Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

अन्तर्वार्ता

अब काँग्रेसमा एकल नेतृत्व चल्नेवाला छैन

राजनीतिमा महिला नेतृत्वको लगभग न्युन सहभागिता रहेको देशमा पुष्पा भुषाल एक महत्वपूर्ण नाम हो। विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पुष्पा अवसानमा परेको संविधान सभाको निर्वाचित सभासद् हुन्। संविधान सभामा महिला र समावेशी राजनीतिबारे सक्रिय बहस र छलफलमा संलग्न पुष्पाको कांग्रेस राजनीतिमा महत्वपूर्ण भूमिका छ। त्रिवेणी धाममा सम्पन्न कांग्रेस महासमितिको बैठकपछि कांग्रेस राजनीतिबारे पुष्पासँग किशोर नेपालको वार्ता-
विस्तृतमा

ठूलालाई छुट र सानालाई भ्याट अन्यायापूर्ण

ठूलालाई छुट र सानालाई भ्याट अन्यायापूर्ण सानो आकारको व्यवसायबाट जीवन सुरु गरेका उच्चमध्यम स्तरको व्यवसायीका रूपमा प्रतिष्ठित सिद्धिलाल श्रेष्ठ काठमाडौँबाहिरका प्रमुख पेट्रोलियम व्यवसायी हुनुहुन्छ। लो-प्रोफाइलमा बसेर काम गर्ने र सामाजिक कार्यमा सक्रिय रहने श्रेष्ठ पेट्रोलियम पदार्थमा ठूला व्यवसायीलाई भ्याटको छुट दिएर सर्वसाधारणमाथि सरकारले अन्याय गरेको बताउनुहुन्छ।
विस्तृतमा

मधेसवादी दलहरु संघीयता चाहँदैनन्

मधेसवादी दलहरु संघीयता चाहँदैनन्

नेपाली काँग्रेसभित्र जुझारु नेताका रूपमा पहिचान बनाएका महेन्द्र यादव नेपाली काँग्रेसका प्रमुख व्यक्तित्व हुन् तराइ मधेसमा। कुनै बेला नेपाली काँग्रेसको वर्चस्व रहेको जनकपुर जस्तो भूमिबाट राजनीतिमा उठेका महेन्द्रमा सामाजिक-राजनीतिक अवस्थाको समझ र समस्याको पहिचान गर्नसक्ने क्षमता छ। मधेसी हितको नारामा उभिएका मधेसवादी दलहरूका लागि नेपाली काँग्रेसले नै चुनौती दिन सक्छ भन्ने मान्यता राख्ने महेन्द्र पहिलो संविधान सभामा नेपाली काँग्रेसको समानुपातिक कोटाबाट सभासद् थिए। दोस्रो संविधान सभाका लागि नयाँ निर्वाचनको सिलसिला प्रारम्भ भएपछि मधेस राजनीतिको सन्दर्भमा नेपाली काँग्रेसको स्थिति र अवस्थाबारे महेन्द्र यादवसँग किशोर नेपालको वार्ता-

विस्तृतमा

जातीय संघीयताको कुरा सबैले छाड्नैपर्छ

जातीय संघीयताको कुरा सबैले छाड्नैपर्छ
कोइराला परिवारको परम्पराअनुसार विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे पनि शेखर कोइरालाको राजनीतिक सक्रियता सुरु भएको एक दशक नाघेको छैन। चिकित्सा विज्ञान पढेका डा. कोइराला कालज्वर रोगका विशेषज्ञ हुन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सक्रिय शेखरले माओवादीसँगको शान्ति प्रक्रियामा आफ्ना 'सानो बुबा' गिरिजाप्रसाद कोइरालालाई महत्वपूर्ण ढंगले सघाए। माओवादीसँग भएका अधिकांश सहमति र सम्झौताको पृष्ठभूमिमा बसेर काम गरेका शेखर संविधान सभाको चुनावपछि देखिने गरी राजनीतिमा सक्रिय भए र सभासद् पनि चुनिए। शैली 'टेक्नोक्रेटिक' भए पनि राजनीतिमा व्यवहारवादी शेखर विरासतको महत्वलाई इन्कार गर्दैनन्। उनको विचारमा राजनीतिमा सफल हुन नवीन चिन्तन आवश्यक छ। राजनीतिका विभिन्न सन्दर्भमा शेखर कोइरालासँग किशोर नेपालको अन्तर्वार्ता :
विस्तृतमा

लोकमान अख्तियारका लागि योग्य व्यक्ति हुन्

लोकमान अख्तियारका लागि योग्य व्यक्ति हुन्
सत्ताबाट बाहिर निस्केपछि चर्को बोल्ने स्वभाव हुन्छ नेताहरुको। उनीहरु विरोधीप्रति बढी नै केन्द्रित हुन्छन् र आफ्नो प्रतिरक्षामा लाग्छन्। विपरित डा. बाबुराम भट्टराई भने शालीन देखा परे। अन्तर्वार्ताका क्रममा उनले आफ्नो आक्रामक स्वभाव प्रदर्शन गरेनन् र आश्चर्यजनक ढंगले औपचारिक रहे। अठार महिना र अठार दिन सिंहदरवारको तातो आसनमा बसेर भर्खरै निस्किएका भट्टराई चामत्कारिक हुन खोजेनन्। आफ्नो मनका गुम्फनहरुलाई बाहिर निस्किनै दिएनन् उनले। शब्द शब्द तौलेर बोले। नातावाद र भ्रष्टाचारका कतिपय प्रसंग उठ्दा उनी उत्तेजित नभएका होइनन् तर त्यसलाई बाहिर ल्याएनन्। अन्तर्वार्तापछि उनले बताए- प्रधानमन्त्री पदबाट बाहिर आएपछिको पहिलो अन्तर्वार्ता भएकाले पनि अलि सचेत भएको हु" कि? पदबाट हटेपछि भट्टराईसँग किशोर नेपालको अन्तर्वार्ता :
विस्तृतमा

चुनावै हुन्न, भए पनि संविधान बन्दैन

चुनावै हुन्न, भए पनि संविधान बन्दैन
पाका कम्युनिष्ट नेता चित्रबहादुर केसी अन्य कम्युनिष्ट नेताहरुका तुलनामा फरक हुनुहुन्छ- प्रस्तुति, शब्द, शैली र मान्यताका हिसावले। वास्तविक जीवनमा पनि उहाँ नेताभन्दा पृथक हुनुहुन्छ- सरल र आडम्बरहीन। कम्युनिष्टहरुको सैद्धान्तिक लफ्फाजीमा चाहिँ उहाँ अरुभन्दा कुनै हिसावले पृथक हुनुहुन्न। तर धरातलको ज्ञान, राजनीतिक समझ र घटनाहरुको विश्लेषणमा तीक्ष्णता उहाँको विशेषता हो। समकालीन राजनीतिका अन्तरद्वन्द्वलाई केन्द्रमा राखेर केसीसँग किशोर नेपालको वार्ता :
विस्तृतमा

सिजीलाई न्युयोर्क स्टक एक्सचेन्जमा सूचिकृत गराउने उद्देश्य छ

सिजीलाई न्युयोर्क स्टक एक्सचेन्जमा सूचिकृत गराउने उद्देश्य छ
'फोर्ब्स' ले विनोद चौधरीको नाम नेपालका पहिलो अरबपतिका रूपमा प्रकाशित गरेपछि त्यसले आर्थिक जगतमात्रै होइन, नेपालको सामाजिक परिवेश पनि निकै तरंगित भएको छ। लोकप्रिय उत्पादन वाइवाइका उत्पादनका रूपमा चौधरीको पहिचान बनिसकेको छ नेपाली समाजमा। अन्तर्राष्ट्रिय जगतमा विस्तारै आफूलाई स्थापित र विस्तारित गरिरहेका विनोद चौधरी एक्कासि हलक्क बढेर अरबपति भएका होइनन्। उनमा गजवको आकांक्षा छ जित्ने र जित्नका लागि लड्ने। अरबपतिका रूपमा स्थापित भएपछि विनोद चौधरीसँग किशोर नेपालको वार्ता :
विस्तृतमा

उदारीकरण करकाप वा सनकमा आएको थिएन

उदारीकरण करकाप वा सनकमा आएको थिएन प्रजातन्त्र पुनर्स्थापनापछि नेपालले अपनाएको उदार अर्थतन्त्र र खुला बजार नीतिका प्रतिपादक र व्याख्यातामध्येका एक प्रमुख व्यक्तित्व हुनुहुन्छ पृथ्वीराज लिगल। राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा उहाँले देशका योजनाहरुलाई दीर्घकालिकरूपमा उपयोगी गराउन निकै परिश्रम गर्नुभएको थियो। कांग्रेस सरकारको शासनकालमा उदार अर्थतन्त्र र खुला बजार नीतिको विकास र विस्तारका लागि उहाँको योगदान महत्वपूर्ण रह्यो। अर्थतन्त्रका केही महत्वपूर्ण पक्षमा लिगलसँग किशोर नेपालको वार्ता :
विस्तृतमा

प्रधान न्यायाधीशको प्रस्ताव राष्ट्रपतिको हो

प्रधान न्यायाधीशको प्रस्ताव राष्ट्रपतिको हो कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसको राजनीतिमा छोटो समयमा माथिल्लो तहमा पुग्ने भाग्यमानी व्यक्ति हुन्। माओवादी विद्रोहीहरूसँगको शान्तिवार्ताका समयमा सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका सिटौलाले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे।
विस्तृतमा

सबैले राजनीति गरेपछि अनि कहाँबाट हुन्छ विकास?

सबैले राजनीति गरेपछि अनि कहाँबाट हुन्छ विकास? नेपाली राज्यको आधुनिकीकरणसँगै अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्योगी व्यवसायीका रूपमा चिनिनुहुन्छ इन्द्रभक्त श्रेष्ठ। ९० वर्षको उमेरमा पनि व्यावसायिक वातावरणको निर्माणमा सजग र सचेत श्रेष्ठले नेपालका उद्योगी-व्यवसायीको संगठन चेम्बर अफ कमर्सको गठनमा अग्रणी भूमिका निर्वाह गर्नुभएको मात्र होइन, चार पटकसम्म चेम्बर र एक कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा चुनिएर व्यावसायिक नीति निर्माणमा योगदान दिनुभएको छ। नेपालको आर्थिक विकासलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्ने क्रममा यसपटक किशोर नेपालले श्रेष्ठसँग गर्नुभएको वार्ताको विवरण :
विस्तृतमा

चार जनाको काउन्सिल बनाउनुपर्छ

चार जनाको काउन्सिल बनाउनुपर्छ

जगदीश शमशेर राणाको व्यक्तित्व केवल साहित्यकार र समालोचकका रुपमा मात्र स्थापित छैन। उनी प्रखर चिन्तक पनि हुन्। नेपालको कला, संस्कृति र साहित्य क्षेत्रमा उनको योगदान निकै गहकिलो मानिन्छ। नेपाली विचार पक्रियालाई आधुनिक जीवनसापेक्ष बनाउन उनी लागिपरेका छन्। साहित्यमा हाल चलेको उत्तरआधुनिकवादबारे उनको स्पष्ट विचार छ - 'उत्तर भन्ने हुँदै हुँदैन।' उनले भर्खरै उत्तरआधुनिकवाद र बाहुल्य बिष्फोट नामक पुस्तक पनि लेखेका छन्। अहिलेको नेपाली समाज, साहित्य र राजनीतिलाई हेर्ने उनको दृष्टिकोण रोचक र विहंगम छ। यिनै प्रसंगमा किशोर नेपालसँगको वार्ता :

विस्तृतमा

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी स्वदेशी पुँजीमा हेटौंडा-काठमाडौं सुरुङ मार्ग निर्माणको तयारीमा लागेपछि चर्चामा छन्। २० अर्बको लगानीमा जनता, निजी, सार्वजनिक साझेदारीमा सुरुङ मार्ग निर्माण गर्ने कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीका उनी अध्यक्ष हुन्। उनी ट्रान्सफरमर उत्पादन गर्ने नेपाल इकरात इन्जिनियरिङका प्रबन्ध निर्देशक पनि हुन्। नेपालको वर्तमान आर्थिक स्थिति, सुरुङ मार्गलगायत् विषयमा उनीसँग नागरिकका प्रधान सम्पादक किशोर नेपालको वार्ता :
विस्तृतमा

गड्यौला दिन नसक्दा हटाइएँ

गड्यौला दिन नसक्दा हटाइएँ

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका केशव स्थापित त्यसपछि ज्ञानेन्द्रको शासनकालमा मनोनीत मेयर बने। अहिले तिनै स्थापितलाई माओवादीले काठमाडौं उपत्यका विकास प्राधिकरणमा ५ वर्षका लागि नियुक्त गरिएको थियो, तर ९ महिनाकै अवधिमा हटाएको छ। जसविरुद्ध उनी अदालतको शरणमा पुगेका छन्। कहिले माओवादीलाई ड्रेस, हतियार र रेडियो उपलब्ध गराएको तथा कहिले लभ पार्क निर्माण अनि कहिले टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने जस्ता महत्वाकाङ्क्षी योजना अघि सारेर चर्चामा आइरहने स्थापितले भने- प्रधानमन्त्री पत्नी हिसिला र उनकी सेक्रेटरीलाई रिझाउन नसक्दा प्राधिकरणबाट अयोग्यको बिल्ला लगाएर मलाई हटाइयो। यी र यस्तै विविध विषयमा नागरिकका रघुनाथ लामिछानेले स्थापितसँग गरेको वार्ताको विवरण :

विस्तृतमा

हामीकहाँ आर्थिक भिजन भएका नेता भएनन्

हामीकहाँ आर्थिक भिजन भएका नेता भएनन् नेपालको अर्थतन्त्र राजनीतिको नाममा अलमलिएको छ। देशको कुनै राष्ट्रिय लक्ष्य निर्धारण नभइसकेको अहिलेको अवस्थामा अर्थतन्त्रको वृद्धि र विकासका लागि आफ्नै आधार तयार भएको छैन। अर्थशास्त्रीहरू नेपाली अर्थतन्त्रको विचलनलाई भन्दा यसका तात्कालिक उपलब्धिमा रमाउने गर्छन्। तर नयाँ पुस्ताका अर्थशास्त्री पोषराज पाण्डे अर्थतन्त्रबारे नयाँ ढंगले यथार्थवादी धरातलमा उभिएर चिन्तन गर्छन्। किशोर नेपालसँगको यो अन्तर्वार्तामा उनले अर्थतन्त्रका केही महत्वपूर्ण पक्ष चिर्न खोजेका छन्। विवरण :
विस्तृतमा

नेतृत्व पाए पार लगाउँछु : केपी ओली

नेतृत्व पाए पार लगाउँछु : केपी ओली
एमालेका 'प्रभावशाली नेता'का रूपमा चिनिँदै आएका केपी ओली एकीकृत माओवादीका प्रखर आलोचकका रूपमा चिनिन्छन्। विपक्षीहरूमाथि कडा प्रहार गर्ने शैली नै राजनीतिमा उनको पहिचान बन्न पुगेको छ। त्यसैले त पार्टी सत्तामा भएको बेला होस् वा प्रतिपक्षीमा रहेको बेला उनी सदाबहार हिसाबले नै चर्चामा रहन्छन्। २०४६ सालको परिवर्तन यता ओली सधैंभरी नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका छन्। एमालेको नौ महिने शासनकालमा सफल गृहमन्त्रीको छवि बनाएका ओली ०६२/०६३ सालको जनआन्दोलनपछिको संक्रमणकालमा भने उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री थिए। संविधानसभाको निर्वाचनमा पराजय भोगेका ओलीले पार्टीको आठौं महाधिवेशनमा पनि अध्यक्ष पदमा पराजय नै भोग्नुपर्‍यो। तैपनि उनी राजनीतिको केन्द्रमा भने रहिरहे। पछिल्लो समय बिरामी अवस्थाबाट उत्रेर आराम गरिरहेका तिनै ओलीसँग नागरिकका स्वरूप आचार्यबसन्त बस्नेतले गरेको वार्ता :
विस्तृतमा

संविधानको परिधि नतोडी निकास निस्कँदैन

संविधानको परिधि नतोडी निकास निस्कँदैन
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनादेखि अहिलेसम्म निरन्तर सत्ताको केन्द्रमा रहँदै आउनुभएका विजयकुमार गच्छदार पूर्वदेखि पश्चिम मधेस तराइको भूमिमा वलिष्ठ नेताका रूपमा चिनिनुहुन्छ। पछिल्लो जनआन्दोलनपछि मातृसंस्था नेपाली कांग्रेसबाट बाहिरिनुभएका गच्छदार समीकरण राजनीतिका चतुर र धुरन्धर खेलाडी सावित हुनुभएको छ। वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रहनुभएका गच्छदारसँग आजको राजनीतिक प्रसंगमा किशोर नेपालको अन्तर्वार्ता :
विस्तृतमा

कांग्रेस बाबुरामलाई दाम राखेर दर्शन गर्दैन

कांग्रेस बाबुरामलाई दाम राखेर दर्शन गर्दैन
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल पार्टीभित्र बौद्धिक बहसमा उत्रने जुझारु नेताका रूपमा चिनिन्छन्। कांग्रेसले रिजाललाई प्रतिपक्षीसँग वार्ता गर्न गठन गर्ने टोलीमा सकभर छुटाउँदैन। तथ्य, तथ्यांक, तिथि, मिति र दस्तावेजका लिखतसहित वार्तामा प्रस्तुत हुने स्वभावका रिजाल कांग्रेसका आक्रामक वक्तामध्येका हुन्। सेना समायोजन विशेष समितिमा कांग्रेसका तर्फबाट प्रतिनिधि रिजाल शान्ति प्रक्रियामा विशेष दक्षता राख्छन्। सहमतीय सरकार गठन गर्ने सामयिक राजनीतिमा कांग्रेसका तर्फबाट एकीकृत माओवादीलगायत्का दलसँग वार्तामा संलग्न रिजाल सहमति भएरै छाड्नेमा ढुक्क छन्। कांग्रेसको आन्तरिक राजनीतिमा कुनै बेला वरिष्ठ नेता शेरबहादुर देउवाका ‘कन्सल्टेन्ट' मानिने रिजाल केही समययता बूढानिलकण्ठसँगको दूरी बढाएर पार्टी सभापति क्याम्पमा सक्रिय देखिन्छन्। उनैसँग किशोर नेपालले गरेका कुराकानी
विस्तृतमा

म्याद थप्ने कुरा जोक भइसक्यो

म्याद थप्ने कुरा जोक भइसक्यो रुक्मांगद कटुवाललाई पराजित जर्नेल भनेको मन पर्दैन। तर २४० वर्ष पुरानो नेपाली राजसंस्था धराशायी हुँदा राजसंस्थाकै छत्रछायाँमा हुर्केको नेपाली सेनाका प्रमुख उनै थिए। त्यतिमात्र नभएर, अहिलेको अस्थीर राजनीतिसँग पनि उनी जोडिएका छन्। माओवादी नेतृत्वको सरकारले उनको फूली फुकाल्ने निर्णय नगरेको भए राजनीतिको धार यतिविध्न मोडिने थिएन भन्नेहरुको संख्या कम छैन। कटुवालले सेना प्रमुखको पदमा पुग्न अत्यधिक मेहनत र संघर्ष गरेका छन्। भाग्यले पनि उनलाई साथ दिँदै आएको छ। कटुवाल सामरिकशास्त्रका विशेषज्ञ त हुन नै, तर्कशील, बोलक्कड, अध्ययनशील अनि चलायमान व्यक्तित्वका कारण उनी सधैँ विवादमा रहन्छन्। यतिखेर पनि उनी विवादमा छन्। माओवादी पक्षका गतिविधिहरुप्रति उनका धारणा खरो र नकारात्मक छन्। सेना प्रमुखका रुपमा उनको विवादग्रस्त पृष्ठभूमिको परिप्रेक्ष्यमा वर्तमान राजनीतिबारे उनका विचार र सन्दर्भबारे किशोर नेपालसँगको वार्ता विवरण:
विस्तृतमा

बच्चा नै मेरा सबथोक हुन्

बच्चा नै मेरा सबथोक हुन्
बाबु-आमाले गरेको गल्तीका कारण उनीहरूसँगै जेलमा रहन बाध्य एक बालिकाले पुष्पा बस्नेतको सल तानेकै घटनाले उनलाई समाजसेवामा डो¥यायो । कलेजको इन्टर्नसिपका लागि गएकी पुष्पालाई जेलमा स-साना बच्चा देख्दा अचम्मै लाग्यो । लगत्तै उनले थाहा पाइन्- ती बच्चा त जेल परेका आफ्ना बाबु-आमासँग त्यहीँ बस्न बाध्य रहेछन् । त्यसपछि जेलमा रहेका केही बच्चालाई बाहिर ल्याएर लालनपालन र पढाउन थालेकी पुष्पाको समाजसेवा कर्म फैलँदै गयो । त्यही समाजसेवाको कर्मलाई कदर गर्दै सीएनएनले उनलाई पछिल्लो समय सीएनएन हिरोको उपाधि प्रदान गरेको छ । तिनै सीएनएन हिरो पुष्पा बस्नेतसँग नागरिकका बसन्त बस्नेत र उपेन्द्र लामिछानेले गरेको वार्तालापः
विस्तृतमा

दश पन्ध्र दिनमा निर्णय नभए चुनाव हुन्न

दश पन्ध्र दिनमा निर्णय नभए चुनाव हुन्न पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा नेपालको राजनीतिमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। २००१ सालको क्रान्तिपछि उहाँ विभिन्न सल्लाहकार सभाका सदस्य हुनुहुन्थ्यो। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि उहाँले राजालाई सघाउनुभएको थियो।
विस्तृतमा

प्रचण्डजीको ताल हेरेर छक्कै परियो

प्रचण्डजीको ताल हेरेर छक्कै परियो
समर्थकहरू सिद्धान्तवादी, त्यागी नेता मान्छन् नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण' लाई। विरोधीहरू भने जडसूत्रवादी, शास्त्रीय र संकुचित। २०४३ सालमा असफल सेक्टर काण्डपछि स्थायी समिति सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड' लाई महामन्त्री सुम्पेका वैद्य केही महिनाअघिसम्म प्रचण्डकै नेतृत्वमा चले। प्रचण्डपथ बनाउन पहल लिएका एमाओवादी अध्यक्षका राजनीतिक गुरु रहेका वैद्य अहिले प्रचण्डले क्रान्तिलाई धोका दिएको निष्कर्षसहित उनलाई महान् बनाएकोमा पश्चाताप गर्दैछन्। नागरिकको ‘घुम्ने मेचमाथि' बस्दै उनले समसामयिक राजनीति, राष्ट्रपतिको सक्रियता, एमाओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईबारेमात्रै बोलेनन्, मार्क्सवाद, उत्तरआधुनिकतावादलगायत् विषयमा लामो व्याख्या गरे। मार्क्सवादी दर्शन, साहित्य र सौन्दर्यशास्त्रका ज्ञाता मानिने वैद्यसँग नागरिकका बसन्त बस्नेतस्वरूप आचार्यले गरेको कुराकानी
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
Page 1 of 2
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता