Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

कांग्रेसले जिते मात्र संविधान : देउवा

E-mail Print
काठमाडौं, वैशाख ११ (नागरिक) - नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा कांग्रेसले जिते मात्र संविधान लेख्न सकिने बताएका छन्। 'कांग्रेस हार्दा संविधान नबने पनि तानाशाही संविधान बन्नबाट रोकेको छौं,' नेपाल विद्यार्थी संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले भने, 'अब कांग्रेसलाई जिताउनु होस्, लोकतान्त्रिक संविधान बनाउँछौं।'  अघिल्लो चुनावमा डर, त्रास र धम्कीको सहारामा माओवादी ठूलो दल बनेको आरोप लगाउँदै देउवाले अहिले त्यस्तो अवस्था नरहेको बताए। कांग्रेस मात्रै प्रजातान्त्रिक दल र व्यक्तिगत स्वतन्त्रता ग्यारेन्टी गर्ने पार्टी भएको उनको दाबी थियो।
संविधानसभामा कांग्रेस विजयी हुन स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले जित्नु आवश्यक रहेको देउवाले बताए। नेविसंघमा विवाद बढ्नु र संगठन प्रभावकारी बन्न नसक्नुमा पार्टी नेतृत्वको मात्रै दोष नरहेको उल्लेख गर्दै उनले भने, 'हामीलाई मात्र दोष दिएर हु"दैन। युवा नेता र विद्यार्थीलाई अवसर र चुनौती दुवै छ, त्यो तपाईंहरूले पनि बोध गर्नुपर्छ।' आधुनिक प्रविधिको जमानामा नेता बन्न सजिलो भएको देउवाको विश्लेषण थियो।
कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले पनि विवाद अन्त्य गर्न नेविसंघ आफैं तत्पर हुनुपर्ने बताए। भदौभित्र महाधिवेशन सकेर मंसिरमा हुने संविधानसभा निर्वाचनको पक्षमा माहोल बनाउन पनि उनले आग्रह गरे। लोकतन्त्र नै कांग्रेसको एजेन्डा भएको भन्दै उनले उग्रदक्षिणपन्थ र उग्रवामपन्थलाई रोक्न पनि कांग्रेसले चुनावमा जित्नुपर्ने बताए।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरू विपिन कोइराला, गुरुराज घिमिरेलगायतले आन्तरिक विवाद तत्काल अन्य गरी महाधिवेशनमा जानु पर्ने धारणा राखे। गुटबन्दीले नेविसंघको प्रभाव कमजोर हुँदै गएको उनीहरूले बताए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता