अर्थसचिवको अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आकस्मिक छड्के

E-mail Print
काठमाडौं, चैत १ (नागरिक)-अर्थसचिव शान्तराज सुवेदीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आकस्मिक निरीक्षण गर्दै राजस्व असुली लक्ष्य हासिल गर्ने पहल थाल्न निर्देशन दिएका छन्। उनले मिलोमतो गरी कम मूल्यांकन गर्ने गुनासो बढ्दै गएको भन्दै यसलाई यथार्थपरक बनाउन, भन्सार मूल्यांकनबाट हुने राजस्व चुहावटको नियन्त्रण गर्न निर्देशन दिए।
 
'वस्तुको गलत वर्गीकरण गरी राजस्व चुहावट हुनसक्ने भएकाले वस्तुको सही वर्गीकरण गर्नुपर्छ,' उनले भने, 'निकासी प्रवर्द्धन गर्न भन्सार जाँचपास प्रक्रिया सरल र छिटो गर्दै गैरभन्सार अवरोधलाई निरुत्साहित गर्न आवश्यक छ।' सचिव सुवेदीले प्रज्ञापनपत्र बमोजिम तथ्यांक प्रविष्टि गर्नसमेत निर्देशन दिएका छन्।
उनले समयमै भन्सार जाँचपास गर्ने व्यवस्था मिलाउने, यात्रु जाँचपास प्रक्रियामा सरलीकृत गर्ने र कर्मचारीको व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिए। 'अवैधरुपमा हुने विदेशी मुद्राको ओसार पसारमा विशेष सतर्कता अपनाउनुस्,' उनले भने, 'हालसम्मको बेरुजु फर्छ्यौट गर्न तदारुकताका साथ लाग्नुहोस्।' उनले आगामी दिनहरुमा बेरुजु हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै प्रहरी, अध्यागमन, पारवहन र हवाई उड्डयन कार्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिए।
भन्सार विभागका महानिर्देशक मुक्तिनारायण पौडेलले निकासीलाई प्रवर्द्धन गर्न व्यापार सहजीकरण गर्नुपर्ने भन्दै सवारीसाधन लगायत अन्य वस्तुको लिलाम समयमै गर्न र राजस्व्ा असुलीलाई प्राथमिकता दिन निर्देशन दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयका प्रशासक जगदीश्वर रेग्मीले कार्यालयले हालसम्म सम्पादन गरेका कार्यहरुको प्रगतिबारे जानकारी गराएका थिए। फागुन महिनाको राजस्वको लक्ष्य हासिल हुने र बाँकी अवधिको राजस्व असुली लक्ष्य बमोजिम गर्न थप प्रयास गर्ने बताए।
निरीक्षणमा राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनाल, अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव कृष्णप्रसाद देवकोटालगायत पदाधिकारीहरुसमेत थिए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता