भुक्तानी नपाएको भन्दै गाडी नियन्त्रणमा

E-mail Print

मदन ठाकुर, रौतहट, वैशाख ९ - उखु काटेर मिललाई बेचेको ३ महिनासम्म पनि मिलले भुक्तानी नदिएको भन्दै बारा निजगढका किसानहरु आन्दोलित भएका छन। उखु क्रसिङ्ग गरेर मिलले उत्पादन बेचे पनि किसानले भुक्तानी नपाएपछि उनीहरु सोमबारदेखि आन्दोलित भएका हुन्।

 
भुक्तानीका लागि पटक-पटक ताकेदा गर्दा पनि मिल प्रशासनले भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उखु भुक्तानी संघर्ष समितिका संयोजक भरत बिडारीले बताए। आन्दोलनकारी कृषकहरुले आज दिउँसो २ वटा गाडी तथा एक मिल कर्मचारीलाई नियन्त्रणमा लिएका छन्। रौतहटबाट बारा तर्फ गइरहेको श्रीराम सुगर मिल्स रौतहटको एक ग्यास बोक्ने ना१च ४८६० नम्बरको जीप तथा ना१४प ४३७४ नम्बरको मोटरसाईकलसँगै मिलका जेटिए ऋखेश्वर अगस्तीलाई नियन्त्रणमा लिएको संयोजय बिडारीले बताएका छन्।

एकसाता अघि बारा प्रशासन मार्फत भुक्तानीको विषयमा ज्ञापन पत्र बुझए पनि सो सम्बन्धमा कुनै कारबाही प्रक्रिया अघि नबढाएपछि आन्दोलनमा उत्रिएको अर्का कृषक सूर्यबहादुर भण्डारीले बताएका छन्। बारा निजगढका झण्डै तिन सय किसानको माघ १५ गतेदेखि हालसम्मको ४ करोड रुपैयाँ भुक्तानी श्रीराम सुगर मिल्स रौतहटले दिन बाँकी रहेको कृषक भण्डारीले बताएका छन्।

'मिलले उँखु विक्रि गरेको १५ दिनमै भुक्तानी दिने बताए पनि नदिदा आन्दोलन गरेका हौ,' भण्डारीले भने। पूर्व-पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत निजगढमा उखु किसानहरु मिलको गाडी नियन्त्रणमा लिन बसेका थिए।

यता श्रीराम सुगर मिल्स रौतहटले बारा निजगढका किसानको भुक्तानीका लागी माघ १५ देखि २९ गते सम्मको भुक्तानी सूचना निकालीसकेको जनाएको छ।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता