Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

मेगा बैंकले रेमिट्यान्स भित्र्याउन प्रभुसँग सम्झौता गर्‍यो

E-mail Print

काठमाडौं, चैत ११ (नागरिक)- मेगा बैंक नेपाल लिमिटेड र प्रभु मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। मेगा बैंकको कर्पोरेट कार्यलय मेगामहल कान्तिपथमा नायब महाप्रबन्धक रवीना देशराज श्रेष्ठ र प्रभु मनी ट्रान्सफर कम्पनीका नायब महाप्रबन्धक रामेश्वर सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यो सम्झौतापछि मलेसिया, कतार, दुबइ, अमेरिका लगायतका देशमा रहेका नेपालीहरुले सहज र सरल रुपमा रेमिट्यान्स भित्र्याउन सक्ने उल्लेख गरे।

मेगा बैंकले यसअघि संयुक्त अरब इमिरेट्सको दुबइ, बहराइन, कुवेत, बेलायतबाट मेगा रेमिट सेवा प्रदान गर्दै आएको छ। यसैगरी प्रभुसँगै आइएमइ, हिमाल रेमिट, जेएमइ, सिटी एक्सप्रेस, युनाइटेड रेमिट, डिजी टेक लगायतका रेमिट्यान्स कम्पनीसँगको साझेदारीमा विश्वका सम्पूर्ण मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता