बोस्टनका बन्धक दिन

E-mail Print
उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष हुने विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित म्याराथन हुँदै थियो। सेन्ट प्याट्रिक डे (गत सोमबार) का दिन हुने दौडमा विश्वभरका खेलाडी र दर्शक ओइरिएका थिए। म्याराथनको ११७औं संस्करण अचानक विस्फोटको धुवाँले घेरिएको दुर्दान्त स्मृतिमा परिणत भयो। आतंकवादी विस्फोटमा तीनजनाको मृत्यु भयो, १ सय ८६ भन्दा बढी घाइते भए। प्रतियोगितास्थलमा १५ सेकेन्ड अन्तरमा दुइटा बम आक्रमण हुँदा देश-विदेशका सहभागी आतंकित र भारी मन लिएर फर्के। दौड पूरा गर्नेलाई दिन ल्याइएका पुष्पगुच्छा लासमाथि फालिए।

सात वर्षयता यही सहरमा बस्दै आए पनि मैले म्याराथन प्रत्यक्ष तीनपटक मात्रै हेरेको छु। पछिल्लोपटक पोहर म र मेरी गर्भवती श्रीमतीले केन्टमोर स्क्वायरनजिकैबाट म्याराथन हेरेका थियौं। यसपालि सात महिनाकी छोरीलाई लिएर प्रतियोगिता हेर्न जाने योजना थियो। तर, मौसम अलि चिसो भएको र श्रीमतीलाई ज्वरो आएकाले अन्तिम समयमा रद्द गरेँ र सधैंझैं काममा लागेँ। दिउँसो करिब ३ बजेतिर आइफोनमा एएफपीको बेक्रिङ न्युज आइरह्यो। मैले खेल नतिजा होला भनेर वास्ता गरिनँ। ठिक त्यसैबेला फोनको घन्टी बज्यो। साथी सुमेन्द्र श्रेष्ठले 'बम विस्फोट भएछ, मैले त तिमीहरु हेर्न गयौ होला भनेर चेक गरेको' भन्दा पो सातो उड्यो।

हत्तपत्त इन्टरनेटमा आँखा दौडाएँ। न्युज, फेसबुक, टि्वटर दुखद खबरले भरिइसकेको रहेछ। चिनेजानेका र खेल हेर्न जान्छु भनेका साथीलाई फोन गरेँ, सबै सकुशल पाएपछि अलि ढुक्क भएँ। अपुष्ट/पुष्ट समाचारको बाढी चल्यो। ट्याब्लोइड न्युयोर्क पोस्टले १२ जना मारिएको हावादारी खबर छाप्यो। सञ्चारमाध्यममा आएका तस्बिर, भिडियो हेर्दा त्रासद थियो। कसैको खुट्टा गएको, कसैको मुखभरि चोट। अन्यत्र पनि नपड्किएको बम फेला परेको अपुष्ट समाचारबीच एम्बुलेन्स र पुलिस गाडीको चर्को साइरन सुनियो। जोन एफ केनेडी संग्रहालयमा विस्फोट भएको रहेछ। एम्बुलेन्सहरु त्यहीँ दगुरेका थिए, जुन हामी बस्ने अपार्टमेन्टबाट आधा किलोमिटरको दूरीमा छ। जिम्मेवार अधिकारीले ...बम होइन, आगो लागेको' भने, मन ढुक्क भयो।


बेलुकी ६ बजे राष्ट्रपति बाराक ओबामाले देशवासीका नाममा सम्बोधन गरे। उनले अहिलेसम्म कसले, किन घटना गरायो, थाहा नभएको भन्दै अपराधीलाई कानुनको दायरामा ल्याउने वाचा गरे। बेलुकासम्म देश- विदेशबाट फोन, टेक्स्ट, इमेल आइरह्यो। त्यही दिन ग्रेटर बोस्टन नेपाली कम्युनिटीले नेपाली नयाँ वर्षको कार्यक्रम राखेको थियो। बेलुकी बोस्टन छलफल समूहले विश्लेषक सिके लालसँग अन्तर्क्रिया राखेको थियो। उक्त कार्यक्रम क्यान्सिल भएको खबर आयो।

उही ठाउँमा रगत बगिरहेको छ, हामीले उत्सव मनाउन राम्रो हुँदैन भनेर नेपाली नयाँ वर्ष कार्यक्रम पनि रद्द गर्नुस् भनेर आयोजकलाई फोन, इमेलमार्फत सम्झाएँ। त्यतिखेरसम्म गभर्नरले बोस्टनको इतिहासमै सबैभन्दा अप्रिय घटना भन्दै जमघट र भेला नहुन अनुरोध गरिसकेका थिए। आयोजकहरुले स्थानीय प्रहरीसँग सल्लाह गरेर नयाँ वर्षको कार्यक्रम गरेछन्, तर त्यहाँ गइनँ। मंगलबार क्याम्पस बन्द गरिएको सूचना आयो। केही समयपछि गुगलले हराएका मान्छे खोज्न नयाँ सर्चपेज जारी गर्‍यो। फेसबुक, टि्वटरमा बोस्टनप्रति सहानुभूतिका शब्द संसारभरबाट ओइरिए। विस्फोटस्थलका होटल, घर प्रशासनले खाली गराएपछि बोस्टनबासीले बाहिरबाट आएका मान्छेलाई आफ्नो घरमा आऊ भनेर सामाजिक सञ्जालमा पेज बनाए। मैले तत्काल फेसबुकको स्टाटस अपडेट गरेँ- नराम्रो जति शक्तिशाली भए पनि राम्रोलाई कहिल्यै जित्न सक्दैन।


अमेरिकामा बम विस्फोट घटनाको अनुभूति हामीलाई अनौठो थियो। केही समयअघिसम्म देशभित्र यस्तो त्रासदी बारम्बार भोगेका हामी सुरक्षित र सम्पन्न भनिएको अमेरिकामा पनि भोग्नुपरेपछि त्रासदीबीच सुत्यौं। भोलिपल्ट बिहान उठ्नासाथ टिभीले पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गरिरहेको थियो। गभर्नर, मेयर, एफबिआई प्रमुखलगायतले मानिसलाई धैर्य रहन र अनुसन्धानमा सहयोग गर्न अनुरोध गरे। उनीहरुले आफूलाई जनताले हजारौं फोटो र भिडियो पठाएको तथा त्यसको आधारमा छानबिन जारी रहेको बताए। त्यस दिन आफूलाई सकेसम्म सामान्य राख्न प्रयत्न गरेँ। बिहान सधैँझैँ हुलाकी आयो, सडकमा गाडीहरु बाक्लै देखिए, मल, पसल खुलेका थिए। एकछिन बाहिरको अवस्था बुझ्न गाडी लिएर निस्किएँ। अवस्था सामान्य लाग्यो, तर मान्छेको आँखामा आंतकको छाया प्रस्ट देख्न सकिन्थ्यो। रात्रिकक्षा सुचारु हुने सूचना आउन थाल्यो। मर्नेको परिचय खुल्न थाल्यो। एकजना आठ वर्षीय बालक पनि परेछन्।

बुधबार त्यसै बित्यो। अखबारमा सधैं दौड विजेताको तस्बिर छापिन्थ्यो। तर, यसपटक घाइतेको तस्बिरले भरिएको थियो। अवस्था सामान्य बन्दै गएको थियो, तर आर्श्चयजनक रुपमा प्रशासनले दुई दिनसम्म पनि केही सूचना जारी गर्न सकेको थिएन, बमकाण्डबारे। उनीहरुले हजारौं फोटो, भिडियो प्रोसेस गरिरहेको बताएका थिए। बिहीबार राष्ट्रपति ओबामा यहाँ आएर सान्त्वना दिए। बोस्टनले आगामी वर्षहरुमा झनै भव्य रुपमा प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरे। बेलुकी पाँचबजे तिर प्रशासनले बम पड्काउने संकास्पद दुई युवकको फोटो सार्वजनिक गर्यो। चेचेन मुलका तामरलान सार्नेभ (बर्ष २६) जोखार सार्नेभ (बर्ष १९) दाजुभाई रहेको छानविन पछि प्रहरीले बतायो। केहि राहतको महसुस भयो। त्यही दिन वेलुकी दश बजे एमआइटीमा पुलिसलाई गोली हानेर मारियो भन्ने अर्को व्रेकिगं समाचार आयो। बम पड्काउनेसँगको भिडण्तमा उनी मारिएको पुष्टि भयो।

सुत्नेबेलामा समाचार हेर्दा बिहान एक बजे वाटरटाउन भन्ने ठाँउमा पुलिसले गोली चलाएको भन्ने खबर आएको थियो। भोलिपल्ट विहान उठ्नसाथ संकास्पद एकजना (तामरलान सार्नेभ) प्रहरीसँगको भिडन्तमा मारिएको र जोखार सार्नेभलाई प्रहरीले खोजी गरिरहेको समाचारसँगै बमकाण्ड बारे थुप्रै नयाँ कुराहरु आउन थाल्यो। उनका परिवार सदस्य, उनका सहपाठी, शिक्षकहरुको अन्तर्वाता संचार माध्यामहरुले बजाउने थाले।

बोस्टनको वाटरटाउन इलाकामा उक्त व्यक्ति लुकेको आशंकामा हजारौं प्रहरी, एफविआई अफिसर, कमाण्डोहरुले सयौं बन्दोवस्तीका गाडीहरु, दशैं हेलिकप्टर सहित घर घरमा खोजे। संचारमाध्याममा यस्ता दृष्यहरु हेर्दा राज्यको सम्पुर्ण शक्ति उक्त व्यक्तिको खोजीमा लागेको प्रतित हुन्थ्यो। यत्रो वर्षको यहाँको बसाइमा यति विघ्न सैन्य गतिविधी कहिल्यै देखिएको थिएन। बोस्टनका बाटरटाउन, वेल्मोन्ट, क्याव्रिज, अल्टनव्राइटन जस्ता इलाकाहरु सम्पुर्ण रुपमा बन्द गरिए। शिक्षण संस्था, सार्वजनिक यातायात बन्द छ। केही क्षेत्रमा हवाई उडान निषेध गरियो। गभर्नरले बोस्टनवासीलाई सुरक्षा कारवाही नसक्दासम्म घर मै बस्न भनेका छन्। शुक्रवारको सप्ताहन्तमा चलायमान देखिने सम्पुर्ण बोस्टन शहर बन्दी बन्यो।

अन्ततः बोस्टन प्रहरीले हामीले उसलाई समात्यौँ लेखेको ट्विट गर्‍यो। बोस्टनसहित पूरै अमेरिकाले राहतको श्वास फेर्‍यो। शंकास्पद दुई जनामध्ये एक जनाको प्रहरी कारबाहीको क्रममा मृत्यु भयो भने अर्कोलाई पक्राउ गर्न प्रहरी सफल रह्यो।


बोस्टन जस्तो चलायमान शहरलाई बन्दी बनाउने यी दाजुभाइको पछाडि कस्को हात होला? हात होला नहोला?

(श्रेष्ठ बोस्टनको युर्निभर्सिटी अफ म्यासेचुसेट्समा वातावरण विज्ञान विषयमा विद्यावारिधी गर्दैछन्।)

 

प्रतिक्रियाहरू (6)add comment
0
Sama: ...
Boston Marathon is held on Patriots Day which falls on 3rd Monday of April. Saint Patrick Day is celebrated on 17th March. There is a difference between two and I think Author needs to know the difference before writing in article.
1

April 20, 2013
भोट: +37
0
wattson: ...
ma ra meri garbhabati srimati, srimati garbhabati hunu ra khel hunuma kei sambanda nai chaina lekhak jeu, k lekhirako asto lekh pani
2

April 20, 2013
भोट: +13
0
bb: ...
I was also confused about st. Patrick day as it was in March here. Thought in Boston it could be in April!

Uttam is not aware about that America is not SURAKSHIT contry. If you compare with pakistan then it may be, otherwise the homicide and crime rate is high here (index is 4.8 which is high, among the developed natin and higher than Nepal). In fact, I hardly go out in the night.
3

April 21, 2013
भोट: +1
0
Ann Joshi : ...
Uttamji lai alikati mahasus bhayo hola ni .....Nepal ma chitwan Madi ko bam samjhanus...ti nirdoos Manchhe samjhanus kathmandu sundhara ma Sajha bus ko bisfot samjhanus...tapai basne desh ma Kasari aparadhi lai Maryo... Samatyo bichar garnus ......Nepalma bam padkaine lai hero nabanaus..
Ann
4

April 21, 2013
भोट: +3
0
Sam Sharma: ...
The time difference between exploding two bombs was 12 seconds; not 15 seconds. You should have done more research before writing.
5

April 21, 2013
भोट: +1
0
yambar karki: ...
April 22, 2013
भोट: -1

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy