Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

हरिवंश आचार्य : हाँसोभन्दा पर...

E-mail Print
सिपी अर्याल -पत्नी मीरा भर्खर स्वर्गे भएकी थिइन्। बाथरुम गएर रुन मन लाग्यो उनलाई। गए। सावर खोले। सुलुलु पानीका थोपा बग्न थाले सावरबाट। फुंग उडेको उनको अनुहारमा चिसो पानी पोखियो। चेहरामा परेको पानी टुक्रा-टुक्रा भयो, पत्नीको देहान्तले टुक्रिएको मन जस्तै।

बाथरुमको एउटा कुनामा साबुन देखे, सेतो रङको। निष्प्राण केही रौं साबुनमा टाँसिएका थिए। त्यो रौं मीराको थियो! अब उनी कति रुनु? टाउकोबाट निधार र निधारबाट आँखाको डिलमुनि आइपुगेको पानी आँसु भएर बग्न थाल्यो। सावरबाट पानी झरिरहेकै थियो र हरिवंश आचार्यको आँखाबाट आँसु। यो घटना उनलाई बुढानीलकण्ठबाट भक्तपुर सार्ने एउटा कारण बन्यो। तर पत्नीको सम्झनाचाहिँ मनबाट सरेन, टाँसिएरै बस्यो।
नेपालीलाई लगातार साढे तीन दसकयता हँसाइरहेका छन् यिनले। यिनको चरित्रको पानीफोटो पनि अनगिन्ती दर्शकको मनमा नमेटिने गरी टाँसिएको छ। सोह्रखुट्टेस्थित 'मह संचार' को कार्यालयका ठूला-ठूला भित्ताभरि हाँसिरहेका छन्, उनलाई मिलेका सम्मान तथा प्रशंसाका रंगीबिरंगी सिल्हौटहरू। बजारमा आउनै लागेको आफ्नो पुस्तक 'चिना हराएको मान्छे' को अन्तिम रङरोगनमा उनी लागिरहेका थिए, भेटिँदा। छेउमा रमिला थिइन्। हँसिली। आफ्नै अनुहारझैं गुलाबी रङको कुर्ता लगाएकी। कुराकानीको क्रममा हरिवंशले बारम्बार पर कतै हेरेको जस्तो देखिन्थ्यो। लाग्थ्यो प्रत्येक प्रश्नका जवाफ दिनुअघि उनले आकाशतर्फ हेरेर कसैको सल्लाह मागिरहेका थिए। सायद मीरासँग!
मीरा देउता भइन्, रमिला मान्छे हुन्
मीराले भन्ने गर्थिन्, 'पति मेरो मात्रै, मान्छे सबैको बन्नुस् है!' पर्दामा बहुरूपी र जीवनमा एकरूपी हरिवंश, पत्नी मीराको देहान्तमा शोकले यति व्याकुल भए कि उनी झन्डै शून्यरूपी भएका! उनले दोस्रो बिहे गरे, अरूले घच्घच्याएर। छोराहरू त्रिलोक र मोहितको भविष्य सोचे, आफूलाई खै गर्ने मानिस चाहिएला भन्ने ठाने। त्यसपछि उनको जीवनमा रमिला आइन्। र, अहिले सबैथोक सोचेझैं भइरहेको छ। पहिलो प्रेम मीरासँग, दोस्रो रमिलासँग गरे। नभएकी मीराको खुब याद आउँछ उनलाई र भएकी रमिलालाई साह्रै माया गर्छन्। अल्लारे हुँदा मीरालाई खुब प्रेम गरे, विवाह भयो। विवाहपछि पनि उस्तै प्रेम गरे। प्रौढ हुँदाचाहिँ मीराले छाडेर गइन्। तर फेरि यो प्रौढतामा उनले प्रेम गर्ने रमिला पाए। त्यसैले मान्छेहरूले भन्दा हुन् उमेरले प्रेमलाई छेक्दैन! बोल्दै गर्दा छेउमा बसेकी रमिलालाई हेरे, हातमा स्पर्श गरे। लाज मान्दै रमिलाले भुइँमा हेरिन्। भित्तामा निर्बाध हाँसिरहेकी मीरालाई पनि हेरे। अनि भने, 'मान्छेको हृदयमा मायाको खानी हुन्छ रे क्या! जति झिके पनि सकिँदैन।' एउटालाई धेरै माया गर्न अर्कोलाई गर्ने मायामा कटौती गर्नै पर्दैन भन्छन् उनी।
भित्ताभरि जूनजस्तै हाँसिरहेकी मीराका फोटा छन्। देखेर उनी कमजोर होइन बलियो हुन्छन्। भित्ताको फोटो नदेख्ने ठाउँमा हुँदा हृदयमा देखिरहन्छन्। हृदयको मूर्तिलाई हजार रेक्टर स्केलको भुइँचालोले पनि ढाल्न सक्दैन। घर सरेर दुःख कम होला, सम्झनाले अलि थोरै डस्ला भनेर बुढानिलकण्ठबाट भक्तपुर सरे। तर अहिले बुझे- 'घर सरेर गल्ती गरें।' त्यहाँको समाजलाई खुब मिस गर्छन्।
मीराले छाडेर गएपछि रस निचोरिएको कागतीजस्ता भएका हरिवंश रमिलाको आगमनपछि फेरि तंग्रिन थाले। पत्नीको प्रेममा भएको जादु गजबको लाग्छ त्यसैले उनलाई।
'मीरालाई गुमाउँदा म यति दुःखी भएँ....' बोल्दै गर्दा उनका आँखा बर्सन ठिक्क परेको बादल जस्तै बनेका थिए। अगाडि बोल्नै सकेनन्। पत्नीको वियोगमा उनको दुःखको आयतन कति थियो उनले भन्न सकेनन्, शब्दमार्फत्। एकै छिनपछि आफै सम्हालिए, रमिलाले छेउमै राखिदिएको मिल्क कफी सुरुप्प पारे अनि भने, 'सुनिएका भन्दा सुन्न नसकिएका आवाज गहिरा हुन्छन् हगि।' अनि मुटुका दुई पाटामा बसेका मीरा र रमिलालाई यसरी व्याख्या गर्छन्, एउटा दार्शनिकले जस्तै, 'मीरा देउता भइन् रमिला मान्छे हुन्।'

यो हरिवंशको घर हो!
हरिवंशलाई लाग्छ धेरै मानिसले आफ्नो जिन्दगीमा एकपटक मात्र संघर्ष गर्नुपर्छ। बाँकी भनेका तपसिलका कुरा हुन्। यिनको जिन्दगीमा पनि तपसिलहरू धेरै आए। ठूलो साधना गरे। धेरै दुःख झेल्दै यो अवस्थामा उक्लिए। आफैंलाई कुकुरसँग तुलना गर्छन्, 'म जन्मेको महिना कात्तिक, मैले अभिनय सुरु गरेको कुकुर भुकेर, मैले एउटा कुकुरले पाउने सुख र दुःख दुवै पाएँ।'
हाँसो भन्ने शब्द आम मानिसलाई हरिवंशकै लागि बनेजस्तो त लाग्छ। तर जिन्दगीले उनलाई धेरै ठाउँमा व्यंग्य गरेको छ। 'हरिवंश त सधैंभरि हाँसिरहन्छन् होला है?' आम मानिस ठान्छन्। उनीहरूलाई थाहा छैन, हरिवंशको वास्तविक जीवनमा हाँसोले कति धेरै व्यंग्य गर्छ भनेर! हाँस्नेहरू त उनको घर देखेर पनि खितिति हाँस्छन् र भन्छन्, 'यो हरिवंशको घर हो।' अरू त के, मानिसलाई हरिवंशको घरले पनि हसाउँछ। उनलाई केही छैन; किनभने यो पनि माया गर्ने एउटा तरिका हो।

रेलको लिकमा सुत्न सकिनँ
दुनियालाई हँसाउने यी मानिस आफू भने जिन्दगीमा धेरै रोएका छन्। सानै हुँदा बाआमा बिते। टुहुरा हरिवंशलाई धेरैले हेप्न खोजे। जिन्दगीले सबैथोक सिकाउँदै लग्यो। मीराको देहावसान पछि 'अब म किन बाँच्ने?' भन्ने भावना पनि आयो। रेलको लिकमा चुपचाप गएर सुतौं जस्तो पनि लागेको थियो रे! तर तत्कालै मनमा बिजुली चम्कियो, अन्तरवार्ता दिँदा बाबाको दाहिने छेउमा बसेका छोरा मोहितलाई हेरे। भर्खर नुहाएर कपाल सर्लक्क पारेका मोहितको कपाल बिगारिदिए र भने 'आमाको झल्को मेट्ने छोराहरू छँदै छन्। अनि मलाई माया गर्ने दर्शकहरू पनि।' यही भावना बन्यो सालको बलियो टेको जसले उनलाई धानिरहेको छ निरन्तर। आफूले राम्रो कामबारे मात्रै सोच्न ठूलो जिम्मेवारी छ उनलाई। हरिवंशले जे गर्योे उसै गर्नेहरूलाई पाठ पनि त सिकाउने जिम्मा उनैको हो।
आत्मकथामा जीवन
अरूको जीवनकथा पढ्न धेरै रुचाउने यिनलाई कहिलेकाहीँ लाग्थ्यो रे, कुनै दिन आउला अनि आफ्नो पनि जीवनकथा लेख्न पाउँला भन्ने। आयो त। जिन्दगीमा धेरैथोक दिएकी पत्नीले मृत्युपछि पनि किताब लेख्ने ऊर्जा दिइन्। पत्नीवियोगलाई लेख्ने उर्जामा ढाले हरिवंशले। फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यो किताब बजारमा आउनुअघि उनलाई खुसीमिश्रित डर लागिरहेको छ। आख्यानकार अमर न्यौपानेले भाषा मिठ्याउन सघाउँदैछन्। पुस्तकमा उनका बिठ्याइँ, दुःख-सुख छन्।
हरिवंश अचम्मका मान्छे छन्। उनलाई आफ्नै हाउभाउ देखेर हाँसो उठ्छ। आफूले निभाएको पात्रलाई टेलिभिजनमा देखेर पनि हाँस्छन् अनि भन्छन्, 'ऊ त्यो मान्छेले कति हँसाएको है!'
जनआन्दोलनमा सहभागिता
देश बिग्रिएकोमा हरिवंशलाई रुन मन लाग्छ। पुरानो टेलिसिरियलको संवादको झल्को दिँदै भन्छन्, 'अरे क्यानाम भान्छाकै छेउमा भको पाइखाना त दुरुस्त राख्न सकिन्छ। ठाउँमै आची गर्ने जहीँतहीँ नगर्ने, दिनहुँ सफा गरे त भैगो। अनि क्यानाम देश पनि आच्छा बनाउन सकिन्छ!' गफ गर्दा विम्ब धेरै प्रयोग गर्छन्, जस्तो आफ्ना प्रहसनहरूमा गर्छन्। देशमा चलेका प्रत्येक परिवर्तनकामी आन्दोलनहरूमा भाग लिए, आफ्ना विम्बात्मक प्रहसन लिएर गाउँ-गाउँ डुले। मान्छेहरूलाई व्यवस्थाका विरोधमा उत्रिन शंखनाद गरे। जनआन्दोलन २०६२/६३ घाइते भएकाहरूलाई मलम लगाइदिए। यो कामले आम मानिसको हृदयको कन्दराबाट अपार सम्मान र श्रद्धा दिलायो। त्यही त हो एउटा कलाकारलाई आम जनताले दिने अमूल्य बक्सिस!
...
आफ्नो जन्म सही समयमा भएको उनी मान्छन्। यिनले ढिँडो खाए, भोक लाग्दा सपासप गुन्द्रुक-भात खाए, खट्टे पनि खाए। विद्यालय जाँदा मकै-भटमास पोको पारेर लगे। 'त्यो समय साह्रै सही थियो' भन्छन्। उति बेला बोलिने मौलिक भाषाहरूको प्रयोग गर्न पाए। यिनकै पालामा त हो मानिसहरूले टिकट काटेर थियटर जान थालेका। दिल खोलेर यिनको बहुरूपी प्रतिभा हेर्न पुगे, आफ्ना पीडाहरू एकै छिन भए पनि त बिर्सन पाए। यिनकै पालामा हो प्रविधिको विस्तार हुन थालेको। रेडियोमा नाटक बजाइन थाल्यो, एउटा बाकसजस्तो भाँडोमा मानिसहरू बोल्ने, नाच्ने, हाँस्ने गर्न थाले जसलाई टेलिभिजन भनियो। यस्ता प्रविधि यिनकै पालामा सुरु भयो। हलुका चाउरिन थालेका औंला भाँच्न थाले हरिवंशले अनि भने, 'हामीले खासगरी तीन ओटा कुरामा फड्को मार्दै त्यसको उपभोग गर्न सक्यौं। एउटा रंगमञ्चको विकास, अर्को टेलिभिजनको सुरुआत र प्रसार, तेस्रो इन्टरनेट पनि।' हो यी व्याख्या सुन्दा लाग्छ हरिवंश सही समयमा पृथ्वीमा आए।
कलाकारिताका पण्डित
प्रतिभा जन्मजात हुन्छ। प्रतिभा तिखारियो र संघर्ष गर्दै उनी यो अवस्थासम्म आइपुगे। जे गरे आफ्नै बुताले गरे। यसैले उनले संघर्षको परिभाषा राम्ररी दिन जानेका छन्। बाआमाले त उनलाई पण्डित बनाउन चाहन्थे। पण्डित बन्न पाठशाला पठाउँथे, दौरा सुरुवाल लगाइदिएर। तर हरिवंश भने बीचबाटोमा गएर दौरासुरुवाल झोलामा राख्थे र सर्ट पाइन्ट लगाएर अन्तै हिँड्थे। भृकुटीमण्डपमा पौडी खेल्न, समूह बनाएर मान्छे पिट्न, दर्जन फिट माथिबाट साँढेको ढाडमा हाम फाल्न, ठगेर पुस्टकारी खान वा पैसा नतिरी सिनेमा हेर्न; ती कुरा अहिले सम्झेर हाँस्छन्। यिनलाई संस्कृतका मोटा किताब पढ्नुपर्थ्यो। हरिवंशका हात लागेपछि किताब आफसेआफ दुब्लाएर रिठ्ठोझैं हुन्थे। एकपटक आमाले थाहा पाएर गालामा दनक दिनुभयो। तर किताब दुब्लाउन छाडेनन्। बाआमाले भनेझैं यिनी पण्डित त बनेनन् तर आफ्नै परिभाषाअनुसारको पण्डित बने, कलाकारिताको पण्डित। आफ्नो पण्डित्याइँले दुनियाँलाई चकित गराइरहेका छन्। त्यो देखाउन पाएको भए हरिवंश र तिनको बाआमाको चित्त हाँस्ने थियो।

मदनकृष्ण भेटिए
कलाकारिताको घोडेटोमा एक्लै हिँडिरहँदा कुनै दिन मदनकृष्ण भेट भए। मदनकृष्णलाई देखेको दिन हरिवंशलाई आफ्नै दाइझैं लाग्यो; आफन्त हुन्झैं लाग्यो। 'मदन दाइको आँखामा हेरें अनि हामी वर्षौंदेखि परिचित छौं जस्तो लाग्यो।' मदनकृष्णसँग हत्केला जोडेर खिचेका तस्बिर हेरेर बोल्दैछन् उनी, 'कस्तो अचम्म है, पहिलोपटक देख्दा पनि मदन दाइबारे त्यस्तो आत्मीय अनुभव भएको!' मदनकृष्णसँग भेट भएपछि एउटाले तानिरहेको गाडा तान्न अर्का थपिए। मदनकृष्णसँग गुण थियो र पो हरिवंश तानिए। र हरिवंशसँग भएको गुण पनि मदनकृष्णले देखे। अनि यी दुई एक हर्सको पावरबाट दुई हर्स पावरका हुनगए। यिनीहरूको सहकार्यले समाजलाई ठूलो सन्देश दिएको छ, तर मानिसहरूले खै किन हो नबुझेका! बाहुन र नेवार कलाकार मिलेर पृथ्वीको फन्को लाइरहेका छन्। एकअर्काको सांस्कृतिक भेलामा सँगै जान्छन्, खानपीन गर्छन्। अनि मान्छेहरू खासखुस गर्छन्, 'कति मिलेका है यी दुर्ई।' 'जगदम्बाश्री पुरस्कार' बाट विभूषित पनि भए दुवै। 'यसबाहेक म अर्को ठूलो पुरस्कारले विभूषित छु,' हरिवंश भन्छन्, 'त्यो हो मदनकृष्ण श्रेष्ठ पुरस्कार।' मदनकृष्णसँगको सहकार्य उनलाई सबैभन्दा ठूलो पुरस्कार लाग्छ। मदनकृष्ण भेट नभएको भए उनी सामान्य मान्छे हुन्थे रे!
यी दुई एकअर्कालाई पन्छाएर कहिल्यै अघि बढ्दैनन्। दुइटैको लक्ष्य एउटै हुन्छ। गोल हान्ने। कतिपय ठाउँमा मदनकृष्णले पास दिएर हरिवंशले गोल ठोके भने कतिपयमा हरिवंशले पास दिएर मदनकृष्णले गोल ठोके! गाईजात्रा, नाटक, प्रहसन, सिनेमाहरूमा दुईजना कहिले नेगेटिभ कहिले पोजेटिभ भएर चरित्र निभाए। 'बत्ती बाल्न नेगेटिभ र पोजेटिभ दुवै मिल्नुपर्छ। हाम्रो उद्देश्य बत्ती बाल्नु थियो नि!' उनी भन्छन्।
कामहरू सन्तुलित रूपमा बाँडफाँट गरे। जहिल्यै सफल भए। टिमलाई सधैं सफल बनाए। यिनले बुझेका छन् रंगमञ्चमा कुनै पनि कलाकार कमजोर हुनुहुँदैन। भए रंगमञ्चै गर्ल्यामगुर्लुम ढल्छ। त्यसैले यिनीहरू उक्लिएको रंगमञ्च जहिल्यै बलियो भयो।

नारायणगोपालसँग दोस्ती
नारायणगोपालसँग पनि हरिवंशको गजबको दोस्ती थियो। बालखा हुँदैदेखि नारायणगोपाललाई सुन्थे। र, त्यति बेला कल्पना गरेका थिएनन्, कुनै दिन तिनै गायकसँग मिलेर एउटै स्टेजमा कार्यक्रम गर्न पाइएला भनेर; त्यो पनि पाए। दर्शकहरूको रोजाई नै 'मह' को प्रस्तुति र नारायणगोपालको गीत हुन्थ्यो। यी दुवै एकअर्काका फ्यान हुन्। एक जना साह्रै गम्भीर देखिने अर्कोचाहिँ फन्नी!
नारायणगोपालले गाउने सबै गीत आफ्नै लागि गाएका हुन् जस्तो लाग्छ रे हरिवंशलाई। 'ए हरि तिम्रो पनि स्वर राम्रो छ। रियाज गर।' नारायणगोपालले भन्दा हरिले पत्याएनन्, कालान्तरमा थाहा पाए, 'हो रहेछ।' किनकि, हरिवंशले गाएका गीतहरू पनि मान्छेले उत्तिकै रुचाए। हरिवंश पनि गायक भएर चर्चा बटुलेको नारायणगोपालले सुन्न पाएनन्। पाएको भए भन्थे होलान्, 'देख्यौ मैले भनेको होइन तिमी गाउन पनि सक्छौ भनेर!' नारायणगोपालको मृत्यु 'मह' को आँखैअगाडि भयो। धेरै दिनदेखि नारायाणगोपाल अस्पतालमा थिए, 'मह' 'लोभीपापी' को सुटिङमा। 'मह' भेट्न गए। नारायणगोपालका आँखा 'मह' लाई अन्तिमपटक हेर्न कुरिरहेका रहेछन्, किनकि अन्तिमपटक 'मह' लाई हेरेपछि मात्र उनले केही सेकेन्डमै आँखा चिम्लिए, सधैंको लागि।

राजनीति मेरो काम होइन
उनी सानो हुँदा देशमा जस्तो अस्थिरता थियो त्यस्तै छ अहिले। 'मह' को मित्रतबाट नेपालका राजनीतिक दलले पाठ सिक्न सकेनन्। नेताहरूले सारेगमको नोटेसनमा व्यवस्था चलाउन जानेनन्, हरिवंश गुनासो गर्छन्। देश राम्रो बनाउन आफ्नो पक्षबाट दिनरात लागिरहेका छन् उनी। तर नेताले केही गरेनन्। 'सबैले आफ्नो ठाउँबाट सकिने काम गरे पो देश बन्छ,' उनी भन्छन्, 'भारत र चीनको बीचमा नेपाल रहेकोले पनि विकास हुन अप्ठ्यारो पर्यो ।'
'भारतको विकासको ईर्ष्या गर्नेहरू पनि यहीँ खेले, चीनको विकासको ईर्ष्या गर्नेहरू पनि यहीँ। एक अर्कालाई बिगार्न नेपाललाई सुरक्षित ठाने। तर ती दुई देश माथि उठे अनि नेपाल जहाँको त्यहीँ,' टिप्पणी गर्छन्, 'देश धनी भए सबै धनी हुन्छन् नि, खै कुरो बुझेका नेताले।' यति सामान्य कुरा पनि नेताले नबुझेकामा हरिवंश च्याँठि्ठन्छन्। कतिपय व्यक्ति यी दुई हास्य नायकलाई देश चलाइदिन गुहार्न आउँछन्। यी दुवैले बुझेका छन्, यिनको काम राजनीति गर्ने होइन। कलाकारिता मात्र हो। र, नेताको काम कलाकारिता होइन।
...
व्यंग्य गरिएको मान्छेले पनि नरिसाएरै हेर्योप भने कलाकारिता सबभन्दा सफल मानिन्छ, उनी भन्छन्। त्यसैले उनका व्यंग्य अधिक शक्तिशाली छन्। घुमाउरा हुन्छन्, सीधा हुँदैनन्। सुम्सुम्याएर ठाउँमै हान्ने खालका! शब्दलाई लुकाएर प्रहार गर्नुमा हरिवंशलाई मज्जा लाग्छ। उनको एउटा प्रहसन छ, 'बोसेइ आन्द्रा भुँडी'। हरिवंशलाई त्यसमा आफूहरूले गरेको प्रहार खुब मनपर्छ। रसियाबाट नेपाल आएको एउटा कम्युनिस्ट नेता (जसले रसियनबाहेक केही पनि बु‰दैन) ले प्रजातन्त्रको पक्षमा चर्को भाषण दिन्छ। नेपालका कम्युनिस्टहरूलाई योभन्दा ठूलो व्यंग्य के र!
फ्यानले ढुंगा हाने
हरिवंशका लागि रंगमञ्च आमाजस्तै हो। टेलिभिजन भनेको श्रीमती र ठूलो पर्दाचाहिँ भाउजु। माया कमबेसी हुँदैन। सबैमा उनले नकारात्मक र सकारात्मक भूमिका बरोबरी निभाएका छन्। 'लक्ष्मी', 'बनपाले' जस्ता टेलिफिल्ममा उनी असाध्यै छुचो बनेका छन्। 'लालपूर्जा' मा उनी सोझो र ठगिएको तल्सीङ बनेका छन्। कुनमा बढी सफल र असफल भन्ने नै लाग्दैन यिनलाई। किनकि यी यस्ता कलाकार हुन् जसले जे काम गरे त्यसमा सफलता मात्र हात पारे। यसमा उनको भाग्यभन्दा प्रतिभा बलियो भएर हो, किनकि उनी भाग्यमा विश्वास गर्दैनन्। प्रतिभा आफैंसँग जत्ति भने पनि छ। हरिवंशले 'लक्ष्मी' नामक टेलिफिल्ममा यस्तो दमदार अभिनय गरे उनलाई कसैकसैले ढंुगाले हान्ने गरी मन पराए। हरिवंश बाटोमा हिँड्दा एउटी महिलाले उनलाई ढुंगाले प्रहार गरिछन्। उनले छले। 'लक्ष्मी' टेलिफिल्ममा हरिवंशले गरेको नकारात्मक भूमिका मन (न)पराएर उनले त्यसो गरेकी। बु‰दै जाँदा, ती महिलाकी छोरी पनि बोल्न नसक्ने रहिछन्! 'कान्तिपुर' मा उनले 'ऊ गरेर ऊ गरे' को जनताले मन पराए। 'वनपाले' मा धोद्रो स्वरमा 'पानको पात' गाएर बदमासी गरे, त्यो पनि मन पराए। र 'बलिदान' सिनेमामा उनी क्रान्तिकारी हिरो भए र आमालाई यसरी फकाए, 'एकफेर तिमी एक्लै रोइदेऊ न आमा। तिमी रोए सारा आमाहरू हाँस्न पाउँछन्।' यो पनि दर्शकले उसैगरी मन पराए।
'पेसा मेरो हास्य हो,' उनी भन्छन्, 'तर कलाकार हुनु मेरो इथिक्स हो।' एउटा कलाकारले जस्तो पनि भूमिका गर्न सक्नुपर्ने सार्वभौम इथिक्स हरिवंशमा पूरापूर लागू हुन्छ। उनी अल्लारे केटो हुन सक्छन्, बुढी आमा बन्न सक्छन्, क्रान्तिकारी बन्न सक्छन्, बोल्न नसक्ने मानिस बन्न सक्छन्, नेता बन्न सक्छन्, फटाहा बन्न सक्छन्, केटाकेटी बन्नसक्छन्! के सक्दैनन् र! त्यसैले अन्य क्षेत्रका कलाकारले जसरी आफ्नो नाम भन्नेबित्तिकै एउटै किसिमको भूमिकाको ब्रान्ड बनाएका छन्, हरिवंशले त्यो बनाएका छैनन्। किनकि कलाकार भएकोले यिनको ब्रान्ड बहुरूपी छ।
...
हरिवंश 'लार्जर देन लाइफ' प्रतिभा हुन्। उनको समग्र जीवन यति विशाल छ कि, ती सबैलाई शब्दको स्केच कोरेर पुस्तकमा उतार्न पनि सम्भव भएन। 'कति सम्भि्कएर लेखें। कति नसम्भि्कएर लेख्न सकिनँ,' उनी भन्छन्। यी मानिस काँचको पर्दामा देखिएजस्ता 'फन्नी' छन्, तर त्यहाँ देखिए जस्तै बदमास भने छैनन्। उनी जीवनजस्तै छन्! नेताहरूलाई धेरैपछि चेतना आउला। आयो भने 'हरिवंश संग्रहालय' बन्ला। त्यहाँ हरिवंशले प्रयोग गरेको जुत्ता, कोट, गाडी, ऐना, चप्पल पनि संग्रहित होलान्। अनि ती मानिस हरिवंशको घर देखेर हाँसेझैं संग्रहालयमा उनका सामान देखेर पनि हाँस्लान्?

प्रतिक्रियाहरू (42)add comment
0
Maya Lohani: ...
Ma lai Hahibamsa dai eakdamai ramroo lag6.he is good artist in nepal.ma uha ko book ko partiksha ma 6u.best of luck hari dai.
3

April 07, 2013
भोट: +28
0
zwala: ...
April 07, 2013
भोट: +21
0
kapil acharya: ...
perfect combination of writing. Haribamsa ta always perfect ni ,,,,,,,,,,,,,,, gud one keep it up. thank you!
6

April 07, 2013
भोट: +24
0
jeevan: ...
April 08, 2013
भोट: +7
0
ALGA: ...
hari dai ko act ramro cha .malai u jasto avinaya garne arko kalakar nepal ma chaina jasto lagcha
9

April 08, 2013
भोट: +8
0
subhash karki: ...
dosro bihe gareko chai sarai mann parena malai ta......... MAHA is always supppppppppopppp
10

April 09, 2013
भोट: -8
0
Raja Sukubhattu: ...
'देश धनी भए सबै धनी हुन्छन् नि, खै कुरो बुझेका नेताले।' यति सामान्य कुरा पनि नेताले नबुझेकामा हरिवंश च्याँठि्ठन्छन्।नेत
12

April 09, 2013
भोट: +4
0
Parashuram Aryal: ...
Haribansa dai ko agami prakashan huna lageko kitab ko tibra pratikshya ma yo man 6...........
13

April 09, 2013
भोट: +0
0
tulsiram basyal, texas, usa: ...
Thanks for the information about haribansa dai, We appreciated from his great duties and awareness about the various parts of the nepali society. God may give more energy to him for further programs. Yo lekhale mero atmalai chhoyako chha maniska jiwanka dui pata hunchhan drishya ra adrisya, lekhle manav jiwanko mahimalai prastuti gareko chha. thanks
15

April 09, 2013
भोट: +4
0
Hem Raj Pant: ...
He is the man with golden heart; a realistic, sarcastic and versatile actor.. real maha nayak of Nepal.
16

April 09, 2013
भोट: +6
0
gopal maharjan: ...
agadi ko jeevan sukha sanga bittos ani ajha dherai safalta milos jeevako harek pal haruma. We ove u dai
20

April 10, 2013
भोट: +2
0
Bigyan: ...
दाई... .... इ नेताहरु आफु त सिद्धिने भए देश लाई पनि शिध्याउने भय.. इनि हरु ले आफ्नो खुट्टा मा मात्र हैन सबै नेपाली जनता को टाउको मा बन्चरो हानी रछन.. ... अहिले को समसामयिक देश को परिस्थिति लाई र नेता हरु को ethics लाई मध्यनजर गरेर एउटा राम्रो कार्यक्रम बनाउनु पर्यो.. केहि गर्दा लागेन... कतै इनि हरु को चेत खुल्थ्यो कि .....
22

April 11, 2013
भोट: +0
0
bimala: ...
Haribansa Dai ko jati Charcha Garapani "pura hudina . 1 Ta perfect Kalakar ko name linu parda hari dai ko name aam Nepali Le linu par6 jasto lag6 malai. Best Of Luk your Book Published.
24

April 11, 2013
भोट: +0
0
Puskal: ...
Haribansa jasto kalakar yo desh ma aba biralai janmiyalan.....Gajjab ka 2 budha harule Nepali lai nikai hasayeka chhan.....Jai hos !!
26

April 11, 2013
भोट: +0
0
Manju Sapkota : ...
kehi samaya agi maile yauta paper ma haribansa dai le purba mech dekhi paschim mahakali samma gareko yatra ra dukhi hajurko pida sundai hudnu vayako lekh paddha kheri nai malai lagi raheko thiyo ki uhale pakkai kehi naya kam gardain hununchha vanera. sayad tesailko result po ho ki book published garn lagnu vayako . anyway i am waiting for Book {Chino harayako Manchhe)
27

April 11, 2013
भोट: +0
0
goru singe dai Taare !: ...
, 'सुनिएका भन्दा सुन्न नसकिएका आवाज गहिरा हुन्छन् हगि।'
28

April 11, 2013
भोट: +0
0
Ram Malla: ...
i really really like HARI dai.........dai be happy life is a journey please try to happy remaining life with new life i pray to god ................



Ram Malla
Dhading
29

April 11, 2013
भोट: +0
0
amrit gurung: ...
April 12, 2013
भोट: +0
0
Ambika Paudel: ...
Very nice to know about Mr. Haribansa and wish him to be happy in his real life . and like to read his book once please contact to me.
33

April 12, 2013
भोट: +1
0
bishnu shrestha : ...
April 12, 2013
भोट: +0
0
Madankrishna Maharjan: ...
At first Salut for your creation please Hari Dai you should have to make audio also of your coming book because every one want's to feel your creation; even some one can't read and write.
35

April 12, 2013
भोट: +0
0
baburam bhandari: ...
haribansa dai ofcourse is larger then life.....n he is legendry of Nepal. I enjoyed his performance very much....
36

April 12, 2013
भोट: +0
0
rabindra shrestha: ...
smilies/grin.gif Hari bansa ji Nepal ko kebal 1 haat ko aaula ma ganna sakine kalakar madhya utkrista hunuhuncha,,,uha Nepal ma janmanu pani hami nepali haru ko thulo vagya ho,,,,sadhai,,,,kahile tyau kancha vayera,,kahile talsing vayera,,,kahile 15 gate bihe garera,,,adi itiyadi rup ma aayera hamilai sadhai jiwan ma hasna prerit garirahanu,,,dhanyabad,,,
38

April 13, 2013
भोट: +0
0
Silvia: ...
April 13, 2013
भोट: +0
0
Safal Suraj: ...
आफु रोएर अरु जनतालाई हँसाउनेलाई, हामी सम्पुर्ण नेपालिको तर्फ बाट सलाम
40

April 13, 2013
भोट: +1
0
karl bikram thapa: ...
yi kalakar le jastai hamra netaharule pani aafno jimmewari bodh matra gare bhane haribansa dai ko kalpana sakar hune thiyo
41

April 15, 2013
भोट: +0
0
nabin kumar shrestha: ...
April 16, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार