Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

कैँचीको टक्कर

E-mail Print
केही दिनअघि मात्रै चलचित्र जाँचपास समितिले फिल्म 'नतिजा'को सेन्सर रोकिदियो। फिल्ममा हट दृश्य राखिएको भन्दै ती हटाएपछि मात्रै सेन्सर गर्ने अडान राख्यो। सेन्सर बोर्डले आफ्नो फिल्मका मुख्य दृश्यमा कैँची चलाएको भन्दै निर्देशक प्रमोद भण्डारीले आक्रोश पोखे। कुरा सेन्सर बोर्डको कैँचीको मात्र रहेनछ किनभने असाध्यै उत्तेजक भनिएको दृश्यमा नायिका हर्षिका श्रेष्ठले लगाएको पहिरनमा निर्देशकले पनि कैँची चलाएका रहेछन्। निर्माण युनिटका एक सदस्यका अनुसार उत्तम बनेपालीले सेक्सी देखिने गरी डिजाइन गरेको उक्त पहिरन 'लामो भयो' भन्दै निर्देशक आफैंले काटेका थिए। सेन्सर बोर्डले भने 'अश्लील भयो' भन्दै काटेर ल्याउन भनेको छ। निर्माण युनिटका केही सदस्य भने 'निर्देशकज्यूको भन्दा सेन्सर बोर्डको कैँची धारिलो रहेछ' भन्दै जोक गर्न थालेका छन्। हेरौँ, सेन्सर बोर्डको कदमविरुद्ध अघिल्लो हप्ता अन्तरक्रिया नै गराएको 'नतिजा' निर्माण युनिट र सेन्सर बोर्डको कैँचीको टक्करले कुन मोड लिन्छ अब।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार