Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

चैतमा राजस्व सबैभन्दा उच्च

E-mail Print
काठमाडौं, वैशाख ७ (नागरिक) - चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको घरजग्गा कारोवारबाट हुने राजस्व असुली चैतमा सबैभन्दा उच्च भएको छ। गत आर्थिक वर्षका तुलनामा चालु आवको सुरुदेखि नै बढिरहे पनि चैतको राजस्व भने सबैभन्दा धेरै हो।

भुमी सुधार तथा व्यवस्थापन विभागका अनुसार चैतमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट २५ करोड रुपैयाँ राजस्व उठेको छ। यो साउनयता सबैभन्दा बढी राजस्व उठेको महिना हो। गत वर्ष चैतका तुलनामा पनि यो करिव ३३ प्रतिशतले बढी हो।
विभागका कर्मचारी तुलसीराम वैद्यले यो वर्ष साउनमा उपत्यकाकाबाट २३ करोड राजस्व उठेको बताए। 'त्यसपछि सबैभन्दा बढी चैतमै असुली भएको छ,' उनले भने। एक महिनामा २५ करोड राजस्व उठनु घरजग्गाको कारोबारमा सुधार आएको संकेत हो, उनले भने।
वैद्यले चालु आवमा असोज र पुसमा २१ करोड रुपैयाँ र अन्य महिनामा १८-१९ करोडको हाराहारीमा राजस्व उठेको जानकारी दिए। प्रमुख चार्डपर्व परेका कारण कात्तिकमा भने १३ करोड मात्र राजस्व संकलन भएको थियो।
विभागका अनुसार चैतमा डिल्ली बजार मालपोतले ९ करोड २० लाख, कलंकीले ३ करोड ४५ लाख, चावहिलले ५ करोड ५ लाख, पाटनले ४ करोड ३० लाख र भक्तपुरले ३ करोड रुपैयाँ राजस्व उठाएका छन्। चालु आवको चैतसम्म उपत्यकामा मात्र एक अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको हो।
वैद्यले काठमाडौं उपत्यकासँगै बाहिरका जिल्लामा पनि राजस्व बढिरहेको जानकारी दिए। उनका अनुसार झापा, सुनसरी, मोरङ, मकवानपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, धनगढीलगायतका जिल्लामा राजस्व असुली बढेको छ। उनले कतिपय पहाडी जिल्लामा पनि राजस्व संकलन बढेको जानकारी दिए। मोफसलका जिल्लामध्ये कास्की, सुनसरी र रुपन्देहीमा सबैभन्दा बढी दरले राजस्व उठेको छ।
'उपत्यकासँगै घरजग्गा खरिद बिक्रिमा सामान्य सुधार आएकाले राजधानी बाहिरका केही जिल्लामा राजस्व असुली एक करोडभन्दा माथि पुगेको छ, वैद्यले भने। यो वर्ष सरकारले रजिष्ट्रेशनबाट ४ अर्ब ८० करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म साढे २ अर्बभन्दा माथि उठि सकेको छ।
व्यवसायीहरु पनि तीन वर्षदेखि लगातार घटिरहेको कारोबारमा अहिले विस्तारै सुधार आउन थालेकोे संकेत देखिएको बताउँछन्। 'अहिले पनि व्यवसायिक रुपमा घरजग्गा किनबेच भएको छैन,' व्यवसायी रवि गुरुङले भने ' किनबेचमा सुधार आएकाले नै राजस्व बढेको हो।' उनले बस्नकै लागि घरजग्गा किन्नेहरु पछिल्लो पटक बढेको जानकारी दिए।
मुलुकभर घरजग्गाको मुल्य अस्वभाविक रुपमा बढे पछि राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गा, अपार्टमेन्ट र हाउजिङ क्षेत्रको लगानीमा सीमा तोकेको थियो। यो निर्देशनसँगै बैंकहरुले लगानी घटाउँदा घरजग्गाको कारोबार ८० प्रतिशत र मुल्य (ठाउँ हेरेर) ४० प्रतिशतसम्मले घटेको थियो।

काठमाडौं उपत्यकाको ९ महिनाको रजिष्ट्रेशन असुली
चालु वर्ष गत वर्ष
साउन २३ करोड १३ करोड
भदौ १८ करोड १३ करोड
असोज २१ करोड ८ करोड
कात्तिक १३ करोड ११ करोड
मंसिर १७ करोड १४ करोड
पुस २१ करोड १३ करोड
माघ १९ करोड १७ करोड
फागुन १९ करोड १४ करोड
चैत २५ करोड १७ करोड
जम्मा १७६ करोड १२१ करोड

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता