Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

'बिजनेस इथिक्स' अभियान सुरु हुने

E-mail Print

विज्ञान अधिकारी, काठमाडौं, वैशाख ८- समाजप्रति उद्योगी-व्यवसायीलाई हेर्ने धारणा परिवर्तन गर्न पहल सुरु भएको छ। यसका लागि राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले 'बिजनेस इथिक्स' अभियान थालनी गर्ने भएको छ। अभियान सुरुवातमा एनबिआईले विभिन्न व्यावसायिक संगठनसँग गैरव्यावसायिक कारोबार गर्नुपर्ने कारणबारे छलफल सुरु गरेको छ।  

छलफलपछि एनबिआईले एउटा 'बिजनेस इथिक्स' तयार पार्नेछ। इथिक्सभित्र रहेर कारोबार गर्न उद्योगी-व्यवसायीले घोषणा जारी गर्नेछन्।
'व्यवसायलाई मर्यादित र व्यावसायिक रूपमा अघि बढाउन पहल सुरु गरेका हौं,' एनबिआई बिजनेस इथिक्स निर्माण समितिका संयोजक सरोज पाण्डेले नागरिकसँग भने, 'विभिन्न व्यावसायिक संगठनसँग छलफल गरिसकेका छौं। यसबाट सकारात्मक प्रतिक्रिया आएका छन्।'
एनबिआईले गरेका विभिन्न संगठनसँगको छलफलमा गैरव्यावसायिक कारोबार गर्नुपर्ने विभिन्न कारण पत्ता लागेका छन्। व्यवसायीले गैरव्यावसायिक कारोबार गर्नुका पछाडि सरकारी नीति नियम, चन्दा, राजस्व प्रशासनमा देखिएका नीतिगत कमजोरीलगायत छन्। गैरव्यावसायिक कारोबारबाट मुलुकमा भष्ट्राचारजन्य क्रियाकलापसमेत भएका छन्। पाण्डेका अनुसार एक व्यावसायिक संस्थाबाट पाँच कम्पनी 'बिजनेस इथिक्स' भित्र आउनेछन्। उनीहरूले आफ्नो व्यवसाय, सेवालाई पारदर्शी र गुणस्तरीय रूपमा बजारमा पस्किने प्रतिबद्धता दिनेछन्।
कुनै कम्पनीले गुणस्तरीयतामा सम्झौता गर्नेबित्तिकै यो मापदण्डबाट बाहिरिने छ। जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा तयार भइरहेको यो नियमबाट व्यवसायी उत्साहित छन्। अभियानलाई धेरै कम्पनीले सकारात्मक रूपमा लिएर आबद्ध हुन चाहेको पाण्डेले बताए।
'यो अभियानप्रति धेरैबाट राम्रो प्रतिक्रिया आएका छन्। छलफलक्रममा व्यावसायिक तरिकाले आफूलाई अघि बढाउन चाहनेको संख्याले हामी उत्साहित छौं,' उनले भने।
एनबिआईले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनलगायतका ३० व्यावसायिक संस्थासँग छलफल गरिसकेको छ। तीमध्ये केही संस्थाका अध्यक्षले आफ्ना क्षेत्रका कम्पनीको नाम दिइसकेका छन्। पाण्डेले सुरुमा थोरै कम्पनी भए पनि सुरुवात गर्ने र अरु कम्पनीलाई समेत सामेल गर्दै जाने रणनीति बनाइएको जानकारी दिए। कम्पनीले आफ्नो आचारसंहितामा रहने घोषणा जारी गरेपछि यसको अनुगमन गर्न संयन्त्र पनि बनाउने छ। संयन्त्रले आचारसंहितामा रहने प्रतिबद्धता गरेका कम्पनीका कामकारबाही नजिकबाट नियाल्ने छ।
एनबिआईले 'बिजनेस इथिक्स' निर्माण गर्दा ६ क्षेत्र समेट्ने छ। एनबिआईले राजस्व छलीलाई निरुत्साहित, राष्ट्रिय हितमा काम गर्ने, उद्योग-प्रतिष्ठानमा महिलामैत्री रोजगारी व्यवस्था गर्नेलगायत क्षेत्रलाई समेटेको छ। उसले सरकारलाई पनि राजस्वमा देखिएका विद्यमान अव्यावहारिक कर नीति, राजस्व कर्मचारीको मानसिकता परिवर्तन, औद्योगिक सुरक्षाजस्ता व्यवस्था गर्न दबाब दिनेछ।
एनबिआईले सुरु गरेको अभियानमा सहभागी रहने घोषणा गरिसकेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष स्काई ओभरसिज सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक बलबहादुर तामाङले व्यावसायिक आचारसंहिताभित्र रहेर व्यावसायिक कारोबार अघि बढाउने अभियान सकारात्मक रुपमा लिएको बताए।
'हामीले गरिरहेको पेसा स्वच्छ मर्यादित बनाउने अभियानले व्यवसायीलाई नै फाइदा पुग्ने भएकाले यसलाई सकारात्मक लिएको छु,' उनले भने, 'यो अभियानलाई अघि बढाउन सके हामीले मात्रै होइन राष्ट्रलाई नै फाइदा गर्छ।' वैदेशिक रोजगारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले कामदारको लागत महँगो भएको भन्दै उनले संघबाट तयार पारिने आचारसंहिता कार्यान्वयनसँगै एनबीआईसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिए।
'यहाँ उस्तै प्रकारका व्यवसाय धेरै हुँदा प्रतिस्पर्धा भएर सस्तोमा पाउने मान्यता छ। तर, वैदेशिक रोजगारमा जति बढी कम्पनी खुल्यो त्यति बढी अस्वस्थ प्रतिस्पर्धाले विदेश जाने कामदारको लागत बढेको छ,' तामाङले भने।
कसरी सुरु भयो अभियान?
एनबिआईले यो अभियान दक्षिण अफ्रिकाको भ्रमणपछि सुरु गरेको हो। जिआइजेडको सहयोगमा झन्डै एक वर्षअघि एनबिआई टोली दक्षिण अफ्रिका गएको थियो। त्यहाँ पुग्दा 'बिजनेस इथिक्स' हरेक क्षेत्रमा कार्यान्वयनमा आएको देखियो।
'अफ्रिका भ्रमणपछि यो सोच अघि बढाएका हौं। त्यहाँ व्यवसाय गर्नेले मात्रै होइन पेसागत काम गर्नेले पनि इथिक्सको प्रमाणपत्र लिनुपर्छ। प्रमाणपत्रबिना कसैले रोजगारी पनि पाउँदैन,' पाण्डेले भने।
सन् १९९५ मा दक्षिण अफ्रिकाका राष्ट्रपति भएका बेला नेल्सन मण्डेलाले
हरेक क्षेत्रमा भष्ट्राचार व्याप्त रहेका कारण मुलुक पछि परेको भन्दै यसलाई निर्मूल पार्न अभियान थाल्नुपर्ने बताएका थिए। उनले सुरु गरेको भनाइबाट यो बिजनेस इथिक्स अभियान थालनी भएको थियो। अभियानपछि दक्षिण अफ्रिका धेरै अघि बढेको छ।
'त्यहाँ हामीले देखेको अभियान इर्स्या लाग्ने नै रहेछ। त्यहीँ देखेको अभियानलाई हामीले पछ्याएका हौं,' उनले भने।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता