Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Apr 02nd

हिरोइन निशा र हिरो अर्जुन अनुमतिबिना सगरमाथा चढ्दै

E-mail Print

सोलुखुम्बु, वैशाख ८ - नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन्। सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) मा सगरमाथा आरोहीको अनुमतिपत्र मन्त्रालयबाट आएको पत्रमा नायिका अधिकारी र नायक कार्कीको नाम नभएपछि अनुमतिबिनै सगरमाथा चढ्न लागेको खुलासा भएको हो।

सेभन समिट ट्रेक एक्स्पीडिसनबाट सगरमाथा आरोहण गर्न लागेका उनीहरु अहिले सगरमाथाको आधार शिविरमा छन्। पर्यटन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमतिपत्र नलिई आधार शिविरभन्दा माथि जाने अनुमति हुँदैन। तर उनीहरु आधार शिविरभन्दा माथि गई फर्किएको आरोहीले बताए।
सगरमाथा आरोहणको लागि आरोहण अनुमतिपत्र लिन दुई तीन महिना लाग्ने भएकाले उनीहरुलाई हाई अल्टि्च्यूड वर्करको रुपमा लगेको सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले बताए।
'सगरमाथा आरोहण अनुमतिपत्र लिएपनि हाई अल्टि्च्यूड वर्करको रुपमा गएपनि मान्यता उत्तिकै हुन्छ' शेर्पाले थपे। पर्यटन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र लिनु पर्दैन? यसरी आरोहण अनुमति पत्र नलिई सगरमाथा आरोहण गर्दा राजस्व छलि र कानुनविपरीत भएन र? भन्ने प्रश्नमा शेर्पाले 'नेपाली भएपछि आरोहण अनुमतिपत्र लिनु आवश्यकता देख्दिन, त्यसैले आरोहण अनुमतिपत्र नलिई हाई अल्टि्च्यूड वर्करको रुपमा पठाएको हो भन्नुभयो।


हाई अल्टि्च्यूड वर्कर र आरोहण दलको सदस्यको फरकफरक मान्यता हुने सगरमाथा प्रदुषण नियन्त्रण समितिका कार्यक्रम संयोजक कपीन्द्र राईले बताए। 'आरोहण दलको सदस्य र हाई अल्टि्च्यूड वर्करलाई मन्त्रालयले दिने प्रमाणपत्र छुट्टाछुट्टै हुन्छ, त्यसैले यसलाई एउटै भन्न मिल्दैन' संयोजक राईले भने। 'अहिलेसम्म जति पनि नेपाली आरोहीले सगरमाथा चढे सबैले राजस्व मिनाहा गराएर चढेका हुन्, राजस्व मिनाहा गर्नको लागि क्याविनेट बैठकले निर्णय गर्नु पर्छ,' उनीहरुले पनि मन्त्रालयमा राजस्व मिनाहाको लागि निवेदन दिएको भए क्याविनेटले निर्णय गर्थ्यो' संयोजक राईले स्पष्ट पारे।
नायिका अधिकारी र नायक कार्की सगरमाथा आरोहण गर्दैछौँ भनेर भव्य पत्रकार सम्मेलन गरी आएका छन्। तर हाई अल्टि्च्यूड वर्करको रुपमा आउँदा कसैले प्रायोजन गरेर आउनु नैतिकताविपरीत हो। नाम उल्लेख नगर्ने शर्तमा एक हाई अल्टि्च्यूड वर्करले बताए।
'नायिका अधिकारीलाई मेगा बैंकले प्रायोजन गरेको छ र सो बैंकको लोगो अङ्कित झन्डा पनि लिएर आएकी छिन्, यो सबै कानुनविपरीत हो' ती हाई अल्टि्च्यूड वर्करले बताए।
पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले निशा अधिकारी र अर्जुन कार्की हाई अल्टिच्यूड वर्करको रुपमा गएको बताए। 'हाई अल्टिच्यूड वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्याउने काम हुन्छ। तर अधिकारी र कार्कीले त्यस्तो काम गर्न सक्दैनन्, त्यसैले उहाँहरुले आरोहण अनुमतिपत्र लिएर गएको भए राम्रो हुने थियो' प्रवक्ता सापकोटाले भने।
हाई अल्टिच्यूड वर्करलाई एक्स्पीडिसन टोलीले तलब भत्ता दिनु पर्दछ तर उनीहरुलाई तलब भत्ता दिनुको सट्टा उल्टै सेभन समिटले रु दस/दस लाख लिएको छ।
सगरमाथा आरोहण गर्नको लागि स्वदेशी तथा विदेशीले प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर राजस्व बुझाउनु पर्दछ। रासस

प्रतिक्रियाहरू (6)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता