Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

कला

शान्ति प्रक्रिया नभाँड्ने 'बधशाला'

शान्ति प्रक्रिया नभाँड्ने 'बधशाला' सेना पक्षले प्रतिबन्धै लगाउन खोजेको फिल्म 'बधशाला' रिलिज हुनु अभिव्यक्ति स्वतन्त्रताको जित हो। एउटा फिल्मकर्मीलाई जुनसुकै विचारधाराबाट प्रेरित भई फिल्म बनाउने छुट हुँदाहुँदै धेरैले शंका गरे, फिल्म कतै माओवादीको पक्षमा त छैन। जबकि, कुनै पनि विषयमा बनेको अतिरञ्जित फिल्मलाई कसरी सामना गर्नुपर्छ भन्ने विवेक नेपाली दर्शकमा छ। सेना पक्षले यही विवेकशीलताको अवमूल्यन गर्न खोज्यो।
विस्तृतमा

निशा र अर्जुन आधारशिविरमै अलपत्र, काठमाडौँ फर्काउने तयारी

निशा र अर्जुन आधारशिविरमै अलपत्र, काठमाडौँ फर्काउने तयारी सोलुखुम्बु, वैशाख ९ - सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले मन्त्रालयले रोके तुरुन्त सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पठाई नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई काठमाडौँ लाने बताएका छन्। आधार शिविरमा अन्य आरोहण दलका सदस्य तथा हाइ अल्टिच्यूड वर्करहरुले विरोध गरेपछि शेर्पाले यस्तो बताएका हुन्। नायिका अधिकारी र नायक कार्की पर्यटन मन्त्रालयको सगरमाथा आरोहण अनुमतिपत्र बिनै सगरमाथा चढ्दैछन् भन्ने खुलासासहित हिजो समाचारहरु छापिएका थिए।
विस्तृतमा

'मञ्जरी'लाई सेन्सरले कुन दृश्य हटाउन भन्यो ?

'मञ्जरी'लाई सेन्सरले कुन दृश्य हटाउन भन्यो ?

काठमाडौं, वैशाख ९ (नागरिक)- निर्देशक गणेशदेव पाण्डेको फिल्म 'मञ्जरी'लाई सेन्सर बोर्डले केही दृश्य हटाउन आग्रह गरेको छ। सेन्सरले आपत्ति जनाएपछि फिल्म युनिटले आइतबार पत्रकार सम्मेलन गर्यो। 'फिल्मको सामान्य दृश्यमाथि सेन्सरले आपत्ति जनाएपछि हामी दुःखी भएका छौं। सेन्सरले फिल्मलाई दुःख दिने कुराको पुष्टि फेरि भएको छ,' निर्देशक गणेशदेवले भने। फिल्म वैशाख २० मा रिलिज हुनेछ।

विस्तृतमा

हिरोइन निशा र हिरो अर्जुन अनुमतिबिना सगरमाथा चढ्दै

हिरोइन निशा र हिरो अर्जुन अनुमतिबिना सगरमाथा चढ्दै

सोलुखुम्बु, वैशाख ८ - नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन्।

विस्तृतमा

'बोका' शाहरुख खान फिल्ममा

'बोका' शाहरुख खान फिल्ममा

मुम्बई, वैशाख ८ (एजेन्सी) - जानकी विश्वनाथनको नयाँ फिल्ममा शाहरुख खानको अभिनय हेर्न पाइनेछ। यी शाहरुख खान तपाईँ हामीले चिनेका बलिउड स्टार शाहरुख भने हैनन्। यो त एउटा बोका हो, जसको नाम शाहरुख खान राखिएको छ। चानचुने बोका भने हैन यो। फिल्ममा अभिनय गराउनका लागि तीन सय वटा बोकाबाट यो छानिएको हो।

विस्तृतमा

दशैंतिहारलाई अहिल्यै रेकर्डिङ

दशैंतिहारलाई अहिल्यै रेकर्डिङ

स्मृति ढुंगाना, काठमाडौं, वैशाख ६ - राजधानीमा नयाँ वर्षको कार्यक्रम सिध्याउनेबित्तिकै गायिका माण्डवी त्रिपाठीले कलेक्सन एल्बमका दुइटा गीत रेकर्ड गर्न भ्याएकी छन्। नक्सालस्थित साउन्ड डिजाइनमा बुधबार उनले उक्त एल्बमको दोस्रो गीत गाइदिइन्।

'स्टेज कार्यक्रममा जानलाई नयाँ गीतहरु चाहिने हुनाले रेकर्ड गरिहालेकी हुँ,' उनले भनिन्। वैशाखको दोस्रो हप्ता अस्ट्रेलिया र जापानका कन्सर्ट भ्याएपछि उनी तीज एल्बमको तयारीमा लाग्नेछिन्। 'ममात्र होइन अरु थुप्रै कलाकार स्टेज शो सकिनासाथ गीत रेकर्डिङमा व्यस्त भइसकेका छन्। दशैंतिहारलाई केन्द्रित गरेर सबैको एल्बम आउने तयारी सुरु भइसकेको छ,' उनले भनिन्।

विस्तृतमा

'करोडपति'को दोस्रो भाग बन्ने

काठमाडौं, वैशाख ६ (नागरिक)- अभिनेता भुवन केसीको फिल्म 'करोडपति'को दोस्रो भाग बन्ने भएको छ। 'करोडपति'को सिक्वेलमा उनका छोरा अनमोल केसी मूख्य भूमिकामा देखिँदैछन्। यसलाई अभिनेता भुवन केसीले निर्देशन गर्नेछन्। लभस्टोरी कथा भएकोले अनमोल सुहाउने उनले बताए।
विस्तृतमा

ठगी आरोपमा लोक गायिका पक्राउ

ठगी आरोपमा लोक गायिका पक्राउ
केपी ढुंगाना, काठमाडौं, वैशाख ५- लोक दोहोरी गायिका सिर्जना बिरही थापा ठगी अभियोगमा पक्राउ परेकी छन्। महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। परिसर प्रमुख रणबहादुर चन्दले थापा ठगी अभियोगमा पक्राउ परेकी जानकारी दिँदै अनुसन्धान सुरु गरिएको नागरिकन्युजलाई बताए।
विस्तृतमा

हुबहु सारिएको 'नोटबुक'

हुबहु सारिएको 'नोटबुक' धनबहादुर खड्का, काठमाडौँ, वैशाख ४ - मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता