Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

निर्वाचनको माहोल बनाउन आग्रह : मन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख ११ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले केही राजनीतिक दलको विरोध र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सम्पन्न नभएका कारण असारमा निर्वाचनको मिति घोषणा गर्न सम्भव नभएको बताएका छन् ।
विस्तृतमा

प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्छ: नेपाल

सन्तोष सिंह, सर्लाही, बैशाख ११ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सामुन्ने रहेको दललाई हेर्न नसक्ने, सुन्न नसक्ने र बुझ्न नसक्ने एमाओवादी अन्धो, बहिरो र मानसिक रोगले ग्रस्त भएको आरोप लगाएका छन्। एमाओवादी अध्यक्ष दाहालले केही दिन अघि एमाले भन्ने पार्टी नै नरहेको बताएपछि आक्रोशित हुँदै नेपालले मानसिक रोगलेग्रस्त अध्यक्ष प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्ने टिप्पणी गरे।
विस्तृतमा

'आगामी निर्वाचनमा काँग्रेस पहिलो शक्ति'

अर्जुन ओली, नेपालगन्ज, वैशाख ११ - कांग्रेस सभापति सुशील कोइरालाले आगामी संविधान सभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन्। नेपालगन्जस्थित आफ्नै निवासमा बुधबार बिहान कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले यस्तो दावी गरेका हुन्।
विस्तृतमा

भारतको भ्रमणको उद्देश्य निर्वाचनमा सहयोग जुटाउनेः दाहाल

रुद्र खड्का, नेपालगन्ज, वैशाख ११ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई/तीन दिनपछि आफूले गर्ने भारत भ्रमणको उद्धेश्य संविधान सभाको निर्वाचनलाई सहयोग जुटाउनु रहेको जानकारी दिएका छन्। दोस्रो जनआन्दोलनको क्रममा शहीद भएकी सेतु बिकको बुधबार नेपालगन्जमा शालीक अनावरण कार्यक्रममा बोल्दै दाहालले उक्त जानकारी दिएका हुन्।

विस्तृतमा

कांग्रेसले जिते मात्र संविधान : देउवा

काठमाडौं, वैशाख ११ (नागरिक) - नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा कांग्रेसले जिते मात्र संविधान लेख्न सकिने बताएका छन्। 'कांग्रेस हार्दा संविधान नबने पनि तानाशाही संविधान बन्नबाट रोकेको छौं,' नेपाल विद्यार्थी संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले भने, 'अब कांग्रेसलाई जिताउनु होस्, लोकतान्त्रिक संविधान बनाउँछौं।' 
विस्तृतमा

चीन-भारत-नेपाल सहकार्य तत्काल असम्भव : भारतीय विदेशमन्त्री

मणि दाहाल, नयाँ दिल्ली, वैशाख ११ - भारतीय विदेशमन्त्री सलमान खुर्सिदले त्रिपक्षीय (नेपाल-भारत-चीन) सहकार्य तत्काल सम्भव नरहेको प्रस्ट पारेका छन्।
विस्तृतमा

कानुनी जटिलता अझै फुकेन : यादव

मिथिलेश यादव, लहान, वैशाख १०-  निर्वाचन आयुत्क अयोधिप्रसाद यादवले संविधान सभा चुनावका लागि कानुनी जटिलता अझै फुकि नसकेको बताएका छन। संविधानसभा निर्वान ऐन अझै जारी हुन नसकेको अवस्थाले कानुनी जटिलता कायम रहेको उनले बताए।

विस्तृतमा

अध्यक्ष खनाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौँ, वैशाख १० - नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले आज डल्लुस्थित खनाल निवासमा भेट गरेका छन् ।

विस्तृतमा

दलले भूमिका खेल्नुपर्छ : उप्रेती

काठमाडौं, वैशाख १० - प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभा निर्वाचनमा सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न दलले भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घले आज आयोजना गरेको अन्तर्क्रियामा उनले दलित, महिला तथा उत्पीडित, पिछडिएका वर्गको निश्चित सङ्ख्यालाई संविधानसभामा प्रतिनिधित्व गराउने सन्दर्भमा राजनीतिक दलले नीतिनियम बनाउने भएकाले उनीहरु नै त्यसतर्फ लाग्नुपर्ने बताए।
विस्तृतमा

निर्वाचन जनताको लोकतान्त्रिक अधिकार हो : सभापति कोइराला

नेपालगन्ज, वैशाख १० - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन प्रक्रियाको विरोध गरिरहेका राजनीतिक दललाई पनि सहमतिमा ल्याइने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज आयोजित पत्रकारसम्मेलनमा उनले भने,'निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले त्यसको बर्खिलापमा जाने छुट कसैलाई छैन।'
विस्तृतमा

नेकपा एमालेको अगुवाइमा मात्रै चुनाव हुन सक्छ : विष्ट

धुर्कोट् (गुल्मी), वैशाख १० - नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्ण विष्टले एमालेको नेतृत्वमा मात्रै देशमा चुनाव हुन सक्ने बताएका छन् ।शान्ति र लोकतन्त्रमा विश्वास गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै उनले नेकपा एमालेको अगुवाइमा मात्र देशमा शान्ति, संविधान र निर्वाचन हुने बताए।
विस्तृतमा

चुनावका लागि फेरि जागे दलहरु

देवेन्द्र बस्नेत, दाङ, वैशाख १०- असारमा संविधानसभाको दोस्रो निर्वाचन नहुने पक्कापक्की जस्तै भएपछि सुस्ताएका दलहरु फेरि चुनावी गतिविधीमा लागेका छन्। असारमै निर्वाचन हुन्छ भनेर यसअघि जनताको घरदैलोमा पुगेका दलहरु अहिले कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता निर्वाचन हुने भन्दै आश्वस्त पार्न गाउँ पसेका छन्।

विस्तृतमा

दाहालको आग्रह - 'माओवादी या कांग्रेस एक रोजौं'

रुद्र खड्का/निर्मल घिमिरे, बर्दिया, वैशाख १० - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिमा एकीकृत माओवादी र कांग्रेस दुई शक्तिमात्र बाँकी रहेको दाबी गर्दै आगामी चुनावमा दुईमध्ये एक शक्ति रोज्न मतदातासँग आग्रह गरेका छन्। नेपाली राजनीतिबाट एमाले समाप्त भइसकेको उनको भनाइ छ।
विस्तृतमा

कम्युनिस्टहरू 'नरकको बाटोमा'

बसन्त बस्नेत, काठमाडौं, वैशाख १० - वामनेता तथा बुद्धिजीवीले नेपालका कम्युनिस्टहरू 'स्वर्गको गन्तव्य तय गरेर नरकको बाटो हिँडिरहेको' आरोप लगाएका छन्।
विस्तृतमा

'कात्तिक-मंसिरमै चुनाव'

अर्जुन ओली, नेपालगन्ज, वैशाख १० - कांग्रेस सभापति सुशील कोइरालाले कात्तिक-मंसिरभित्रै संविधानसभा चुनाव गराउने ठोकुवा गरेका छन्। ‘राजनीतिक निकास र विकासको लागि चुनाव नै उत्तम विकल्प हो,' पार्टीको क्षेत्र नम्बर १ समितिले राप्तिपारी बिनौनामा सोमबार गरेको प्रशिक्षण उद्घाटनमा कोइरालाले भने, 'कात्तिक-मंसिरमा चुनाव गराएरै छाड्छौं।'
विस्तृतमा

'वैद्यले भाग नलिए पनि चुनाव रोकिँदैन'

काठमाडौं, वैशाख १०- प्रमुख दलका प्रभावशाली नेताहरुले निर्वाचनको विरोधमा रहेका नेकपा-माओवादी सहितका दलहरुले भाग नलिए पनि संविधान सभाको निर्वाचन नरोकिने स्पष्ट पारेका छन्।

विस्तृतमा

निर्वाचन प्रभावित हुने खालका गतिविधि नगर्न गच्छदारको आग्रह

काठमाडौं, वैशाख १०- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनलाई प्रभावित हुनेखालका गतिविधि नगर्न सरकारलाई आग्रह गरेका छन्। सानेपास्थित पार्टी कार्यालयमा आज मधेसी पत्रकार सङ्घको ज्ञापनपत्र बुझ्दै उनले वर्तमान सरकार निर्वाचन गराउनका लागिमात्र गठन भएको हुनाले निर्वाचनलाई प्रभावित हुने कुनै पनि सरुवा बढुवा तथा नियुक्ति नगर्न आग्रह गरे।
विस्तृतमा

सिद्धान्तहीनताले मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै

काठमाडौं, वैशाख १०- कम्युनिष्ट पार्टीमा सिद्धान्तहीनता र एकअर्काबीच जुध्ने र फुट्ने प्रवृत्तिका कारण मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
विस्तृतमा

दाहालको आमसभा बिथोल्न आएका चार जना हतियारसहित पक्राउ

निर्मल घिमिरे, बर्दिया, वैशाख १०- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहलले गुलरियामा सम्बोधन गर्ने आम सभा बिथोल्नका लागि तयारी अवस्थामा राखिएको हतियार, खरखजना, प्रहरीले बरामद गरेको छ। हतियारसँगै चार जना पक्राउ परेका छन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 37
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता