Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

अर्थ

'एउटैले लाभांश र बोनस खाने प्रवृत्ति हटाउनुपर्छ'

काठमाडौं, वैशाख ६ (नागरिक) - नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिले लाभांश र बोनस खाने प्रवृत्ति हटाउनुपर्ने बताएका छन्। एउटै व्यक्तिले दुवैतर्फको सुविधा उपभोग गर्दा स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्टे्रस्ट हुने) भन्दै उनले यो प्रवृत्ति हटाउनुपर्ने बताएका हुन्।
विस्तृतमा

सप्तरीमा सुनको भाउ अझै ५२ हजार ४ सय

जितेन्द्रकुमार झा, राजविराज, वैशाख ५ - विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सुनको भाउमा ठूलो गिरावट आएको समाचार सुनेर सुन किन्न पुगेका सप्तरीका ग्राहक सुनको पुरानै दर हेरेर त्यसै फर्किन बाध्य छन्।
विस्तृतमा

कुलेखानी दोस्रोको मर्मत सुरु, लोडसेडिङ नबढाउन डिजेल प्लान्ट

रामशरण पुडासैनी, मकवानपुर, बैशाख ५ - आगलागीबाट जलेर क्षति पुगेको मकवानपुरको भैंसे गाविस-१ स्थित कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको ३ वटा ट्रान्सफर्मर मर्मतसम्भार सुरु गरिएको छ।
विस्तृतमा

पाइपमा पानी हैन पेट्रोल !

काठमाडौँ, वैशाख ४ - सरकारले नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)को रक्सौल डिपोदेखि नेपाल आयल निगम(एनओसी)को अमलेखगञ्जसम्म पाइप लाइन बिछ्याउने कार्य सुरु गर्न प्रारम्भिक प्रक्रिया सुरु गरेको छ।
विस्तृतमा

कुलेखानी दोस्रोमा आगलागी, लोडसेडिङ बढ्न नदिन डिजल प्लान्ट तयार

रामशरण पुडासैनी, मकवानपुर, वैशाख ४ - मकवानपुरको भैंसे गाविस-१ मा रहेको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको विद्युतगृहको तीनवटा ट्रान्सफर्मरमा गएराति आगलागी हुँदा करोडौंको क्षति भएको छ। ३ वटै ट्रान्सफर्मरमा पालैपालो आगो सल्केपछि कामै नलाग्ने गरी उपकरणमा क्षति पुगेको छ।
विस्तृतमा

युएईसँग सातामा ७० उडान सम्झौता

काठमाडौं, वैशाख ४ - लामो प्रयासपछि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीच मंगलबार हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ। युएईले ६ वर्षदेखि सम्झौता पुनरावलोकन गर्न आग्रह गर्दै आएको थियो।
विस्तृतमा

वैदेशिक सहायता नीति बनाउँदै सरकार

काठमाडौं, वैशाख ४ (नागरिक) - दाताबाट आफू अनुकूल आउने आर्थिक सहायता नियन्त्रण गर्न सरकारले वैदेशिक सहायता नीति बनाउने भएको छ। देशको अनुकूलमा दाताको सहायता परिचालन हुने गरी सरकारले नीति बनाउन लागेको हो।
विस्तृतमा

कच्चा तेलको भाउ घट्यो

काठमाडौं, वैशाख ४ (नागरिक) - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकै दिन प्रतिब्यारल तीन डलरले घटेर १ सय डलर कायम भएको छ।
विस्तृतमा

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थाल्यो

आज सुनको भाउ बढ्ने संकेत

विष्णु पोखरेल, काठमाडौं, वैशाख ४ - गत सातादेखि लगातार घटिरहेको सुनको भाउ आज बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा हिजो दिउँसोदेखि सुनको भाउ वृद्धि हुन थालेकाले आज नेपाली बजारमा मूल्य बढ्न सक्छ।

विस्तृतमा

युटिएल र स्मार्टलाई एकीकृत लाइसेन्स नदिन आदेश

काठमाडौं, वैशाख ४ (नागरिक)- युनाइटेड टेलिकम लिमिटेड (युटिएल) र स्मार्ट टेलिकमलाई मुलुकभर सेवा सञ्चालन गर्न सक्ने गरी एकीकृत दूरसञ्चार अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
विस्तृतमा

ग्यास कोटा खारेजको लबिङ

काठमाडौं, वैशाख ४ (नागरिक)- ग्यास उद्योग संघमा नयाँ नेतृत्व आएपछि वैज्ञानिक तवरले दिँदै आएको ग्यासको कोटा निर्धारण प्रणालीलाई खारेज गर्न लबिङ सुरु भएको छ। आयल निगम अध्ययन गर्न गठित उच्चस्तरीय समितिले दिएको सुझावका आधारमा सिलिन्डरको आधारमा कोटा निर्धारण गर्दै आएको थियो।
विस्तृतमा
Page 3 of 21
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता