Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Nov 14th

अलजजिरा महोत्सवमा नेपाली फिल्म

E-mail Print
काठमाडौं, वैशाख ४ (नागरिक) - कतारको दोहामा भोलीदेखि सुरु हुने नवौं अलजजिरा अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म महोत्सवमा नेपालबाट दुइटा फिल्म छानिएका छन्। रमेश खड्काको 'काँडामाडौ' महोत्सवको मध्यम र अशोक थापाको 'द कोरियन ड्रिम' चाहिँ छोटो अवधिका समूहतर्फ समेटिएको छ।
 
डोटी जिल्लाको काँडामाडौ गाउँमा रहेको भारतसँगको आवतजावत र एचआईभी एड्सको सवालमा बनेको ३० मिनेट लामो 'काँडामाडौ' डकुमेन्ट्रीले गत मंसिरमा भएको दशौं काठमाडौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो।
अलजजिरा टेलिभिजन च्यानल आयोजक रहेको चार दिने महोत्सवमा लामो, मध्यम, छोटो, न्यु होराइजन र प्रोमिसिङ गरी पाँच समूह निर्धारण गरिएको छ। २७ मिनेटको फिल्म 'द कोरियन ड्रिम्स'मा नेपालीलगायत आप्रवासीहरुले कोरियामा अधिकारका लागि गरेको संघर्षको कथा समेटिएको छ।
दोहाको सेराटन होटलमा हुने महोत्सवमा ३३ देशका २०५ फिल्मबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदैछ। ती फिल्मलाई १५ सदस्यीय निर्णायक मण्डलले मूल्यांकन गर्नेछ।
महोत्सवमा लामो, मध्यम र छोटो समूहका उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार कतारी रियल प्रदान गरिनेछ। जुरी अवार्डतर्फ चाहिँ ती समूहका विजेताले क्रमशः २५ हजार, २० हजार र १५ हजार रियाल पाउनेछन्।
महोत्सवमा ९० देशका लगभग १४ सयवटा डकुमेन्ट्रीको आवेदन परेको आयोजकले जनाएको छ।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता