हुँदै

हेटौँडा, वैशाख ९ - मकवानपुरको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युत् आयोजनाको हाताभित्र रहेका तीन विद्युत् ट्रान्सफर्मरको अहिले तीव्ररुपमा मर्मत भइरहेको छ। सो आयोजनाले आगामी १० दिनभित्र जलेका ट्रान्सफर्मरको मर्मत गरेर प्रथम चरणमा ३२ मेगावाटमध्ये १० मेघावाट विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।
विस्तृतमा

जहाज किन्न निगमलाई १३ अर्ब ऋण दिन सञ्चय कोष सहमत

सुशील भट्टराई, काठमाडौं, वैशाख ९ - कर्मचारी सञ्चय कोषले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
विस्तृतमा

व्यवसायी विवादले सुनमा दोहोरो मूल्य

विष्णु पोखरेल, काठमाडौं, वैशाख ९ - नेपाल सुनचााँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको भाउ तोलाको ५० हजार ५ सय निर्धारण गर्यो । यसले भाउ तोकेलगत्तै अर्को व्यवसायीको संस्था नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलामा १ सय रुपैयाँ घटाएर ५० हजार ४ सय रुपैयाँ तोक्यो।
विस्तृतमा

जोखिम व्यवस्थामा राष्ट्र बैंकको कडाइ

सुदर्शन सापकोटा, काठमाडौं, वैशाख ९ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था (प्रोभिजनिङ) मा कडाइ गरेको छ। घरजग्गा समस्यालाई न्यूनीकरण गर्न जोखिम व्यवस्थामा निकै लचिलो भएको राष्ट्र बैंक चालु वर्षको तेस्रो त्रैमास (चैत मसान्त) देखि कडा भएको हो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 21
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता