'स्वीकृति पाएसँगै अब वैशाखभित्रै सेयर जारी गर्छौँ,' बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले सोमबार नागरिकसँग भने, 'बिक्री प्रबन्धकसँग छलफल गरेर चाँडै बुक क्लोज गर्ने छौं।'
बैंकले एक कित्ता बराबर ९.५ को अनुपातमा हकप्रद निस्कासन गर्ने तयारी गरेको छ। बैंकको सेयरका लागि सरकार र कर्मचारीले पैसा हालिसकेका छन्। सरकारले आफ्नो भागको १ अर्ब ३७ करोड रुपैयाँ हालिसकेको छ। कर्मचारीहरुले पनि ७७ हजार कित्ता सेयर बराबरको पैसा भुक्तानी गरिसकेका छन्।
बैंकले सेयरधनी बैंकहरु र सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको। सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी ४ अर्ब पुग्ने छ। बैंकले सेयर निस्कासनका लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ। कोषसँग छलफल गरेर बैंकले सेयर निस्कासका लागि आह्वानपत्र सार्वजनिक गर्नेछ।
'आउँदो साता आह्वानपत्र प्रकाशित गरेर वैशाखभित्र सेयर आवेदन खुला गर्ने छौं,' श्रेष्ठले भने। बैंकले कात्तिकमै सेयर जारि गर्ने जनाए पनि प्राविधिक कारणले निस्कासन गर्न सकेको थिएन।
बैंकले केही दिनमै सेयरको 'बुक क्लोज' गर्ने तयारी गरिरहेको छ। बुक क्लोजपछि बैंकले आह्वानपत्र प्रकाशित गर्छ। बैंकले हकप्रद सेयर निस्कास गर्न ९ वर्षपछि आफ्नो सेयर पुनः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिसकेको छ। बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सूचीकृत छ।
बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व छ। बाँकी सेयर अन्य बंैक तथा वित्तीय संस्था र सर्वसाधारणको छ। उनीहरुको कुल पुँजीमा ४९.९४ प्रतिशत सेयर छ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३४ अर्ब ५० करोड ऋण लगानी गरी ५६ अर्ब निक्षेप संकलन गरेको श्रेष्ठले जानकारी दिए। बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीलाई लाभांश ख्वाउने योजना बनाएको छ।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सुधार प्रक्रियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सूचीकरण खारेज भएको थियो। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलोपटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो।
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न उपलब्ध गराएको पैसा हकप्रद निस्कासनपछि मात्रै पुँजीमा देखाउन पाइन्छ। बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। हकप्रद निस्कासपछि पुँजी ४ अर्ब पुर्या उने बैंकको योजना छ।
७६ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रक्रिया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्था सुधि्रने छ।
सुधार प्रक्रिया सकेर विदेशी समूह फर्किएपछि अहिले बैंकको व्यवस्थान राष्ट्र बैंकले हेरिरहेको छ। राष्ट्र बैंकले आगामी पुससम्म व्यवस्थापन हेर्ने गरी चैतमा करार नवीकरण गरेको छ। पुँजी वृद्धिसँगै गैरबैंकिङ सम्पत्ति बिक्री गरेपछि राष्ट्र बैंकले व्यवस्थापन छाड्ने योजना बनाएको छ।
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने तयारी गरेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।
प्रतिक्रियाहरू (0)

प्रतिक्रिया लेख्नुस्