Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

रिभ्यु छापिएको सपना

उमा सुवेदी -
सानी छँदा मेरो किताब छापिएको सपना देख्थेँ। अलि बुझ्ने भएपछि मेरो किताबबारे सबै पत्रपत्रिकाले समीक्षा छापेको सपना देख्न थालेँ। त्यसबेला कसैले भनेको थियो- 'त्यस्तो समीक्षालाई बुक रिभ्यु भनिन्छ।'
विस्तृतमा
 

इन्ड अफ बाहुनिज्म

देश सुब्बा-

नित्सेको 'ईश्वरको मृत्यु', रोलाँ बार्थको 'लेखकको मृत्यु', फुकुयामाको 'इतिहासको अन्त्य', ल्योतारको 'महाख्यानको अन्त्य', 'केन्द्रको अन्त्य'। यसैलाई जोडेर मैले भर्खरै एउटा रेडियो अन्तरवार्तामा 'बाहुनवादको अन्त्य' भनेँ। कसैले आज नभए भोलि भन्ला।

विस्तृतमा

मसीको शहरमा

बसन्त बस्नेत- नयाँ दिल्लीबाट पाँच घण्टा बस यात्रापछि पुगिने जयपुर गुलाबी शहर (पिंक सिटी) नामले चर्चित छ। राजस्थान प्रान्तको राजधानी जयपुरका दरबार, किल्ला र घरहरू प्रचलित गुलाबी रंगले पोतिएका छन्। डिग्गी प्यालेस तीमध्ये एक हो जहाँ सात वर्षयता वर्षेनी साहित्यको कुम्भ आयोजना हुन्छ। यही पिंक सिटी वर्षारम्भ अर्थात् जनवरी छेक मसीको शहर (इंक सिटी) मा अनुदित हुन्छ।
विस्तृतमा

मसीको महाकुम्भ

उज्ज्वल प्रसाई-स्थगित भयो भने सपना के हुन्छ?

के त्यो घाममा सुकाएको किसमिस जस्तो चाउरिन्छ?
कि घाऊझैं पाक्छ र पीप बग्छ?
वा कुहिएको मासुजस्तो गन्हाउँछ त्यो?
चिनीको पागझैं जम्छ कि सपना?

सायद त्यो गह्रुँगो भारीजस्तो
बिस्तारै घसि्रने हुन्छ।

कि विस्फोट हुन्छ सपना?
-ल्याङस्टन ह्युज

विस्तृतमा

सैनिक प्रोफेसर

एलबी क्षेत्री- सन् १९६५ मा भारतको इलाहावाद बोर्डबाट तृतीय श्रेणीमा एसएलसी पास गरी जीव विज्ञान पढ्न आइएस्सी भर्ना भए पनि बीचैमा छोड्नु पर्‍यो। त्यसपछि म चितवन आइपुगेँ। माताजी र दुई भाइ २०२२ सालमै चितवन आइसकेका थिए।

विस्तृतमा

फुटपाथमा साहित्यको व्यापार

रोहित खतिवडा-
फुटपाथका पुस्तक बिक्रेता व्यापारी मात्र होइनन्, साहित्यको सेवक पनि हुन्। पुस्तकमा रुचि नभएकाहरूको आँखा पनि एकपटक सडक किनारमा राखिएका पुस्तकमा ठोक्किन्छ नै। कहिलेकाहीँ त राम्रो कभर भएको पुस्तक पल्टाएर हेरी टोपल्छन्। आकर्षक तस्बिर भए दुईचार पाना पल्टाउँछन् पनि। मन छुने विषय भेटे किनिहाल्छन्। फुटपाथका बेनामे पुस्तक बिक्रेताले यसरी नै नयाँ पाठकको संख्या बढाएका छन्।
विस्तृतमा

मध्यरातमा देश खोज्दा

रमेश सायन-

मध्यरातमा मस्त सुतेको सहर सुम्सुम्याइ हिँड्नुको मज्जा बेग्लै छ। हामी हिँड्दै गरेको यो सडक किनारबाट धेैरै घर फर्किसकेका छन्। रत्नपार्क दिनभरको थकाई मारेर मस्त निद्रामा छ।

विस्तृतमा
Page 7 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार