सरकारी बैंकमा नाफाभन्दा कर्मचारी खर्च बढी

E-mail Print
काठमाडौं, फागुन २७ (नागरिक) - सरकारी स्वामित्वका वाणिज्य बैंकमा नाफाभन्दा कर्मचारी खर्च बढी भएको पछिल्लो तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार कर्मचारी खर्च नेपाल बैंकमा ७४ करोड ७९ लाख, राष्ट्रिय वाणिज्य बैंकमा ७० करोड ५३ लाख र कृषि विकास बैंकमा एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको यो विवरणअनुसार ब्याजबाहेक कुल खर्चमा नेपाल बैंकले कर्मचारीहरुमा ७५.८८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७०.९७ प्रतिशत र कृषि विकास बैंकले ८५.७४ प्रतिशत लगानी गरेको छ।
अधिक कर्मचारीका कारण सरकारी स्वामित्वका बैंकको नाफा दर घटेको छ। नेपाल बैंकले कर्मचारीमा गरेको खर्च उसले छ महिनामा गरेको नाफा (३ करोड ९० लाख रुपैयाँ)भन्दा १९ गुणा बढी छ। राष्ट्रिय वाणिज्य बैंकले पनि नाफा (६० करोड ९९ लाख रुपैयाँ)भन्दा धेरै कर्मचारीमा खर्च गर्छ। कृषि विकास बैंकको कर्मचारी खर्च नाफा (५४ करोड ६३ लाख रुपैयाँ)को दोब्बर छ।
निजी क्षेत्रका वाणिज्य बैंक नबिलमा सोही अवधिमा कर्मचारी खर्च २६ करोड ७९ लाख रुपैयाँ (कुल खर्चको ५४.६२ प्रतिशत), नेपाल इन्भेस्टमेन्ट बैंकमा १६ करोड ६७ लाख रुपैयाँ (कुल खर्चको ४०.९० प्रतिशत) रहेको छ।
'कर्मचारीहरुमा उच्च खर्च सरकारी स्वामित्वका बैंकहरुको मुख्य कमजोरीमा पर्छ,' नेपाल बैंक व्यवस्थापन समितिका संयोजक महेश्वरलाल श्रेष्ठले भने, 'हामीले तलब, उपदान र अन्य खर्चमा कटौतीको प्रयास गरेको भए पनि यो अझै उच्च छ।'
नेपाल बैंकले दुई हजार सात सय कर्मचारीलाई काममा लगाएको छ। आधुनिक प्रविधिलाई प्रयोगमा ल्याउने हो भने बैंकलाई एक हजार आठ सयभन्दा बढी कर्मचारी नचाहिने जानकार बताउँछन्। 'कर्मचारी बढी भएकै हुन,' श्रेष्ठले भने,' तर दुई वर्षभित्रै ६ सय कर्मचारी अवकाशमा जाँदै छन। त्यस अनुरुप खर्च पनि कम हुदै जानेछ।'
राष्ट्रिय वाणिज्य बैंकले भने कारोबारको आकार बढाएर अहिलेको जनशक्तिलाई अधिकतम उपयोग गर्ने योजना बनाएको छ। ' पाँच वर्षअघि ५ हजार ८ सय कर्मचारी रहेकोमा अहिले यो संख्या २ हजार ६ सयमा झरिसकेको छ,' बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले भने, 'यो जनशक्तिलाई प्रयोगमा ल्याउन हामी कारोबार विस्तार गर्दैछौं।'
कृषि विकास बैंकका उप-महाप्रबन्धक उपेन्द्रबहादुर कार्कीको भनाई पनि शर्माको जस्तै छ। बैंकमा हाल २ हजार ८ सय कर्मचारी कार्यरत छन्।
सरकारी बैंकका अधिकारीहरुको भनाई जायज भए पनि निजी क्षेत्रसँग तुलना गर्दा तीनमा कार्यरत कर्मचारी संख्या निकै बढी भएको विश्लेषक बताउँछन्। नेपाल बैंक र कृषि विकास जत्तिकै सम्पति भएको नबिलमा हाल १२ सय कर्मचारी कार्यरत छन् भने नेपाल इन्भेस्टमेन्ट बैंकमा ८ सय ८५ मात्रै छन्।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता