Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

'आगामी निर्वाचनमा काँग्रेस पहिलो शक्ति'

E-mail Print
अर्जुन ओली, नेपालगन्ज, वैशाख ११ - कांग्रेस सभापति सुशील कोइरालाले आगामी संविधान सभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन्। नेपालगन्जस्थित आफ्नै निवासमा बुधबार बिहान कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले यस्तो दावी गरेका हुन्। लोकतन्त्र खतरामा परेको जिकिर गर्दै उनले लोकतन्त्रिक पार्टी कांग्रेसलाई नै ठूलो शक्ति बनाउने विश्वास गरे।
कांग्रेस मुलुकको ठूलो शक्ति नहुँदासम्म नयाँ संविधान नबन्ने उनको भनाई छ। धेरैको भरोसा अहिले आफ्नो पार्टीप्रति रहेको कोइरालाले बताए।
कार्यकर्ताहरुलाई उनले जनताको घर-घरमा पुगेर चुनावको माहोल बनाउन निर्देशन दिए। 'यो पटकको चुनाव कांग्रेसले अवसरको रुपमा लिनुपर्छ,' उनले भने 'यो मौका सँधैभरि आउँदैन, त्यसकारण यो अवसर नगुमाउनुस्।' जिल्ला, क्षेत्र, गाउँ र वडा कमिटीलाई सक्रिय बनाउन सुझाव दिए।
संविधान सभा निर्वाचनको आवश्यकता र महत्वप्रति सबैलाई जागरुक पार्नुपर्ने उनको भनाई छ। 'तपाईँहरु शहरमा बस्नु भएन, जनताको घर-घरमा पुगेर चुनावी माहोल बनाउनुस्,' कार्यकर्तालाई कोइरालाले भने।
आगामी कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म चुनाव भएरै छाड्ने दोहोर्यातउँदै कोइरालाले असुन्तुष्टि जनाएका दलहरुलाई सहमतिमा ल्याउने बताए। संविधान निर्माण नहुँदासम्म जनताका अधिकार स्थापित नै नहुन नसक्ने भएकाले चुनाव प्रति जनतामा ठुलो उत्सुकता जागेको सभापति कोइरालाको भनाई छ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता