Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

निर्वाचनको माहोल बनाउन आग्रह : मन्त्री श्रेष्ठ

E-mail Print
काठमाडौँ, वैशाख ११ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले केही राजनीतिक दलको विरोध र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सम्पन्न नभएका कारण असारमा निर्वाचनको मिति घोषणा गर्न सम्भव नभएको बताएका छन् ।
 

सहिद स्मारक प्रकृति प्रतिष्ठानद्वारा लोकतन्त्र दिवसका अवसरमा पहिलोपटक थानकोटको त्रिभुवन पार्कमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नागरिकताका साथ फोटोसहितको मतदाता परिचयपत्र वितरण कार्य सम्पन्न भएपछि निर्वाचनको लागि आवश्यक पहिलो वातावरण पूरा हुने छ बताए ।

निर्वाचनको माहोल राजनीतिक दलद्वारा नै तयार हुने हुँदा निर्वाचनको विरोध नगरी यसको तयारीमा लाग्न उनले दलहरुलाई आग्रहसमेत गरे ।

विसं २०११ सालमा नेपाल भाषाका महाकवि चित्तधर हृदयको अध्यक्षमा त्रिभुवन स्मारक समितिको नामबाट गठित सो समिति विसं २०६५ मा प्रतिष्ठानमा परिणत भएको थियो। प्रतिष्ठानमा परिणत भएपछि राज्यका तर्फबाट दिइँदै आएको अनुदान रोकिएपछि प्रतिष्ठानको अवस्था जीर्ण हुँदै आएको छ।

हाल प्रतिष्ठानअन्तर्गत प्रशासनिक तथा अन्य तहमा गरी ३५ जना कर्मचारी कार्यरत रहेका छन्। त्रिभुवन पार्कमा प्रवेश गर्नेहरुले तिर्ने शुल्कबाट ती कर्मचारीहरुको खर्च जेनतेन धानिरहेको छ।

करिब १५० रोपनी क्षेत्रमा फैलिएको सो पार्कभित्र देशका सबै सहिदहरुको शालिकसहितको स्तम्भ तयार गर्ने महत्वकाङ्क्षी योजना त्यत्तिकै थन्किन पुगेको छ।

कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष डा चुन्दा वज्राचार्य र उपाध्यक्ष घनश्याम गिरीले प्रतिष्ठानलाई सरकारका तर्फबाट दिइँदै आएको आर्थिक सहायता पुनः प्रदान गर्न आग्रह गर्दै पार्कभित्र अत्याधुनिक बैठक कक्ष निर्माण गर्न लागिएको जानकारी दिए ।

प्रतिष्ठानका कानुनी सल्लाहकारद्वय मुक्तिनारायण प्रधान र वोर्णबहादुर कार्कीले प्रतिष्ठानलाई बलियो बनाउन सकिएमा मात्र प्राकृतिक स्रोत संरक्षण हुने धारणा राखे ।

सरकारको तर्फबाट दिने अनुदान बन्द भएपछि पार्कको मर्मत पनि हुन सकिरहेको छैन। नव वर्षको उपलक्ष्यमा वैशाख १ गते सो पार्कमा करिब १८ हजार जनाले प्रवेश गरेका थिए। रासस

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता