'मञ्जरी'लाई सेन्सरले कुन दृश्य हटाउन भन्यो ?

E-mail Print

काठमाडौं, वैशाख ९ (नागरिक)- निर्देशक गणेशदेव पाण्डेको फिल्म 'मञ्जरी'लाई सेन्सर बोर्डले केही दृश्य हटाउन आग्रह गरेको छ। सेन्सरले आपत्ति जनाएपछि फिल्म युनिटले आइतबार पत्रकार सम्मेलन गर्यो। 'फिल्मको सामान्य दृश्यमाथि सेन्सरले आपत्ति जनाएपछि हामी दुःखी भएका छौं। सेन्सरले फिल्मलाई दुःख दिने कुराको पुष्टि फेरि भएको छ,' निर्देशक गणेशदेवले भने। फिल्म वैशाख २० मा रिलिज हुनेछ।

सेन्सरले आपत्ति जनाएको तीन दृश्य समेत कार्यक्रममा देखाइयो। फिल्ममा समावेश 'चियाको गिलासमा बच्चाले पिसाब फेरेको', 'कोकको बोतलभित्र पिसाब फेरेको' र 'अभिनेता गौरव पहाडीलाई कुटेका' दृश्य सेन्सरले हटाउन लगाएको छ।

'हामी दृश्य काट्दैनौं, जस्तोसुकै सर्टिफिकेट दिनुस् भनेको उहाँहरु मान्नुहुन्न,' निर्देशक गणेशदेवले भने, 'जबकि हामीले ती दृश्य काट्यौं भने फिल्म नै बिग्रिन्छ।'

कालीप्रसाद बास्कोटाले संगीत रहेको फिल्मलाई टुका इन्टटेनमेन्टले निर्माण गरेको हो। राजधानी र बुटवलमा खिचिएको फिल्ममा गौरव पहाडी, सुजाता कोइराला, सरिता गिरी र टीका पहाडी लगायतले अभिनय गरेका छन्।

 

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता