'बिहे नहोला जस्तो छ'

E-mail Print
गायन क्षेत्रमा आफूलाई उहिल्यै हिरो बनाइसकेका राजेशपायल राई बेला-बेला फिल्ममा पनि 'हिरो' बन्ने रहर गर्छन्। केही महिनाअघि मात्रै फिल्म 'सिमाला'मा देखिएका उनले एउटा अर्को फिल्ममा पनि काम गरेका छन्। त्यो फिल्ममा अविवाहित यी गायकको डाइलग छ, 'राजेश पायल राईको अब बिहे नहोला जस्तो छ।' उनीभन्दा पाका अर्का राजेश अर्थात् अभिनेता राजेश हमालले बिहे गर्ने आशा नमारिसकेको अवस्थामा यी किन विरक्तिए भन्ने लाग्नु स्वाभाविकै हो। यहाँ कारण अर्कै छ। उकेश दाहाल निर्देशित फिल्म 'किन-किन'मा उनले एउटी बालासँग लामै चुम्माचाटी गरेका छन्। यसका कारण गर्लफ्रेन्ड बिच्केलान् भन्ने पीर परेको हुनसक्छ उनलाई। भिडियोकी मोडल बनेकी सन्ध्या ठकुरीसँग उनले आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चुम्बनको दृश्य दिएका छन्। छोटो भूमिका रहेको फिल्ममा उनले ओठ टोकेरै किस किन गर्नुपर्‍यो भन्ने चाहिँ साउन ३२ गते मात्रै खुल्नेछ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार