Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Jan 29th

'करोडपति'को दोस्रो भाग बन्ने

E-mail Print
काठमाडौं, वैशाख ६ (नागरिक)- अभिनेता भुवन केसीको फिल्म 'करोडपति'को दोस्रो भाग बन्ने भएको छ। 'करोडपति'को सिक्वेलमा उनका छोरा अनमोल केसी मूख्य भूमिकामा देखिँदैछन्। यसलाई अभिनेता भुवन केसीले निर्देशन गर्नेछन्। लभस्टोरी कथा भएकोले अनमोल सुहाउने उनले बताए।
जेठको दोस्रो साता सुटिङ सुरु हुने फिल्मको स्क्रिप्टमाथि काम भइरहेेको छ। 'नयाँ वर्षदेखि सुटिङ सुरु गर्ने योजना भए पनि फिल्म नचलेको अवस्थाले सारेको हुँ,' अभिनेता केसीले भने।
ब्रजेश खनालले फिल्मको स्क्रिप्ट तयार गरेका छन्। हाल लोकेसन हेर्नमा व्यस्त भएकाले अन्य कलाकारहरु फाइनल भइसकेका छैनन्। करोडपतिको तुलनामा युवा पुस्ताको कथा फिल्ममा समावेश गरेको छु। त्यसैले अनमोलले गेटअप पनि परिवर्तन गर्नेछन्। फिल्ममा दुई पुस्ताका कथालाई प्रस्तुत गरिनेछ,' उनले भने। फिल्म काजोल्स फिल्मस्बाट निर्माण हुन लागेको हो।
'करोडपति' १५ वर्षअघि रिलिज भएको सुपरहिट फिल्म हो। तत्काल राजधानी र मलेसियामा सुटिङ गर्ने तय भएको उनले बताए। 'फिल्मका केही गृहकार्य गरिरहेको छु। मलाई केन्द्रित गरेर फिल्मको स्क्रिप्ट तयार भइरहेको छ,' अनमोलले भने।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता