Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 26th

कला

इशानी बनिन् नेपाल सुन्दरी (साथमा तस्बिर र भिडियो)

 इशानी बनिन् नेपाल सुन्दरी (साथमा तस्बिर र भिडियो)

काठमाडौँ, चैत ८ (नागरिक) - १८ सुन्दरीलाई पछि पार्दै  इशानी श्रेष्ठ  यस वर्षकी नेपाल सुन्दरी घोषित भएकी छिन्। काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यको प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

विस्तृतमा

नयाँ मिस नेपाल आज

नयाँ मिस नेपाल आज

काठमाडौं, चैत ७ (नागरिक) - 'मिस नेपाल २०१३'को छनोट बुधबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। देशका विभिन्न ठाउँबाट छानिएका १८ युवतीबाट एक जनाले मुख्य ताज हात पार्नेछन्।

विस्तृतमा

अक्षय र क्याट्रिनाले सबैभन्दा बढी आयकर तिरे

अक्षय र क्याट्रिनाले सबैभन्दा बढी आयकर तिरे

मुम्बई, चैत ७ (एजेन्सी)- केही वर्षदेखि अभिनेता अक्षय कुमारले लगातार हिट फिल्म दिइरहेका छन्। 'हाउसफुल २', 'राउडी राठोर', 'ओ माई गड' र 'स्पेसल २६' जस्ता हिट फिल्मको रेकर्ड बनाएका अक्षयले आयकर तिर्ने मामिलामा पनि रेकर्ड बनाएका छन्। उनी यसपालि समेत गरी लगातार छैटौंपटक बलिउडका सबैभन्दा बढी आयकर तिर्ने कलाकार बनेका छन्।

विस्तृतमा

दीपककी छोरी हिरोइन बन्ने!

दीपककी छोरी हिरोइन बन्ने!

काठमाडौं, चैत ६ (नागरिक)- अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरी नेपाली फिल्ममा प्रवेश गर्ने तयारीमा छिन्। बैंगलोरबाट नर्सिङ सिध्याएर फर्केकी मौसमीले सर्वप्रथम आफ्ना बुबाको टेलिसिरियल 'तीतो सत्य'को ५ सयौँ भाग पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरेकी थिइन्।

विस्तृतमा

सगरमाथा चढ्न अभिनेता अर्जुन हिँडे

सगरमाथा चढ्न अभिनेता अर्जुन हिँडे

काठमाडौं, चैत ६ (नागरिक)- अभिनेता अर्जुन कार्की सगरमाथा आरोहणमा निस्किएका छन्। सोमबार बिहान पशुपतिनाथको मन्दिर पुगी त्यहाँको जल लिएर उनले यात्रा अगाडि बढाएका हुन्। काठमाडौंबाटै पैदल यात्रा थालेका कार्कीले पहिलो दिन दोलालघाटमा आराम गर्नेछन्। २२ दिनमा सगरमाथाको बेस क्याम्प पुग्ने उनको योजना छ।

विस्तृतमा

'पान सिंह तोमर'लाई नेसनल अवार्ड

नयाँ दिल्ली, चैत ६ (एजेन्सी)- तिग्मांशु धुलियाद्वारा निर्देशित फिल्म 'पान सिंह तोमर'ले भारतको ६० औं नेसनल फिल्म अवार्ड जितेको छ। सोमबार घोषणा भएको नतिजाअनुसार यसै फिल्मका इरफान खानले मराठी फिल्म 'अनुमति'का विक्रम गोखलेसँग संयुक्त रुपमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।
विस्तृतमा

अमिताभ र शाहरुखको बंगला कस्तो (साथमा भिडियो)

अमिताभ र शाहरुखको बंगला कस्तो (साथमा भिडियो)

नयाँ दिल्ली, चैत ५ (एजेन्सी) - बलिउडका दुई ठूला हिरोहरु अमिताभ बच्चन र शाहरुख खानका बंगलाका नाममा अनौठो संयोग देखा परेको छ। वास्तु अनुसार नाम नमिलेको भन्दै दुवैले आफ्ना बंगलाका नाम परिवर्तन गरेका थिए। अमिताभ बच्चनको बंगलाको नाम सुरुमा मन्सा थियो। तर पछि वास्तु अनुसार नाम नमिलेको भन्दै जल्सा राखियो।

विस्तृतमा

सेनाले रोकेको 'बधशाला' सञ्चारकर्मीलाई देखाइयो

सेनाले रोकेको 'बधशाला' सञ्चारकर्मीलाई देखाइयो

काठमाडौं, चैत ५ (नागरिक) - सेन्सर प्रक्रियाबाटै बञ्चित गराइएको फिल्म 'बधशाला' केही सञ्चारकर्मीमाझ देखाइएको छ। निर्देशक मनोज पण्डितले आइतबार राजधानीमा फिल्मको आन्तरिक प्रदर्शनी गरी यसबारे राय बटुले।

विस्तृतमा

सुमनालाई मिस नेवाः ताज

सुमनालाई मिस नेवाः ताज

मनोज घर्तीमगर, पोखरा, चैत ५ - यसपालिको 'मिस नेवाः पोखरा'को ताज सुमना बज्राचार्यले जितेकी छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल राउन्डमा १४ प्रतिस्पर्धीलाई उछिन्दै सुमनाले ताज जितेकी हुन्। ताजसँगै उनले ४० हजार रुपैयाँ, प्रमाणपत्र र विभिन्न उपहार पाइन्। बेस्ट पर्सनालिटी उपाधिका लागि उनलाई पाँच हजार रुपैयाँ पनि दिइएको छ। अन्तिम १५ बाट उत्कृष्ट १० र पाँच हुँदै मिस नेवाः छानिएको थियो।

विस्तृतमा
Page 7 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता