खेलाडीका नयाँ वर्ष संकल्प

E-mail Print
पारस खड्का, क्रिकेटर- नयाँ वर्षमा पनि क्रिकेटमै व्यस्त भइन्छ। नयाँ वर्षमा म इन्डियामा हुनेछु। त्यहीँ नेपाली क्रिकेट टोलीका साथीभाइसँग रमाइलो गरिन्छ। यो वर्ष मेरा लागि एकदमै महŒवपूर्ण हुनेछ। विश्व कप खेल्न पाइने आशा गर्छु र त्यसका लागि मेहनत र प्रयास गर्नेछु।
 

राम गिरी, तेक्वान्दो खेलाडी
नयाँ वर्ष मेरा लागि विशेष हुनेछ। यो वर्ष म विवाह बन्धनमा बाँधिने छु। २०७० सालमा तेक्वान्दोमा केही नयाँ गर्ने योजना बनाएको छु। काठमाडौँ तेक्वान्दो डोजाङलाई अझै भव्य तालिम केन्द्र बनाउने योजना छ। व्यापार-व्यवसायलाई पनि नयाँ उचाइमा पुर्‍याउने लक्ष्य छ।
जमुना गुरुङ, फुटबलर
पाँचछजना साथीसँग मिलेर पोखरा जाने योजना छ। चैत २९ गते जान्छौँ, ३० गते त्यही बस्छौँ र वैशाख १ गते खुब घुम्छौँ, रमाइलो गर्छौं। आजसम्म खेलाडी भएर खेलेँ। २०७० सालमा स्कुले विद्यार्थीलाई फुटबल ट्रेनिङ दिनेछु।
दीपक महर्जन, बक्सर
नयाँ वर्ष आफ्नो परिवारसँग बिताउँछु। पाँच महिनाको छोरा र श्रीमतीसँगै धुलिखेल घुम्न जानेछु। मेरो बालुवा, इँटा सप्लाईको व्यवसाय छ। त्यसलाई राम्रो बनाउँदै लग्नेछु। बिजनेसमा नयाँ ढंगले काम गर्नेछु।
शोभा आले, क्रिकेटर
ब्याचलर सेकेन्ड इयरको परीक्षा छ। धेरै रमाइलो त गरिँदैन। तैपनि साथीहरूसँग मिलेर गाउँ (जनकपुर) बाट दुई किलोमिटर टाढा दुर्गा मन्दिरमा जान्छु। ड्राइ फुडहरू लगेर पिकनिक मनाउँछौँ। यो वर्ष मैले आफ्नो खेल क्षमतालाई अझै निखार्नेछु।
निराजन खड्का, फुटबलर
नयाँ वर्षमा नयाँ सुरुवात हुन्छ। आफ्ना पुराना गल्तीलाई सच्चाएर नयाँ सुरुवात गर्छु। खेल प्रदर्शन सुधार्छु। नयाँ वर्ष साथीभाइसँग रमाउँदै मनाइन्छ। आउँदो वर्षमा साफ च्याम्पियनसिप जित्नेछु।
गंगा शर्मा, टेनिस खेलाडी
नयाँ वर्ष घरपरिवारसँगै मनाउँछु। नयाँ वर्षको सुरुवात पनि खेलबाटै गर्छु। त्यस दिन पनि खेल्छु। नेपालको नम्बर वान टेनिस खेलाडीको पदलाई निरन्तरता दिन सक्दो मेहनत र परिश्रम गर्नेछु।
श्रेया धिताल, पौडीबाज
नयाँ वर्ष परिवारसँग मनाउँछु। नयाँ वर्षको सुरुवात परिवारसँग रमाइलो गर्दै गर्‍यो भने वर्षभरि यसरी नै रमाइलो गर्न पाइन्छ भन्ने मलाई लाग्छ। त्यसैले त्यो दिन परिवारसँगै बिताउँछु। यस वर्ष म आफ्नो पुरानो रेकर्ड तोड्नेछु।
नङ्सलदेवी तामाङ, ब्याटमिन्टन खेलाडी
चैत ३१ गते परीक्षा छ। धरानमा परीक्षा केन्द्र परेको छ। नयाँ वर्षको दिन त्यहीँ हुन्छु। त्यहाँ साथीभाइसँग मिलेर नयाँ वर्ष मनाउँछु। यस वर्षदेखि खेलका साथसाथै पढाइमा पनि राम्रो गर्दै जानेछु।
कान्छीमाया कोजु, म्याराथन धावक
चैत २८ देखि वैशाख ४ गतेसम्म भक्तपुरमा बिस्केट जात्रा छ। १ र २ गते विशेष जात्रा हुन्छ। नयाँ वर्षको दिन आफ्नो परिवारसँग जात्रा हेर्न जान्छु। परिवारसँग जात्रा हेरेर नयाँ वर्ष मनाउँछु। २०६९ साल मलाई त्यति फापेन, ०७० साल राम्रो होला भन्ने आशा छ। एसियन गेममा राम्रो खेल्ने लक्ष्य छ।
ज्ञानु गौचन, बास्केटबल खेलाडी
नयाँ वर्षमा साथीहरूसँग गेट टुगेदर गर्छु। साथीहरूसँग रमाइलो गर्दै नयाँ वर्ष मनाउँछु। खेलमा रहेका कमीकमजोरीलाई यस वर्ष हटाउने सक्दो प्रयास गर्छु। अझै राम्रो खेल्नेछु।
माला लिम्बू, नेटबल खेलाडी
नयाँ वर्षका दिन साथीभाइसँग क्लबमा गएर पार्टी गरिन्छ। खुब रमाइलो गर्नेछु। नयाँ वर्षको सुरुवात रमाइलोसँग भयो भने पूरा वर्ष नै रमाइलोमा बित्छ। यो वर्ष अझै बढी मेहनत गर्छु।
निर्मला विष्ट, कबड्डी खेलाडी
नयाँ वर्षका दिन साथीहरूसँग ह्वाइट गुम्बा घुम्न जाने योजना छ। त्यहीँ नयाँ वर्ष मनाउने र रमाइलो गर्ने। खेलमा भएका आफ्ना कमीकमजोरीलाई सुधार्दे लग्नेछु। २०७० सालमा राम्रो खेलेर गोल्ड मेडल पाउनेछु।
सञ्जय पण्डित, धावक
नयाँ वर्षको दिन आइसल्यान्ड पिक चढ्ने योजना छ। २०७० सालमा सगरमाथा चढ्नेछु।
प्रस्तुतिः संगीता

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार