'बोका' शाहरुख खान फिल्ममा

E-mail Print

फोटो साभारः मिडडे

मुम्बई, वैशाख ८ (एजेन्सी) - जानकी विश्वनाथनको नयाँ फिल्ममा शाहरुख खानको अभिनय हेर्न पाइनेछ। यी शाहरुख खान तपाईँ हामीले चिनेका बलिउड स्टार शाहरुख भने हैनन्। यो त एउटा बोका हो, जसको नाम शाहरुख खान राखिएको छ। चानचुने बोका भने हैन यो। फिल्ममा अभिनय गराउनका लागि तीन सय वटा बोकाबाट यो छानिएको हो। जानकीले महाराष्ट्र-कर्णाटक सीमानजिकैको बिदर गाउँबाट शाहरुखलाई किनेकी हुन्। उनका अनुसार कलाकारहरुको सम्मान गर्दै गाउँका बच्चाहरुले आफूले पालेका जनावरहरुको नाम फिल्म कलाकारहरुको नामबाट राख्ने गर्छन्।

बोका शाहरुख अहिले विलासी जीवन बिताइरहेको निर्देशक बताउँछन्। उनले फिल्म सकिएपछि बोका चेन्नईको भेटेनरी विश्वविद्यालयलाई दान दिएकी थिइन्। त्यहाँ आफ्नै अलग्गै कोठामा शाहरुख मज्जाले बसिरहेको उनी बताउँछिन्।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता