Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

आफन्तलाई लगानी गर्दा किस्ट घाटामा

E-mail Print
काठमाडौं, चैत ७ (नागरिक) - आफ्नै प्रवर्द्धकहरुलाई घुमाउरो तरिकाले घरजग्गामा लगानी गर्न ऋण दिएका कारण किस्ट बैंक ६ करोड ९५ लाख रुपैयाँ घाटामा गएको छ। बैंकले खुद ब्याजमा आम्दानी बढाए पनि घरजग्गाको ऋण डुबेपछि जोखिम व्यवस्थापन गर्न ठूलो रकम छुट्याउनुपरेकाले घाटा खाएको हो।
बैंकले ३७ करोड ९८ लाख रुपैयाँ नोक्सानी व्यवस्थामा राखेको छ।
घरजग्गामा डुबेको ऋणबाट उकासिन बैंकले आफ्ना विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखिसकेको छ। वित्तीय अवस्था बिग्रँदा बैंकले बलियो र पैसा हाल्न सक्ने समूहहरुसँग समेत सम्बन्ध बढाएको छ।
नयाँ लगानीका लागि बैंकले ज्योति समूहलाई सेयर बिक्री गर्ने प्रयत्न गरेको छ। पु"जीकोष कम रहेको र खराब कर्जासमेत निरन्तर बढिरहेका कारण बैंकले नयाँ लगानीकर्ता खोजेको हो।
ऋणबाट उम्कन आफू बसेको कार्यालय छाडेर अनामनगरकै अर्को साततले घरमा बैंकले आफ्नो मुख्य कार्यालय र शाखा सार्दैछ। बैंकले ३२.३२ आनामा फैलिएको अनामनगरको मुख्यालय बिक्री गर्न लागेको हो। बैंकले यो जग्गासहित २८ सय ७४ वर्गफिटको प्लिन्थ एरिया भएको घरजग्गा र अस्थायी निर्माण गरिएको कस्टमर सर्भिस काउन्टरलगायत पूर्वाधारसमेत बिक्री गर्न लागेको छ।
बैंकले सुरुमा ४ करोड रुपैयाँमा कर्पोरेट कार्यालयका लागि अनामनगरको जग्गा किनेको थियो। अहिले यो जग्गाको मूल्य आनाको ४० लाख रुपैयाँ पर्छ। अहिलेको बजार भाउअनुसार यसको कुल मूल्य १४ करोड रुपैयाँ पुगिसकेको छ।
गुण समूहका सञ्चालक तथा किस्टका पूर्वअध्यक्ष राजेन्द्र शाक्य (दिजेन्द्र) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि बैंकको साख अझ खस्किएको थियो। शाक्यले ओगटेको सेयर ज्योति समूहलाई किनाएर बैंकको साख र प्रतिष्ठा बढाउन खोजिएको स्रोत बताउँछ। बैंकले दुई वर्षदेखि सेयरधनीलाई लाभांशसमेत दिन सकेको छैन। बैंकले गत महिनामात्र आफ्नो चुक्तापु"जी घटाएको थियो।
१७ अर्ब ५८ करोड रुपैयाँ कुल कर्जा लगानी गरेको बैंकले घरजग्गामा २ अर्ब ५६ करोड रुपैयाँ कर्जा दिएको छ। यही कर्जा बैंकलाई पासो भएको हो। घरजग्गा कारोबार बढेका बेला बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवालीले आफन्त र केही प्रवर्द्धकसँग मिलेर घरजग्गामा लगानी गरेका थिए। राष्ट्र बैंकले घरजग्गा कारोबार कर्जा बन्द गरिदिएपछि बैंक अप्ठेरोमा परेको हो।
रियलस्टेट कर्जाले थलिएको बैंकलाई राष्ट्र बैंकले उस्तै समस्यामा रहेको भिबोर विकास बैंकसँग गाभ्न पहल गरेको छ। अन्तिम ऋण सुविधा प्रयोग गरेर बाँचेको भिबोरमा ज्योति समूहको लगानी छ। ज्योति समूहलाई किस्टमा ल्याएर भिबोरसँग मर्ज गर्न लागिएको हो।
एउटै प्रकृतिका समस्या भएका दुई संस्था गाभिँदा अझ समस्या पर्ने बैंकरहरु बताउँछन्। 'यस्तो मर्जर भए एचआइभी भएको केटा र क्षयरोग भएको केटीबीच विवाह गराएजस्तो हुन्छ,' राष्ट्र बैंकका वरिष्ठ कर्मचारी भन्छन्।
भिबोर र किस्ट मर्ज हुन लागेको हल्ला चलाउ"दै सेयर बजारमा यी दुई बैंकको सेयरमा समेत चलखेल भइरहेको छ। गत महिनासम्म प्रतिकित्ता एक सय १४ को हाराहारीमा रहेको किस्टको सेयर मूल्य पछिल्लो दुई साता ५० प्रतिशत बढिसकेको छ। यस्तै, ९० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको भिबोरको सेयर मूल्य पनि एक सय १७ रुपैयाँसम्म पुगिसकेको छ।
किस्टको रियलस्टेट कर्जा झन्डै ६० प्रतिशत हाराहारी थियो। राष्ट्र बैंकको निरन्तर दबाबपछि यो कर्जा सीमाभित्र रहेको देखाइएको छ। किस्टका कर्मचारीसूत्रका अनुसार अन्य शीर्षकमा कर्जा सारेर प्रतिशत घटाइएको हो।
स्थलगत निरीक्षणमा गएको राष्ट्र बैंकको टोलीले अधिविकर्ष, व्यापारिक कर्जा शीर्षकमा गएको करोडौं रुपैयाँ रियल स्टेटमै लगानी गरिएकाले समायोजन गर्न लिखित निर्देशन नै दिएको थियो।
ज्योति समूहलाई भिœयाएर मर्जरको तयारी गरिएको भिबोरको रियलस्टेट कर्जा अझै ३३ प्रतिशत छ। एक अर्ब चुक्ता पु"जी रहेको भिबोरको निक्षेप त्योभन्दा कम छ।
अहिले भिबोरको खराब कर्जा १३ प्रतिशतभन्दा माथि छ। त्यस्तै, किस्टको साढे ७ प्रतिशत खराब कर्जा छ। राष्ट्र बैंकको नियमानुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि भए बैंकको वित्तीय अवस्था खराब मानिन्छ।
किस्टको पु"जीकोष १०.८ मात्र छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पु"जीकोष न्यूनतम ११ प्रतिशत हुनुपर्ने नियम बनाएको छ। अहिलेको अवस्थामा किस्टले १ करोड कर्जा दिनसक्ने हैसियत पनि राख्दैन। निक्षेप बढिरहे किस्टको घाटा झनै बढ्नेछ।
कसरी छिरेको थियो गुण समूह?
किस्ट फाइनान्सलाई वाणिज्य बैंक बनाउने बेला पुराना लगानीकर्ताले रकम जुटाउन नसकेपछि नया" लगानीकर्ताको रुपमा गुण समूहलाई भिœयाइएको थियो। त्यसबेला गुण समूहको सञ्चालक राजेन्द्र शाक्य (दिजेन्द्र) ले सुरुमा १५ प्रतिशत सेयर किनेका थिए। त्यसपछि पनि पु"जी अपुग भएपछि १० प्रतिशत थप गरेका थिए। त्यसका लागि शाक्यले विभिन्न फाइनान्स कम्पनीहरुबाट ऋण लिएर किस्टको सेयर किनेका थिए।
२ अर्ब पु"जी रहेको किस्टमा शाक्य समूहले २५ प्रतिशत सेयर होल्ड गरेको छ। वाणिज्य बैंक बनाउन झन्डै ५० करोड रुपैयाँ खर्चेका शाक्यले चार वर्षको अवधिमा ५ प्रतिशत लाभांशबाहेक केही पाएका छैनन्। शाक्यले आर्थिक संकट टार्न गत महिना गुण एअरलाइन्स नै बिक्री गरेका थिए।
वाणिज्य बैंक बन्ने बेलामा कम्पनीको अध्यक्ष बनेका शाक्यले एक कार्यकाल पनि पूरा समय चलाउन पाएनन्। उनी बीचैमा राजीनामा दिएर निस्किए। उनले २०६७ चैत ११ गते राजीनामा दिएका हुन्। एक सातापछि १८ चैतमा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरी रामप्रसाद दाहाललाई अध्यक्ष चयन गरेको थियो।
प्रतिक्रियाहरू (10)add comment
0
Sitaram Ojha, Urlabari, Morang: ...
समाचार पढेर जानकारी पाउँदा राम्रो लाग्यो । बैंकले विभिन्न पक्षहरुमा सुधार गर्नुपर्ने देखिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले पनि यो बैंकको अवस्थाबाट आँफुलाई भविष्यमा के गर्ने पुर्व तयारी गर्न सूचना मिल्ने देखिन्छ । तर समाचारमा भएका प्रिन्ट गल्तीहरुले समाचारलाई गलत अर्थ समेत लागेको पाइएको छ । जस्तैः शाख हुनुपर्नेमा (गुण समूहका सञ्चालक तथा किस्टका पूर्वअध्यक्ष राजेन्द्र शाक्य कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि बैंकको शाखा अझ खस्किएको थियो। शाक्यले ओगटेको सेयर ज्योति समूहलाई किनाएर बैंकको शाखा र प्रतिष्ठा बढाउन खोजिएको स्रोत बताउँछ) विभिन्न ठाउँमा शाखा भनेर लेखेको पाइएको र उक्त गलत शब्दले गर्दा वित्तीय क्षेत्रका ज्ञाता बाहेक अन्य सर्वसाधारण ले गलत बुझ्ने देखिन्छ । यस्ता गल्तीहरुलाई समाचार शाखा ले सुधारोस ।
1

March 20, 2013
भोट: +28
0
khadga dhungana: ...
March 20, 2013
भोट: +0
0
Share Guru: ...
It is the white collar crime. CEO's are not appointed to conduct the day to day operation of the Bank rather they are highly paid for their ability to forecast possessing visionary vision. Nepal Rastra Bank should save the Organisation; not the individual. CEO of Kist Bank should be penalized & strict action should be taken against him for putting the interest of Depositors, Stakeholders, Shareholders into Risk as per the BAFIA Act number 74
3

March 20, 2013
भोट: +4
0
Sagar Shrestha: ...
yestai ho aba KIST Bank ko kehi pani huna sakdaina. Khattam chha KIST ra VIBOR. Dubbai Bank ladi budi gardaichhan uksina lai tara garo chha
4

March 20, 2013
भोट: -1
0
नेपाली ठिटो: ...
Our National Banks are investing in non productive sector due to which country development has not speed up. Banks real task should be invest in productive sectors and play important role for country development..
5

March 20, 2013
भोट: +0
0
INDRA SHARMA: ...
March 20, 2013
भोट: +0
0
kt: ...
नागरिक दैनिकको समाचारको विश्वास लाग्थ्यो । यो समाचार हेर्दा वास्तवमा पित पत्रकारीता शुरु भए झै लाग्छ ।
वास्तवमा यस्ता समाचारले समग्र अर्थतन्त्र र बैकिङ क्षेत्रमा कस्तो असर पर्छ भन्ने आकलन नगरि केटाकेटी पन देखाउले नै देस विगारेका हुन
सायद भोली देखी युनिटलाई जस्तै किस्ट र भिवोर लाई पनि समाप्त पार्ने नियत हो त
7

March 20, 2013
भोट: +2
0
Sav: ...
हे भगवान पर्त्रिका पैसा मा बिकेको देखेर यो देश नै छोडेर बरु सोमालिया जान्छु जस्तो लग्यॊ
8

March 20, 2013
भोट: +2
0
mukund: ...
March 20, 2013
भोट: +3
0
steve: ...
yeti huda hudai nrb le k herirakheko, ra finance bata bank banauda k adhar ma license diyeko, yeshma nrb ko padhadhikari sakhta karbahi garnu parcha. nrb le garda share laganikarta tatha nichepkarta dubirakheko cha. afule kam garna sakdaina bhane turunta pad bata chodnu parcha
10

March 21, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता