बेस्टसेलर : भ्रम र तथ्य

भाषा शर्मा र फणीन्द्र संगम -बेस्टसेलर बुक्स। छोटो समयमै सर्वाधिक बिक्री हुन सफल। बेस्टसेलर। प्रकाशन भएको दुई हप्तामा हजारौं प्रति बिक्री। पुस्तक बिक्रीसँगै हौसिएका नेपाली प्रकाशकले हिजोआज आफ्ना कृतिको जिल्दामा यस्ता प्रचार टाँस्न थालेका छन्। कतिपय पाठक उनीहरूको प्रचारमाथि विश्वास गर्छन्। ती कृति कति संख्यामा बिकेका हुन्छन्, कसैले खोज्दैन। यकिन तथ्यांक कसैसँग पनि छैन।
विस्तृतमा
 

जय संजम बाबा !

विनोद पाण्डे - विनोद भण्डारीको जुझारु प्रदर्शन एसिसी ट्वान्टी-२० कपमा नेपालले उपविजेता हुनुका अलावा पाएको अर्को उपलब्धि थियो। मलेसियासँगको अफ्ठ्यारो स्थितिमा उनले अर्धसतक बनाए। त्यसले नेपाललाई सेमिफाइनलको बाटो देखाउँदै विश्व ट्वान्टी-२० छनोट चरणसम्म पुर्यालयो। ट्वान्टी-२० विश्वकप खेल्ने सपनालाई पनि ब्युँतायो।
विस्तृतमा

हरिवंश आचार्य : हाँसोभन्दा पर...

सिपी अर्याल -पत्नी मीरा भर्खर स्वर्गे भएकी थिइन्। बाथरुम गएर रुन मन लाग्यो उनलाई। गए। सावर खोले। सुलुलु पानीका थोपा बग्न थाले सावरबाट। फुंग उडेको उनको अनुहारमा चिसो पानी पोखियो। चेहरामा परेको पानी टुक्रा-टुक्रा भयो, पत्नीको देहान्तले टुक्रिएको मन जस्तै।
विस्तृतमा

ललितपुरमै पाथिभरा

ललितपुरमै पाथिभरा

राजु नेपाल— के तपाई कामको तनावबाट मुक्त हुन शान्त र रमणीय ठाउँको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने ललितपुरको नल्लु गाविसमा अवस्थित पाथिभरादेवी मन्दिर तपाईंको रोजाइमा पर्न सक्छ है!  काठमाडौंको कोलाहलबाट राहत पाउन उपत्यका बाहिरकै गन्तब्य धाउनुपर्छ भन्ने छैन। घुमफिरको आनन्द लिन आकर्षक गन्तब्य बन्न सक्छ नल्लु। पाथिभरा क्षेत्रको रमणीय वातावरणले मन लोभिन्छ। तनमा फुर्ति बढ्छ।

विस्तृतमा

क्रिकेट मैदानमा एक कुकुर

क्रिकेट मैदानमा एक कुकुर

बसन्त बस्नेत– म अरुजस्तो सामान्य कुकुर होइन। असामान्य भएकैले निरन्तर दुःख पाइरहेको छु। सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छिरेयता म चर्चामा छु। मैले फस्ट डिभिजनमा एमए पास गरेको छु। ट्रान्सक्रिप्ट हेर्नलायक छ। तर कुकुर भएकै निहुँमा मलाई युनिभर्सिटीले दीक्षान्त समारोहमा टोपी लगाउन दिएन।

विस्तृतमा

'बक्स अफिस' को प्रतीक्षा

सन्तोष रिमाल- फिल्म वितरणको ठूलो नेटवर्क मानिने डिजिटल सिनेमा नेपाल (डिसिएन) प्रमुख अशोक शर्मा एकसाथ देशका ८९ हलमा फिल्म रिलिज गर्न सक्ने दाबी गर्छन्। कुन हलमा कति सो फिल्म चल्यो भनेर पत्ता लगाउनु उनका लागि ठूलो कुरा होइन। तर, कुन हलमा कति पैसा उठ्यो भन्ने जान्न 'विश्वास' बाहेक उनीसँग अरू आधार छैन।
विस्तृतमा

धेरै फिल्म, धेरै घाटा

विष्णु शर्मा- २०६९ साल एकाध धमिला उपलब्धिबाहेक नेपाली फिल्मका लागि 'कालो वर्ष' बन्यो। रिलिज भएका एक सय २० फिल्ममाथि झन्डै ४८ करोड रुपैयाँ दाउ थापियो। 'सायद', 'बिन्दास' र 'अल्झेछ क्यारे पछ्यौरी'ले लगानी उठाएको दाबी निर्माताले गरेका छन्।
विस्तृतमा
Page 2 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार