पशुपतिमा विद्युतीय चिता

E-mail Print
पशुपतिस्थित आर्यघाटमा दुई महिनापछि विद्युतीय चिता प्रयोगमा आउने जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ। यो चिता प्रयोगमा ल्याइएपछि परम्परागततवरबाट शव जलाइने अवस्थाको विकल्प तयार हुनेछ। जसले समय र जनशक्ति बचत गर्नेछ भने वातावरणीय पक्षबाट पनि यो सकारात्मक देखिन्छ। सँगै पशुपति परिसरमात्र नभएर वरपरका बस्तीमा आउने गन्धसमेत नियन्त्रण हुने अपेक्षा सान्दर्भिक छ। यस अर्थमा कोषले सुरु गर्न लागेको यो विद्युतीय चिता सकारात्मकरूपमा ग्रहण गर्न योग्य छ।

शव जलाउनु हिन्दु धर्मावलम्बीहरुको संस्कार हो। यो त्यतिबेलासम्म ठीकै पनि थियो, जतिबेला वागमतीमा टन्न पानी बग्थ्यो। यो त्यतिबेलासम्म उपयुक्त थियो, जुनबेला 'हरियो वन, नेपालको धन' साँच्चै थियो। अनि यो त्यतिबेला खासै समस्या थिएन, जतिबेला काठमाडौं मानव सागरमा परिणत भएको थिएन। अहिले यी सबै पक्षमा व्यापक परिवर्तन आएको छ। न शव जलाउने पर्याप्त दाउरा पुर्यामइरहन सक्ने अवस्थामा मुलुक छ, न त त्यसरी जलाएर बाँकी रहेको दाउरा बगाउने तागत नै वागमतीसँग छ। यतिमात्र हैन, यतिखेर न शव जल्दा उत्पन्न गन्ध बढारेर पठाइदिन सक्ने हावाको प्रवाह नै पशुपति परिसरमा बाँकी छ, न त हरेक दिन बढ्दो शव यसरी नै जलाइरहन दिन सक्ने सामर्थ्य नै आर्यघाटसँग सुरक्षित छ। त्यसैले यी यावत् पक्ष विचारेर कोषले सुरु गर्न लागेको विद्युतीय चिता सान्दर्भिकमात्र हैन, अत्यावश्यकसमेत छ।
हो, सनातनदेखि चल्दै आएको संस्कार परिवर्तन भइहाल्न गाह्रो छ। अर्थात् हिन्दु धर्मावलम्बीहरुले आफन्तको शव यस्तो चितामा जलाउन तयार भइहाल्ने सम्भावना पनि कम छ। टेकूमा केही वर्षअघि नै तयार पारिए पनि यस्तैखाले चिता अहिले निष्प्रयोजन हुनुले पनि यो सम्भावना टड्कारो बनाएको छ। तर परम्परागत चिता र विद्युतीय चितामा शव जलाउँदा हुने फरकबारे हिन्दु धर्मावलम्बीलाई जानकार बनाउन सकियो भनेचाहिँ यस्तो चिता प्रभावकारी हुनेमा शंका छैन। जबर्जस्ती र बलपूर्वकभन्दा पनि सुझबुझपूर्ण तरिका अपनाउनु नै कुनै पनि समस्या समाधानको सबैभन्दा उत्तम उपाय हुन सक्छ। आधुनिक चिता प्रयोगमा पनि यही उपाय उत्तम हुनेमा दुई मत हुन सक्दैन।
धर्मसँग जोडिएको साइनो लरतरो हिसावले मेट्न सकिन्न। यसका लागि उनीहरुलाई 'कन्भिन्स' गराउनु नै सबैभन्दा ठूलो उपचार पद्धति हुन सक्छ। हुन त शव जलाउनुअघिका सम्पूर्ण कार्यका लागि शव दाहस्थलमै भवनसमेत तयार भइसकेको छ। यस्तो अवस्थामा सबै संस्कार गरिसकेपछि जहाँ जलाउँदा पनि फरक नपर्नेखालको बुझाई सरोकारवालामा बाँड्न सकियो भने त्यसले विद्युतीय चिता प्रयोगकर्ताको संख्या बढाउन मद्दत गर्नेछ। यसका लागि हिन्दु धर्मावलम्वीहरुका गुरु, पुरोहित तथा पण्डितहरुलाई प्रयोग गर्न सकियो भने त्यो झनै प्रभावकारी बन्न सक्छ, जसरी अहिले विभिन्न जिल्लामा 'मानिस बिरामी भयो भने स्वास्थ्य संस्थामा लैजानुपर्छ' भन्ने अभियानमा धामी-झाँक्रीलाई नै प्रयोग गर्दा त्यो प्रभावी देखिएको छ।
जे होस्, बढ्दो प्रदूषण, फैलँदो गन्ध, सुक्दो वागमती, सकिँदो वन जंगल, बढ्दो जनसंख्या र दिनानुदिन बढ्दै जान थालेको शव र प्रत्येक पल खुम्चिँदै गएको समयलाई दृष्टिगत गरी पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउन लागेको विद्युतीय चिता साँच्चै स्वागतयोग्य काम हो। अब यसलाई सकभर बढीभन्दा बढी प्रयोगमा ल्याउनेतर्फ कोषको ध्यान जानुपर्छ। यसो हुन सकेमात्र कोषको सोच र ठूलो लगानीको सार्थकता झल्कन सक्छ। अन्यथा यसले पनि टेकूकै दुर्गति नभोग्ला भन्न सकिन्न।

प्रतिक्रियाहरू (3)add comment
0
Bishnu Prasad Karmacharya: ...
It is good to cleanning our environment and also to solving our problems. it is to late to come in our nepal. i like it too much.
1

April 19, 2013
भोट: +3
0
Sanatan Pandit: ...
Umm.. I think its quite hard. Their will be no compromise while burying a dead body. Its the sentiment of most of HINDUS. Even in India this practice is flop.
Yeah ! Lawaris las lai bhane jalauna sakincha hai yesto chulho ma natra kasaile pani aafno aafanta lai ............... no no.........it takes another 1-2 century i think...

2

April 20, 2013
भोट: +0
0
Sanatan Pandit: ...
Kya majak gare ra pathayo bai yesle ta.........ma ta haseraiii marne bho bai........


ka kya beman.......... yesto pani garcha hamro Nepal ma ????
3

April 20, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
WebNagarikNews.com

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता