
'मैले पाएँ भने एउटै कुरा फेर्नेथिएँ, बलिउड नाम, मेरो विचारमा हामी यसलाई भारतीय फिल्म उद्योग भन्नुपर्छ र त्यसका लागि गुणस्तरीय र मौलिक खुराक पस्किनुपर्छ, बलिउड धेरै हदसम्म हलिउडप्रति निर्भर वा आश्रित सुनिन्छ,' जोनले भने। फिल्ममा भित्रिएको नयाँ प्रविधि र व्यापारको फराकिलोपनमा विचार पुर्या्ए हिन्दी फिल्म उद्योग अझ फस्टाउने उनको सुझाव थियो।
आफूले निर्माण गरेको पहिलो फिल्म 'विक्की डोनर'ले नेसनल अवार्ड जितेकोमा उनले खुसी व्यक्त गरे। 'जिन्दगीमा कहिल्यै कालो धनको प्रस्ताव स्वीकार गरिएको छैन,' जोनले प्रष्ट पारे, 'म एउटा इमानदार परिवारबाट आएको हुँ।'
उनी लन्डनमा आफ्नै प्रोडक्सन कम्पनी खोल्ने योजनामा छन्। उनीद्वारा अभिनित फिल्म 'शुटआउट एट वाडाला' आउँदो मे १ का दिनमा रिलिज हुँदैछ।