Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Nov 14th

सञ्जय दत्तले ६ महिना मागे

E-mail Print
नयाँ दिल्ली, वैशाख ३ (एएफपी)- बलिउड अभिनेता सञ्जय दत्तले जेल जान भारतको सर्वोच्च अदालतसँग थप समय माग गरेको सोमबार दत्तका वकिलले बताए। सन् १९९३ को मुम्बई विष्फोटका योजनाकर्ताबाट अवैधानिक हतियार लिएको अभियोगमा सर्वोच्चले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यसअघि डेढ वर्ष जेलमा बसिसकेकाले दत्तले साढे तीन वर्षमात्र कैद सजाय पाउने छन्। जेलमा आत्मसमर्पणका लागि उनलाई आउँदो बिहीबारसम्मको म्याद दिइएको थियो। ५३ वर्षीय दत्त आफू संलग्न वर्तमान सबै फिल्मको काम पूरा गर्न चाहन्छन्। त्यसैले अधुरा प्रोजेक्ट सिध्याउन उनले थप ६ महिनाको म्याद मागेका छन्।
'मैले वचन दिएका कामहरु बाँकी रहेकाले आत्मसमर्पणको म्याद ६ महिना थपिदिनुस्,' सोमबार यस्तो व्योहराको निवेदन दर्ता गरिएको दत्तका कानुनी सहयोगी हरिश साल्भेले एएफपीलाई बताए। उनका अनुसार सर्वोच्चमा निवेदनमाथि मंगलबार सुनुवाइ हुने सम्भावना छ।
आममाफीको चर्चा चलिरहँदा दत्तले यसअघि पत्रकार सम्मेलनमार्फत् आफू अदालतको आदेश बमोजिम सजाय भोग्न तयार भएको खुलाएका थिए। चार-पाँचवटा फिल्म गरी उनीमाथि लगभग अढाइ अर्ब भारु लगानी रहेको अनुमान छ। मुस्लिम आमा र हिन्दु बुबाका छोरा दत्तलाई अदालतले सन् २००७ मा सन् १९९३ को मुम्बई बम विष्फोटको अभियोगबाट सफाइ दिएको थियो।
दत्त अहिले राजु (राजकुमार) हिरानीको 'पिके'को सुटिङ र टिपी अग्रवालको 'पुलिसगिरी'को डबिङमा एकसाथ व्यस्त भइरहेका छन्। पछिल्लो फिल्मको सुटिङ उनले केही दिनअघि मात्र सकाएका हुन्।
करण जौहरको 'उंग्ली' र अपूर्व लखियाको 'जंजीर' फिल्मको सुटिङ र डबिङ दत्तले गर्न बाँकी काम हुन्।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता