हलले साथ दिएन 'भिजिलान्ते'लाई

E-mail Print

काठमाडौं, चैत २५ (नागरिक)- थ्रीडी नेपाली फिल्म 'भिजिलान्ते' देशभर जम्मा आठवटा हलमा रिलिज भएको छ। शुक्रबारदेखि रिलिजमा आएको फिल्म राजधानीको क्युएफएक्स र एफक्युबमा मात्र चलाइएको छ। त्यस्तै राजधानीबाहिर पोखरा, नारायणघाट र दमकमा फिल्म चलिरहेको छ।
थ्री डी प्रविधिमा फिल्म बनाउनअघि हलवालाहरुले सहयोग गर्ने आश्वासन दिए पनि अहिले सहयोग नपाएपछि आफ्नो फिल्म थोरै हलमा सीमित हुन पुगेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन्।
'हाम्रोजस्तो देशमा थ्रीडीमा फिल्म बनाउन सजिलो छैन। थ्रीडी प्रविधि भएका हल नेपालमा थोरै छन्। तर, यो प्रविधि नभएका हलले समेत पुरानो प्रविधिबाटै फिल्म चलाइदिने भनेका थिए,' निर्देशक खनालले भने, 'तर, प्रोजेक्टरको लाइट नपुगेर थ्रीडीमा फिल्म देखाउन सकिएन, बल्ब फेरौंभन्दा हामीसँगै खर्च मागे।'
शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको उनको दाबी छ। 'हलहरुले शो थप्न मानेनन्। दर्शकहरु टिकट नपाएर फर्किनुपर्ने बाध्यता देखियो। मैले कमाएको गुडविल गुमाउन नचाहेर कमसल प्रविधि भएका हलमा फिल्म नपठाएको हुँ,' उनले भने।
चीनबाट झिकाइएको एक लाख चश्मामध्ये पाँच हजार मात्र प्रयोग भएका छन्। साधारण हलमा रेड-स्यान चश्माबाट फिल्म देखाइएको छ। नारायणघाट र दमकका हलवालाले नयाँ प्रोजेक्टरबाट फिल्म देखाएका छन्।
'लगानी उठाउनुभन्दा राम्रो काम गर्नुपर्छ भनेर फिल्म तयार गरेको हुँ। चाँडो लगानी नउठे पनि बिस्तारै उठ्ने सम्भावना देखेको छु,' उनले भने।
आश्मा फिल्मस्ले निर्माण गरेको फिल्ममा राज घिमिरे, प्रियंका कार्की, मेनुका प्रधान, दीपशिखा शाही र सुवास थापा लगायतले फिल्ममा अभिनय गरेका छन्। फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता