Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

दशैंतिहारलाई अहिल्यै रेकर्डिङ

E-mail Print

स्मृति ढुंगाना, काठमाडौं, वैशाख ६ - राजधानीमा नयाँ वर्षको कार्यक्रम सिध्याउनेबित्तिकै गायिका माण्डवी त्रिपाठीले कलेक्सन एल्बमका दुइटा गीत रेकर्ड गर्न भ्याएकी छन्। नक्सालस्थित साउन्ड डिजाइनमा बुधबार उनले उक्त एल्बमको दोस्रो गीत गाइदिइन्।

'स्टेज कार्यक्रममा जानलाई नयाँ गीतहरु चाहिने हुनाले रेकर्ड गरिहालेकी हुँ,' उनले भनिन्। वैशाखको दोस्रो हप्ता अस्ट्रेलिया र जापानका कन्सर्ट भ्याएपछि उनी तीज एल्बमको तयारीमा लाग्नेछिन्। 'ममात्र होइन अरु थुप्रै कलाकार स्टेज शो सकिनासाथ गीत रेकर्डिङमा व्यस्त भइसकेका छन्। दशैंतिहारलाई केन्द्रित गरेर सबैको एल्बम आउने तयारी सुरु भइसकेको छ,' उनले भनिन्।
नयाँ वर्षमा इजरायलको कन्सर्ट दिएर फर्किएपछि 'टाढाको साथी' नामक एल्बमको अन्तिम तयारीमा छन् शिव परियार। वैशाखभित्र आइसक्ने उनको नवौं एकल एल्बममा ६ वटा गीत छन्। यसअघि हङकङमा रिलिज गरिएको आठौं एल्बम 'वन्ली यु मेरो साथी'लाई उनी जेठदेखि नेपालमा उपलब्ध गराउँदैछन्।
'अहिले गीत रेकर्ड गर्ने समय हो। दशैंको कार्यक्रम भ्याउन एल्बमहरुको तयारी भइरहेका हुन्। स्टेजमा फास्ट गीत चल्ने हुनाले त्यस्तै गीतहरुलाई निरन्तरता दिएको छु,' उनले भने। २०७१ सालमा रिलिज गर्ने एल्बम 'एफ'को गीतको रेकर्ड समेत उनले थालिसकेका छन्। 'नयाँ हिट गीत आएपछिमात्र स्टेज शोका लागि निम्तो पाउने हुनाले नयाँ गीत रेकर्ड गर्न कलाकार हतारिएका हुन्,' उनले भने।
गायक हेमन्त शर्मा बुधबार बेलायतको १८ दिने कार्यक्रमका लागि प्रस्थान गरे। काठमाडौं फर्किनेबित्तिकै उनको योजना नयाँ एल्बमको गीत रेकर्ड गर्नु रहेको छ। यसपटक उनले डिजिटल प्रविधिबाट एल्बम रिलिज गर्दैछन्।
जेठमा रिलिज गर्ने लक्ष्य राखिएको एल्बम पनि उनले स्टेज शोलाई ध्यान दिएर तयार पार्न लागेका हुन्। 'स्टेजबाटै कमाइ हुन्छ, जेठमा रिलिज गर्दा दशैंसम्म गीत हिट भइसक्छन्, त्यसैले यही समय रोजेको हुँ, स्टेजका लागि गीत खडेरी पनि हुनु भएन नि,' उनले भने।
स्टेज कार्यक्रममा दर्शकले कलाकारबाट नयाँ गीतको अपेक्षा गर्ने रिमा गुरुङ होडा बताउँछिन्। 'राम्रा गीत गाउनेभन्दा कार्यक्रम पाउने लोभमा कलाकारहरुले गीत रेकर्डिङलाई निरन्तरता दिएका छन्। धेरैको लक्ष्य दशंैतिहारका कार्यक्रम पाउने नै हो,' उनले भनिन्।
नयाँ एल्बमका गीत रेकर्ड गर्ने मामिलामा गायिका इन्दिरा जोशी पनि पछि परेकी छैनन्। उनका दुइटा गीत रेकर्ड भइसकेको छ। संगीत यात्रालाई निरन्तरता दिन एल्बमको तयारी गरिरहेको बताए पनि उनी एकैपटक दुइटा एल्बमको तयारीमा छिन्।
गायक तुलसी पराजुलीले जेठमा 'मूल बाटो' एल्बम सार्वजनिक गर्दैछन्। उनको एल्बम डिजिटल प्रविधिबाट सार्वजनिक गरिने भएको छ। 'दशैंतिहारलाई केन्द्रित गरेर एल्बम रिलिज गर्न लागेको हुँ। केही महिना गीतलाई हिट बनाउनु पर्योव नि,' उनले भने।
गायक रामकृष्ण ढकालको नयाँ एल्बम 'बाँचुन्जेलीलाई' पनि रिलिजको तर्खरमा छ। गायिका निशा सुनारले तीज एल्बमको रेकर्डिङ सुरु गरेकी छन्। 'दशैंतिहारकै लागि एल्बम निकाल्न लागेकी हुँ। त्यसबाहेक तीजको एल्बम पनि निकाल्दैछु,' उनले भनिन्। यसपटक उनको प्राथमिकतामा फास्ट गीत परेको छ।
फिल्मको गीत रेकर्डिङमा व्यस्त गायिका रजिना रिमालको एल्बम केही हप्ताअघि आएको थियो। उनको भने फरक तर्क छ। 'नयाँ गीत चाहिन्छ भन्ने छैन। पाँच वर्षदेखि 'नाइँ नभन्नू ल' गीत गाइरहेकी छु। यसमा झुम्ने श्रोताको संख्या बढेको महसुस गरेकी छु,' उनले भनिन्।
गायक कलम खत्री र सबिन राईले एक-एकवटा गीतको काम सिध्याएका छन्। उनीहरु एल्बम रिलिज गर्नेभन्दा एक्लो गीत रेकर्ड गर्दै म्युजिक भिडियो तयार पारेर दर्शकलाई प्रस्तुत गर्ने शैली अपनाउँदै छन्। गायक दीपक लिम्बुको एल्बम वैशाखको अन्त्यसम्म निस्किनेछ। 'स्टेजमा गाउन केही नयाँ गीतहरु चाहिएको छ,' उनले भने।
अधिकांश स्टुडियोमा कलाकारहरु गीत रेकर्डमा व्यस्त छन्। म्युजिसियन, प्रिज्मा रेकर्डिङ, मालश्री, संगम स्टुडियो, पर्पल, डोरेमी र ड्रिम्समा रेकर्डिङका कामहरु धमाधम भइरहेका छन्। 'नयाँ वर्ष सकिएपछि एक्कासी गीत रेकर्डिङको काम बढेको छ। शनिबार पनि फुर्सद छैन,' ड्रिम्स स्टुडियोका प्रकाश केसीले भने।
जमलस्थित डोरेमी स्टुडियोले पनि गीत रेकर्डिङका लागि कलाकारहरुलाई समय दिन भ्याएको छैन। 'कलाकारहरु तालिका अनुसार आउँछन्। काम बढेको बेला अबेरसम्म काम गर्नुपर्ने अवस्था छ। यहाँका दुइटै स्टुडियो धेरैजसो खाली हुँदैन,' डोरेमीका भानुभक्त ढकालले भने।
त्यस्तै सत्यराज आचार्य, आस्था बी, रामचन्द्र काफ्ले, प्राश्ना शाक्य, विष्णु चेम्जोङ, अञ्जु पन्त र सनुप पौडेललगायत कलाकारहरु नयाँ गीतको रेकर्डिङमा व्यस्त छन्।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता