Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

अर्थ

टेलिकमले प्रति शेयर ४८ रुपियाँ लाभांश दिने

काठमाडौँ, चैत २६ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आजको पाँचौ वार्षिक साधारणसभाले आव २०६८।०६९ को मुनाफा रकममध्येबाट प्रतिसेयर रु ४८ का दरले नगद लाभांश वितरण गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरेको छ।
विस्तृतमा

मंगलबार चार खर्बमाथिको बजेट आउँदै

काठमाडौँ, चैत २६ - सरकारले आव २०६९/०७०को वार्षिक बजेट रु चार खर्बभन्दा माथिको ल्याउने भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाका अनुसार सरकारले मङ्गलबार पूर्ण आकारको बजेट ल्याउन लागेको हो। बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ।  

विस्तृतमा

'पेट्रोलियम कारोबारमा निजी क्षेत्र खुलै'

विज्ञान अधिकारी, काठमाडौं, चैत २६ - पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रलाई खुला गर्ने नियमन आदेश स्थगित भए पनि सरकारले चार वर्षअघिको निर्णयलाई टेक्दै निजी क्षेत्रलाई पेट्रोलियम कारोबारमा सहभागी गराउने भएको छ।  सरकारले २०६५ जेठ २७ गते पेट्रोल, डिजेल र मट्टितेल कारोबारमा निजी क्षेत्रलाई खुला गरेको थियो।
विस्तृतमा

लोभलाग्दो छ नेपालको नैनीताल

चाँदनी हमाल, त्रिवेणीधाम, (नवलपरासी) चैत २६-सात गण्डकीको मिलनबिन्दु त्रिवेणी धाम नेपाली कांग्रेसको महासमिति बैठक आयोजनास्थल भएपछि अहिले चर्चामा छ। प्रमुख पर्यटकीय क्षेत्र सौराहा र लुम्बिनीको बीचमा पर्ने यो क्षेत्रलाई नेपालको नैनीताल भन्ने गरिए पनि पर्यटकका रुपमा भने अझै अपरिचित छ ।
विस्तृतमा

उपत्यकाका पुराना सबै मोबाइल टावर हटाउँदै टेलिकम

विष्णु पोखरेल, काठमाडौं, चैत २६ - नेपाल टेलिकमले गुणस्तर सुधार र क्षमता विस्तार गर्न आगामी पाँच महिनाभित्र उपत्यकाका पुराना सबै मोबाइल टावर(बिटिएस) हटाउने भएको छ।
विस्तृतमा

अर्थमन्त्री कोइरालाद्वारा च्याम्बर गेट उद्‍घाटन

विराटनगर, चैत २५- अर्थमन्त्री शङकरप्रसाद कोइरालाले विराटनगर विमानस्थल प्रवेशद्धारमा निर्माण गरिएको च्याम्बर गेटको शनिबार उद्‍घाटन गरे। मोरङ व्यापार सङ्घद्वारा विराटनगर-५ स्थित धरान रोडबाट विमानस्थल मोडिने स्थानमा करिब रु २५ लाखको लगानीमा सो द्धार निर्माण गरिएको हो।
विस्तृतमा

गार्हस्थ्य उत्पादन ३.५६ प्रतिशत

काठमाडौं, चैत २४ (नागरिक)-चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ३ .५६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले चालु आवका सात महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो।
विस्तृतमा

महासंघको साधारण सभामा ऊर्जा मुख्य एजेण्डा

काठमाडौं, चैत २४ (नागरिक)- नेपाल उद्योग वाणिज्य महासंघले यस वर्ष (चैत २८) को साधारण सभामा ऊर्जालाई मूल एजेण्डाका रुपमा अघि सारेर राजनीतिक प्रतिवद्धता लिने तयारी गरेको छ।
विस्तृतमा

अन्तत : निगमले एयरबस जहाज किन्ने भयो

अन्तत : निगमले एयरबस जहाज किन्ने भयो

सुशील भट्टराई,काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच दुईवटा जहाज खरिद-बिक्री गर्न शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।निगम र एयरबसले २०६६ कात्तिक १९ मा भएको खरिदसम्बन्धी समझदारीपत्र पुनरावलोकन गरी हस्ताक्षर गरे। सम्झौता पुनरावलोकन गर्न निगम र एयरबसका उच्च अधिकारीबीच ६ महिनायता दर्जन पटकभन्दा बढी वार्ता भएपछि शुक्रबार खरिद-बिक्री प्रक्रियाले मूर्तरूप लियो।

विस्तृतमा

पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश स्थगित

काठमाडौं, चैत २४- सरकारले पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश, २०६९ स्थगित गर्ने निर्णय गरेको छ। वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घबीच आज भएको वार्तामा सरकारले सो आदेश स्थगन गर्न सहमति जनाएको हो।
विस्तृतमा

चालु आवको कुल गार्हस्थ्य उत्पादन ३.५६ प्रतिशत

काठमाडौं, चैत २४ (नागरिक)- चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ३ .५६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले चालु आवका सात महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो।

विस्तृतमा
Page 7 of 21
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता