आजदेखि मण्डलामा सर्ट फिल्म फेस्टा

E-mail Print
काठमाडौं, चैत ३० (नागरिक)- छायाँछवि क्रियसनको आयोजनामा आज 'काठमाडौं सर्ट फिल्म फेस्टा' सुरु हुँदैछ। अनामनगरस्थित मण्डला थियटरमा हुने महोत्सवमा ४१ फिल्म छानिएको छ।
 
छानिएकामध्ये ३७ फिल्मबीच प्रतिस्पर्धा चल्नेछ। आकाश अधिकारी, दीपेन्द्र लामा, शवनम मुखिया र ओम प्रतीक महोत्सवका निर्णायका रुपमा रहेका छन्। उत्कृष्ट फिल्म र डकुमेन्ट्रीलाई १० हजार र पुरस्कारको व्यवस्था आयोजकले गरेको छ।
त्यस्तै जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, प्रोत्साहन पुरस्कार र सन्देशमूलक फिल्मलाई समेत पुरस्कृत गरिनेछ। आइतबार सकिने महोत्सवमा ५ देखि ४५ मिनेटका फिल्महरु छन्।
'नयाँ निर्देशक र फिल्महरुलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका हौं,' फेस्टिभल डाइरेक्टर डब्बु क्षेत्रीले भने।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता