बैंकहरुले ऋण लगानी रोके

E-mail Print

सुदर्शन सापकोटा, काठमाडौं, चैत ४- लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले ऋण विस्तार रोकेका छन्। सरकारी खर्च नहुँदा तरलता अभाव भएपछि अधिकांस बैंकहरुले ऋण विस्तार रोकेका हुन्। डेढ महिनाअघिसम्म निक्षेप वृद्धिको अनुपातमा अधिक कर्जा विस्तार गरेका बैंकहरु अहिले तरलता अभावमा छन्। यही कारण कर्जा-निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा छेउछाउ पुगेकाले उनीहरुले तत्काललाई थप लगानी रोकेका हुन्।


'डेढ महिनाअघिसम्म विना कुनै योजना ऋण विस्तार गरेर कर्जा-निक्षेप अनुपात बढेका कारण अहिले बैंकहरुले थप लगानी गर्न नसकेका हुन्,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नागरिकसँग भने, 'निक्षेप नबढाइ थप लगानी गर्ने अवस्थामा बैंक छैनन्।'
वाणिज्य बैंकहरुले अहिलेसम्म ९ सय ९ अर्ब निक्षेप संकलन गरेका छन्। उनीहरुले अहिलेसम्म ७ सय ३ अर्ब ऋण लगानी गरेका छन्। चालु आर्थिक वर्षको सात महिनासम्म सरकारले ११ अर्ब मात्र विकास खर्च गरेको छ।
राष्ट्र बैंकको व्यवस्था अनुसार एक सय रुपैयाँ निक्षेप संकलन भए ८० रुपैयाँ मात्र ऋण लगानी गर्न पाइन्छ। ७२/७३ को कर्जा-निक्षेप अनुपात भएका बैंकहरुको अहिले बढेर ७८/७९ मा पुगिसकेको छ। विकास खर्च नभएर बैंकहरुको निक्षेप नबढेका कारण अनुपात वृद्धि भएको हो।
कर्जा-निक्षेप अनुपात तोकिएको सीमा छेउछाउ मात्र भएका बेला कसैले ठूलो निक्षेप झिकिदिए यो ८० प्रतिशतभन्दा माथि पुग्ने अवस्था छ। यही कारण बैंकहरुले लगानी विस्तार गर्न नसकेका हुन्। कतिपय बैंकहरुले दिन्छु भनेर कवोल गरेको ओभरड्राफ्ट कर्जा नदिइ ग्राहक फर्काउन थालिसकेका छन्।
'कर्जा र निक्षेपको वृद्धि दरबीच फराकिलो अन्तर भएकाले लगानी गर्न बैंकहरुलाई अप्ठेरो परेको हो,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने, 'चुनावका कारणले औपचारिक प्रणालीभित्र नभएको पैसा बैंकिङमा छिरेर तरलता सहज हुने अवस्था छ।' उनले बजारमा पैसा आउने अवस्थाको श्रृजना भइसकेकाले बैंक लगानी बढ्ने जानकारी दिए।
तरलता अभावका कारण बैंकबीच हुने आपसी कारोबारसमेत बढ्न थालेको छ। सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये अधिकांसले सापटी माग गरिरहेका छन्। आधा दर्जन बैंक मात्र सापटी दिने अवस्थामा छन्। लामो समय १ प्रतिशतमा चलेको अन्तर बैंक सापटी अहिले ५ प्रतिशत पुगेको छ।
सरकारले कार्यक्रमसहितको पूर्ण बजेट ल्याउन नसकेर विकास निर्माणमा खर्च गर्न सकेको छैन। विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स वृद्धि दरसमेत घटेको छ। शोधनान्तर बचतसमेत उल्लेख घटेका कारण बैंकहरुमा तरलता अभाव भएको हो।
राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्ष ३७.१ प्रतिशतले बढेको रेमिट्यान्सको वृद्धि दर घटेर २१.८ प्रतिशतमा आएको छ। यसपाली देश वाहिर जानेभन्दा भित्रिने रकम (शोधनान्तर) ६ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्ष यस्तो बचत ६६ अर्ब ७२ करोड रुपैयाँ थियो।
'निक्षेप वृद्धि नगरुन्जेल बैंकहरुलाई लगानी गर्न समस्या छ,' सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपालले भने, 'निक्षेप वृद्धिसँगै बैंकहरुको लगानी विस्तार हुनेछ।' उनले बैंकहरुको खराव कर्जा अनुपात वृद्धि हुँदै गएका कारण यसलाई कम देखाउन पनि लगानी गर्नु पर्ने अवस्था भएको जानकारी दिए।
बैंकहरुले केही अघिसम्म ऋण लगानी बढाए पनि ठूला परियोजना र उद्योगमा भने दिएका थिएनन्। राजनीतिक अन्यौंलले आकर्षक परियोजनाहरु नआएको र गहिरिँदो संक्रमणले ऋण जोखिममा पर्ने भन्दै बैंकले लगानी गरेका छैनन्। उनीहरुले जोखिम कम भएका साना-साना क्षेत्रमा लगानी गरिरहेका थिए।
'राजनीतिक कारणले कुनै क्षेत्र पनि अगाडि बढ्न सकेको छैन। त्यही भएर ठूलो ऋण दिने अवस्थामा हामी छैनौं,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'राम्रो परियोजना लिएर निजी क्षेत्रबाट कोही आएको पनि छैन।'
राष्ट्र बैंकका अनुसार, जेठदेखि फागुनसम्म सुन, घरगाडी किन्नका लागि खुद्रा कर्जा लगानी वृद्धि भएको छ ।

प्रतिक्रियाहरू (5)add comment
0
Raja Sukubhattu: ...
बैंकमा तरलता अभाब नहोस् पनि कसरी बैंकमा पैसा जम्मा गरेर सर्बसाधारनलाई केही फाईदा नै छैन। एउता नाम चलेको क बर्गको बैंकमा साधारण बाचतको ब्याज ५% भनेर खोलियो पाइने बेलामा २।५०% पायो। मूद्दति खातामा वार्षिक ६% ब्याज। एक मुस्त देपोजित गर्नु पर्ने आफ्नो प्रत्यक महिनाको कमाइ त्यही कम ब्याजमै साधारण बाचतमा जम्मा गर्नु पर्ने। काठमाडौंमा डेरा गरी बस्ने एउटा साधारण जनताले ५ लाख रुपैया बैंकमा जम्मा गरी त्यस्को ब्याजले एउता कोठा भाडा तिर्न पुग्दैन, तेति नै पैसा जम्मा गरेको घरबेतिले धारा बिजुलिको पैसा तिर्न पुग्दैन भने बैंकमा पैसा राख्नुको अर्थ के? फेरी हिजो आज भिभिन्न पत्र पत्रीकामा आउने समाचार हेर्दा बैंकमा पैसा राख्नु र जग्गा दलालीलाई सापती दिनु सुरक्षाको हिसाबमा कुनै फरक छैन जस्तो छ। जगा दलाली गर्ने डुबेर कर्जा नतिरे जस्तै भोली बैंक पनि दुब्यो भने आफ्नो बाचत फिर्ताको के ग्यारेन्टि यस्को जबाफ कसैसँग छैन। न बैंकसँग होला न बाचत कर्तासँग न सरकारसँग नै। बैंकमा तरलता अभाब हुनुको मुख्य २ कारण यही हो जस्तो लाग्छ।
1

March 17, 2013
भोट: +44
0
gumansingh, dhumbarahi: ...
Apart from the reasons expressed by the high executives of the banks mentioned above, the main cause of decreasing trend in deposits could be addressed mainly two. One is unattractive interest rate for depositors, and as is said, old habit die hard, the habit of keeping spread rate higher by the banks so as to earn maximum profit and the other genuine reason is the huge unspent amount of the budgetary amount being stored at the central bank.
At this juncture, the central bank should lose its rein to the commercial banks by reducing at least by 2-3 percent of the liquidity ratio in loan volume and on the other side the commercial bank shall have to increase its interest rate at least in the same ratio. Since, a huge amount of budget which is definite to be flowed into the market due to the forthcoming election will surely correct the difficulties faced by the banks by putting them in safe and true track.
2

March 17, 2013
भोट: +1
0
sanu: ...
productive sector ma bank haru le lagani promote gare po tesko cumulative effect bhai k hi barsa ma tesle pratifal diyi total economy agadi badne thiyo sabai bank short term sochi unproductive sector ma lagani gari ra ka 6na ani economy mathi kasari uthosh ta ra yo liquidity ko samasya sathai bank haru dubne khatra sadai nai rahi rahan6.
3

March 17, 2013
भोट: +0
0
m.r. shrestha: ...
Malai Lagcha, 85% bank hauko long term vision, investment analysis power, bank sanchan ko lagi effective manpower ko kami cha. Bank haru le high amount profit lina jatha bhabi share, motor ma ahile lagani gareko ra interest rate tokeko dekincha. Bigat ka dinma dikhi ahile samma interest rate 8-10 percent kayam gariko bhaya liquidity crisis hune dekhindaina. ahilepani jatha bhabi unproductive sector (share, motor) ma lagani nagarne ho bhane, bank le small sector (business, traking, agriculture, small size hydro power, poltri farming, small size factory(help by other contries people) ... .. ma invest garne ra political stability bhaya ma big sector ma jane bank haru le thingking garema ramro huncha ki.

4

March 18, 2013
भोट: +1
0
sameer: ...
where to invest?banks can do anything.we are import driven economy.therefore banks are forced to invest in imports,means,cars,housing,cloths,and etc.every source is foreign.Its the role of government and the entrepreneurs , to think of national resource based business.This will create a win-win situation.
If you say how housing is imported?I mean the materials such as cement,iron, hardware etc. are imported.
5

March 28, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता