एक पात्रको रचनागर्भ

ब्रजेश- 'चिनेनौ मलाई?'
उसले कानदेखि कानसम्म हाँस्दै भन्यो।
अचम्म मान्दै उसलाई भनें- 'तिम्रो कथा त मैले सिध्याइसकेको छु। तिमी कहाँबाट, किन र कसरी यहाँ आयौ?'
'होइन, मेरो कथा अधुरो छ। कहाँ सकिएको छ र?' उसले मलाई चुनौती दियो।

विस्तृतमा
 

तेजोबध प्राज्ञहरू

डा. शिव रिजाल - एउटा प्राज्ञले बोकेर हिँड्ने तेज के हो? त्यो तेज कसरी प्राप्त हुन्छ एक प्राज्ञलाई। अनि आर्जन गरिएको तेज कसले वध गर्न सक्छ? यस विषयमा केही भन्नु अगाडि नेपालको राजनीतिक इतिहासको प्रसंग जोड्न चाहन्छु।
विस्तृतमा

गुमनाम गुरु

सिपी अर्याल/विजयराज पौडेल - बाबुको सम्झनाले छाड्दैन उनलाई। घरिघरि बल्भि्कइरहन्छ।
'फर्केर आउने सम्भावना अब होला?' मानिसका यी प्रश्न सोझै उनको आँखामा गएर ठोक्किन्छ। ओसिला आँखा ओभाउन समय लाग्छ।
'बुवा फर्केर आउनुहोला जस्तो लागिरहन्छ...।' मानवशास्त्री डोरबहादुर विष्टका छोरा केशरबहादुरले यसो भन्दा माघको आकाश धुम्मिएको थियो। पानी पर्लापर्ला जस्तो। अनि केशरका आँखा पनि उसैगरी धुम्मिएका थिए। आकाशजस्तै आँखाका पानी तप्प चुहिइहालेका थिएनन्।
विस्तृतमा

यो लडाइँ कहिले सकिएला?

सरिता अर्याल - त्यो बेला माओवादी आन्दोलन चुलिएको थियो। सामन्तवादीको नाममा गाउँलेलाई गाउँ निकाला गरिँदै थियो। केही शहरतिर पलायन हुँदै थिए। सबैको कारण थियो माओवादी। त्यो बेला मैले द्वन्द्वमै रिपोर्टिङ गर्दै धेरै जिल्ला घुमेको थिएँ।
विस्तृतमा

गर्भिणी श्रीमती

दुर्गा विनय- दिइएको मिति अगाडि नै व्यथाले च्याप्यो। म जीवनमा पहिलोपटक बुबा हुन लागिरहेको थिएँ। एक किसिमले 'नर्भस' थिएँ। नर्भसभन्दा डर व्याप्त थियो।

रुन्चे अनुहारमा थुप्रै पटक उनले 'मलाई केही हुँदैन, किन आत्तिनुहुन्छ' भन्थिन्। उनको भन्दा धेरै मेरो अनुहार रुन्चे हुँदोरहेछ।

'तिमीलाई केही हुन दिउँला त?' भन्दैगर्दा भित्र कतै डराइरहेको हुन्थें। 'भरे केही भइहाल्यो भने के गर्ने होला?' आफैंलाई प्रश्न सोधेर आत्तिंदो रहेछु।

विस्तृतमा

मोहिनीसँग स्वप्नलोकमा

डा. दीनबन्धु शर्मा- म केही गर्दिन" अब, झोंक मात्र चल्छ। यसो भन्दै फेरि केही गरिरहुँ? विरोधाभास हुन्छ भने भइरहोस्। मलाई कसैसामु सफाई दिनु पनि छैन। कसैले बाटो छेक्ला- सोध्ला- यसो किन भनिस् भनेर कसैले घुच्याउला पनि। घुच्याओस्!
विस्तृतमा

मैले छोएको माया चलेन

कमल नेपाली- ०५८ साल वैशाख। चितवने साथीको बिहे। दुलाहाको तर्फबाट हामी निम्तालु। काठमाडौंबाट चार जना गएका थियौं। साँझमा पुगियो चितवन। राजधानीबाट गएका दुलाहाका साथीहरूलाई मेजमानी त हुने नै भयो। वरपरका कन्या (कन्या त कोक्रोमा मात्र पाइन्छ भन्छन् तैपनि भनिहालें)- हरू हामीलाई हेरेर मस्किन थाले। प्वाट्ट फुट्लाजस्तो वैंश भरिएका ठिटीहरूलाई देखेर एक साथीले भनिहाल्यो- 'एक जना घट्लाजस्तो छ है यताको!' उनीहरूले एकापसमा हेराहेर गरे। सायद उनीहरूको मन भन्दो हो- 'तँ हैन म घट्ने!'
विस्तृतमा
Page 6 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार