एनआइसी-बैंक अफ एसिया मर्जर, असार १५ मा एउटै कारोबार

E-mail Print
काठमाडौं, वैशाख ८ (नागरिक) - राष्ट्र बैंकले एनआइसी बैंक र बैंक अफ एसिया नेपाललाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ। 'क' वर्गका दुवै वाणिज्य बैंकले गत वर्ष असारमा गाभिन औपचारिक सम्झौता गरेका थिए।
तीन साताअघि अन्तिम स्वीकृति माग गर्दै आवेदन दिएका दुवैलाई राष्ट्र बैंक सञ्चालक समितिले मर्जर स्वीकृति दिएको हो। स्वीकृतिसँगै दुवै बैंकले असार मध्यबाट एकीकृत कारोबार थाल्ने छन्।
'आगामी असार १५ बाट संयुक्त कारोबार सुरु गर्छौं,' मर्जर समितिका संयोजक राजेन्द्र अर्यालले शनिबार नागरिकसँग भने, 'चालू वर्षको वासलात एउटै हुनेछ।' मर्जरपछि नयाँ बैंकको कारोबार एनआइसी एसिया बैंकको नामबाट हुनेछ। दुवै बैंकले चैतमा साधारणसभा गरेर मर्जर प्रस्ताव अनुमोदन गरेका थिए।
एनआइसी बैंकको प्रतिकित्ता १ सय र बैंक अफ एसियाको ५० रुपैयाँ मूल्यांकन गरी मर्जर गरिएको हो। बैंक अफ एसियामा दुई सेयर हुनेले नयाँ बैंकको एक सेयर पाउने छन्।
अहिले बैंक अफ एसियाको २ अर्ब र एनआइसीको १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंक अफ एसियाको २ अर्ब पुँजीलाई १ अर्बमात्र मूल्यांकन गरिएकाले नयाँ बैंकको चुक्ता पुँजी २ अर्ब ३१ करोड पुग्नेछ। बैंक अफ एसियाको बाँकी १ अर्ब जगेडा कोषमा सर्नेछ, जुन लाभांशका रूपमा सेयरधनीलाई बाँड्न सकिन्छ।
बैंक स्रोतका अनुसार यसपालिको नाफा र बैंक अफ एसियाको पुँजी वितरण गरिने छ। 'आवश्यक जोखिम व्यवस्थापन गरेर आकर्षक लाभांश दिन्छौं,' स्रोतले भन्यो। एनआइसीले गत वर्षको नाफाबाट २५ प्रतिशत र बैंक अफ एसियाले सात प्रतिशत नगद लाभांश दिएका थिए।
गाभिनुअघि एनआइसी बैंकको प्रतिकित्ता ४ सय ६८ रुपैया" र बैंक अफ एसियाको २ सय २८ रुपैया"का दरले कारोबार भएको थियो। बैंकले चुक्ता पुँजीको ५० प्रतिशतभन्दा कम लाभांश दिए बैंक अफ एसियाका लगानीकर्तालाई यो वर्ष नोक्सान हुनेछ।
मर्जरपछि अधिकांश सञ्चालक एनआइसी बैंककै हुनेछन्। प्रमुख कार्यकारी अधिकृतमा एनआइसीका शशिन जोशीले नै निरन्तरता पाउने छन्। बैंक अफ एसियाका कामु प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले 'सेकेन्ड मेन' को जिम्मेवारी पाउने छन्।
नयाँ बैंकमा एनआइसीका अध्यक्ष जगदीशप्रसाद अग्रवालले नै निरन्तरता पाउने छन्। मर्जरपछि दुवै बैंकको निक्षेप ३६ अर्ब रुपैया"भन्दा बढी हुनेछ। अहिले एनआइसीसँग २१ अर्ब र बैंक अफ एसियासँग १५ अर्ब रुपैया" निक्षेप छ। दुवैले गरी करिब साढे २८ अर्बको कर्जा लगानी गरेका छन्। अहिले एनआइसीले साढे १५ अर्ब र बैंक अफ एसियाले १३ अर्ब कर्जा लगानी गरेका छन्।
मर्जरपछि नयाँ बैंकको शाखा सञ्जाल ६४ पुग्नेछ। यसमध्ये बैंक अफ एसियाका २८ र एनआइसीका ३६ शाखा छन्। तीमध्ये १० स्थानमा दुवै बैंकको शाखा छ। एकै ठाउँमा भएका शाखालाई स्थानान्तरण गरिने छ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता