चीन-भारत-नेपाल सहकार्य तत्काल असम्भव : भारतीय विदेशमन्त्री

E-mail Print
मणि दाहाल, नयाँ दिल्ली, वैशाख ११ - भारतीय विदेशमन्त्री सलमान खुर्सिदले त्रिपक्षीय (नेपाल-भारत-चीन) सहकार्य तत्काल सम्भव नरहेको प्रस्ट पारेका छन्। भारत-चीन सम्बन्धमा सुधार आए पनि उनले त्रिदेशीय सहकार्यका लागि वार्ता हुनु चाँडो हुने दाबी गरे।
'हामी कुनै पनि त्रिपक्षीय विषयमा काम गर्ने अवस्थामा पुगिसकेका छैनौं,' भारत भ्रमणमा रहेका नेपाली पत्रकार टोलीसँग नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा मंगलबार खुर्सिदले भने, 'केही क्षेत्रमा चीनसँग सहकार्य द्विपक्षीय र बहुपक्षीय रूपमा काम गरेका छौं, तर त्रिपक्षीय विषयमा सोच्नु वा काम गर्नु चाँडो हुनसक्छ।'
भारत भ्रमणको तयारीमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न परियोजनामा त्रिपक्षीय सहकार्यबारे छलफल गर्ने बताउँदै आएका छन्। भर्खरै चीनबाट फर्किएका दाहाल अर्काे साता दिल्ली आउँदैछन्।
राष्ट्रसंघ, विश्व व्यापार संगठन, जलवायु परिवर्तनलगायत मुद्दामा चीनसँग सहकार्य हुँदै आएको र पछिल्लो समय राजनीतिक र व्यापारिक सम्बन्ध सुधार भएको विदेशमन्त्री खुर्सिदले उल्लेख गरे। इतिहासमा चीनसँग केही विषयमा गम्भीर समस्या रहे पनि सम्बन्ध सुमधुर बनाउन पुराना समस्यालाई भारतले नउचालेको उनको टिप्पणी छ।
चीनसँग राजनीतिक सम्बन्ध विस्तारमा आठ वर्षयता धेरै काम भएको र यसलाई निरन्तरता दिन चाँडै बेइजिङ जाने तयारीमा रहेको उनले सुनाए। 'हामी अहिले पनि चीनलाई बुझ्ने प्रक्रियामा छौं,' दुई देशबीच कार्यगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै उनले भने, 'चीन पनि भारत बुझ्ने प्रक्रियामा देखिन्छ।'
विदेशमन्त्री खुर्सिदले नेपालसँगको सम्बन्धमा नयाँ सोच र संयम आवश्यक रहेको बताए। नेपाल संवेदशील अवस्थामा रहेकाले यतिबेला यथास्थितिले काम नचल्ने उनको विश्लेषण छ।
'इतिहासमा समय-समयमा संवेेदनशीलता बढ्छ,' उनले भने, 'नेपाल अहिले संवेदशील अवस्थामा छ। छिमेकीको चुनौती सामना गर्न नयाँ सोच प्रवाहमा ध्यान दिनुपर्छ।' संवेदनशील अवस्थामा 'बिजनेस एज युजवल' चल्न नसक्ने बताए पनि उनले भारतको नेपाल नीतिमा तत्कालै परिवर्तन भने नहुने खुलासा गरे।
नेपालमा संवैधानिक व्यवस्था सशक्त हुनुपर्नेमा जोड दिँदै विदेशमन्त्री खुर्सिदले संविधानसभा चुनावमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा सुझाए। नेपालका कुनै दलविशेषका नेतालाई भारतले महत्व नदिएको उल्लेख गर्दै खुर्सिदले भने, 'कुन नेतालाई कति महŒव दिने भन्ने विषय नेपाली जनताको हो, भारतले सबैलाई बराबरी रुपमा लिएको छ।'
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता