
यो फिल्मको व्यापारले रेखाको त्रे्कज निर्धारण गर्छ भन्ने धेरैको अनुमान छ। 'रावण' र 'लंका'पछि रेखाकै लोकप्रियतामा निर्भर फिल्मको रुपमा 'हमेशा'लाई लिइँदै आएको छ।
यो फिल्म छविराज प्रोडक्सन र रेखा फिल्मस्को संयुक्त प्रस्तुति हो। रेखा र छविबीच पारपाचुके भएको हल्ला फैलिएपछि फिल्म निर्माण गरिएको थियो। पारपाचुके हल्लापछि रेखाले छविको फिल्ममा नखेल्ने बताएकी थिइन् तर उनले पछि अभिनय मात्र गरिनन् व्यापारिक पार्टनर पनि बनिन्।
प्रज्ञा जोशीको निर्माण र योगेश घिमिरेको निर्देशन रहेको 'नोटबुक'मा जीवन लुइँटेल, सेन सापकोटा र निता ढुंगानाको मुख्य अभिनय छ। त्रिकोणात्मक लभस्टोरी यस फिल्ममा वसन्त सापकोटाले संगीत दिएका छन्। 'हमेशा'मा रेखा पौडेलले संगीत दिएकी छन्।
'हमेशा'बाट नरेन र 'नोटबुक'बाट सेन नेपाली फिल्ममा स्थापित हुने प्रयास गर्दैछन्। यी फिल्मको सफलतासँग दुवैको भविष्य जोडिएको छ।