Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बाघ जिस्क्याइरहेको बुद्धिजीवी

बाघ जिस्क्याइरहेको बुद्धिजीवी जुगल भूर्तेल- हरेक बुद्धिजीवीमा केही न केही मात्रामा वाम रुझान (लेफ्ट लिनिङ) हुन्छ भन्ने मान्यता छ। सत्ताको चरित्र अधिकतर स्वतन्त्रता विरोधी हुने हुँदा उन्मुक्त वातावरणमा मात्र सृजना गर्न सक्ने बुद्धिजीवी प्रायः सत्ता­आलोचक र स्वाधीन हुन्छ र समाजमा व्याप्त अन्याय, विभेद, शोषण आदिले उद्वेलित भइरहन्छ। ऊ वस्तुतः लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माणका लागि मौलिक विचारको सृजना गर्ने गहन नागरिक दायित्वलाई बहन गर्ने आदरणीय व्यक्ति हो। मानवीय सहिष्णुता, वैचारिक उदारताजस्ता चारित्रिक विशेषताले उसले 'आफ्नो युगको नागरिक विवेक' लाई प्रतिनिधित्व गर्छ। यो त भयो, वास्तविक वाम बुद्धिजीवीको कुरा।
विस्तृतमा
 

ए मन!

शुषमा मानन्धर- म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, उति गहिराइभित्र गड्दै जान्छ। मन कुनै खुला मैदान होइन, हेर्ने बित्तिकै देखिने। मन खुल्ला किताब होइन, सर्सर्ती पढ्दैमा बुझिने।

विस्तृतमा

रिटिङ रिटिङ (न) बजाऊ बिनायो

प्रवीण बानियाँ-

'रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो।'

२०१७ सालमा रेकर्ड भएको यो गीत धेरैको जिब्रोमा अझै पनि झुन्डिएकै छ। त्यतिबेला लोकगायक एलपी जोशी र यो गीत पयार्य जत्तिकै बन्यो। उनी जहाँजहाँ पुग्छन्, यो गीत नगाई धरै पाउँदैनन्। उनले गाएका पूर्वेली लोकभाका पनि उत्तिकै लोकप्रिय छन्। 'ओल्लो खोला, पल्लो खोला', 'कमिलोको गोलो भनेर हो रानाज्यू', 'निगालो घारीमा च्याखुरा नाच्यो', 'कान्छी मट्याङमट्याङ्', 'खिपीमा खिपी बिनायो बाजा' जस्ता लोकभाका उनैले गाएका हुन्। उनी यी गीतलाई जीवनकै पर्याय मान्छन्।

विस्तृतमा

म 'ट्यापे'

विश्वास रेग्मी-
किरण प्रसाद, मेरो नागरिकताको नाम। लेखनदासलाई चिरनभन्दा किरण सुनेछ, अनि च को ठाउँमा ढुक्कसँग राखिदिएछ 'क'। नागरिकता हात परेपछि थाहा भो। एकछिन त दुनियाँ नै शून्य लाग्या'थ्यो। पछि चित्त बुझाएँ, ह्या कागजमा त लेख्या हो नि, थोडी म किरण हो र? गाउँमा त म अझै चिरन नै छु। यहाँ शहरमा भने साथीहरू माया गरेर चिरु भन्छन्। खुसी छु यही नाममा। तर सोमबारदेखि एउटा सामूहिक नाम पाएको छु, ट्यापे। म आफै बुझ्दिन यो नाम। पछि थानामा लगेपछि थाहा भो- लामो कपाल पालेर चोकमा बसेकोले म ट्यापे भएको रे!
विस्तृतमा

भर्चुअल भित्तो

रमेश भट्टराई-
प्रचण्डका स्वकीय सचिव सामाजिक सञ्जाल प्रयोग गर्दैनन्। कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष खनालका स्वकीय सचिव सञ्जालमा सहभागी छैनन्।
विस्तृतमा

ठेला तानिरहेको कोलकाता

बसन्त बस्नेत- हावडा रेल स्टेसनमा मिथिला एक्सप्रेस रोकियो। बि-१ लेखिएको डिब्बाबाट बाहिरिनेबित्तिकै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दायाँ हात हल्लाएर हामीलाई स्वागत गरिन्। लगत्तै नियोन लाइट जडेको होर्डिङ बोर्डभित्र सुत्त पसिहालिन्।

विस्तृतमा

प्रिय डायरी

प्रमिला थपलिया- बेवारिसझैं फालिएको कालो झोलामा देखें। उदांगो झ्यालबाट तिमीलाई। देख्दा पुरानो लाग्ने। मोटो-मोटो झोलालाई नै गह्रुँगो बनाउने सायद तिमी नै थियौ। एक्कासी हुत्तिएँ म। हातहरू तिमीसम्म पुग्न हतारिए।
छुन के खोजेथें। ढक्ढक्! ढक्ढक्!
मलाई बिथोल्यो यो आवाजले। ढोका खुल्लै छ।
चिया!
धन्यवाद!
विस्तृतमा
Page 5 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार