Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

खगेन्द्र दाजु नमर्नूस् प्लिज

E-mail Print

राजेन्द्र थापा— गत शनिबारको 'अक्षर'मा खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजार पाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८ वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!

दाजु नमर्नूस्। तपाईं मर्नुभयो भने पत्रकारितामुखी साहित्य एक्लै कसरी बाँच्ने? साहित्यमा पत्रकारिता : पत्रकारितामा साहित्यको अविष्कारक दाजुहरूकै कारण साहित्यिक सृजना बन्न पुगेका छन्- लीलामय कफी गफ, लोकल कुखरा खा' गफ, पसल्नीसित मोबाइल साटिया, कविहरूले रक्सी खा', भुटन चाख्या, घरको बिरालो मर्या , श्रीमतीले अमेरिकाबाट फोन गरेर के तरकारी खानु भो भनेर सोध्या गफ, छोरी सुत्केरी भा' गफहरू।

चार-पाँच वर्षअघि दाजुले मलाई फोनमा भन्नुभएको थियो। बिहानै देवेन्द्रराज पाण्डेजी, दाजुका घरमा हतारहतार आउनुभएछ र भन्नुभएछ, 'आजको अखबार पढ्नुभो? अर्को खगेन्द्र संग्रौला जन्म्यो।' सन्दर्भ राजेन्द्रको लेखको थियो। त्यही स्मरण गरेर दाजुले राजेन्द्र जन्मेपछि खगेन्द्र मर्योर त भन्नु भा'को हैन?

गतांक पढ्दा दाजुका मनका पीडा यो मनुवाको सानु बुद्धिले पक्रयो। प्रकाशकले अग्रिम दिएका चार लाखका कुरा गोप्य नराखेर दाजुलाई पीडा दिएछु, माफ पाऊँ। झन् प्रकाशकले २५ प्रतिशतका दरले चैत १५ सम्मको आठ हजार प्रतिको पाँच लाख २० हजार रोयल्टीको हिसाबकिताब बुझाएको त दाजुलाई भन्दै-भन्दिनँ। हाम्रा किताब एनजिओले छाप्दैनन्। हामीलाई कुनै दल या नेताले पनि पक्षमा लेख लेख्न खुसुक्क 'चपु' दिँदैनन्। अनि 'खेलौना' लेख्नुपरेको हो, दाजुलाई मार्न हैन। न त पत्रिकामार्फत् साहित्यकार बनेकाहरूको चित्त दुखाउनै हो।

बुद्धिजीवीबाट आलोचित भए पनि आमजनता खोजीखोजी पढिरहेका छन् भनेर पुस्तक साहुहरूले भनेका कुरा दाजुकै लेख छापिएको दिनका साप्ताहिकमा पनि छापिएको छ। वास्तवमा यी आमजनता र बुद्धिजीवी को हुन्? बुद्धिजीवी भनेको सायद दाजु, समालोचना र बुक रिभ्युको फरकमै अलमल हरि अधिकारी, अनमोलमणि, रामेश्वर बोहरा र तिनका चेला चपेटा हुन् कि बाँकी लाखौं सचेत-शिक्षित मान्छे, जसलाई आममान्छे भनियो! आममान्छेको अर्थ अशिक्षित, गरिब, दुर्गम क्षेत्रमा बस्ने किसानहरू मानिने हो भने दाजु, तिनीहरू किताबै किन्दैनन्। किताब अर्थात् 'खेलौना' किन्ने ती दस-बाह्र हजार के आममान्छे?

अखबारमा प्रवेश नपाउने प्राडाहरू, शिक्षकहरू, बैंकरहरू, पत्रकारहरू, उद्योगपतिहरू, साहित्यकारहरू, कर्मचारीहरू, डाक्टर, इन्जिनियरहरू, न्यायाधीस र वकिलहरू, राजनीतिक नेता र कार्यकर्ताहरू तथा कलेज युनिभर्सिटीका विद्यार्थीहरूबाट नियमित तारिफ पाउँछु। के आममान्छे भनेका तिनै हुन्? प्रत्यक्ष कल या मेसेज दिनेमा करिब ७० प्रतिशत महिला छन्। हरेकले भन्छन्, 'पुस्तकको नारी आवाजका लागि धन्यवाद।' धेरैले भन्छन्, 'किताब पढ्दा आफूलाई भेटेको र सँगसँगै रोएको पहिलोपटक हो।' के त्यस्तो हुन्छ यौनकथामा?

पुरुष पाठक महिलाको आवाज सायद सुन्दैनन्। तर भन्छन्, 'आफूलाई कतै न कतै इन्द्रको मनोवृतिभित्र पाएँ।' परशु घिमिरेका एक बैंकर मित्रले यो पढेपछि 'पुरुष भएकोमा आफूलाई घिन लाग्न थालेको छ' भनेछन्। ती बैंकरले देखेका कुरा जुन दिन खगेन्द्र दाजुले देख्नुहुनेछ त्यस बेला यो आत्महत्या रोक्नुहुनेछ। तर दाजुका बाहुनवादी, पुरुषवादी, वामपन्थी तथा स्वमहानत्वका चस्माका कारण यो देख्न बु‰न सक्नुहुनेछैन। जब आफूबाहेक अरू सब सानो लाग्छ, तब अरूका गहिराइभित्र पस्न सक्दैन मान्छे। दाजुको समाधान आत्महत्या हैन, आत्मपरिचय हो, अरूलाई हीन ठानेर बहुलाजस्तो झम्टिन छाड्नु हो। आफ्नो मनको खगेन्द्र बुद्धिलाई फेला पार्नु हो। दाजुको उदात्त ज्ञान, निडर लेखन, कलमको नियन्त्रणले दाजुभित्रको सरस्वती-शक्ति स्पष्ट झल्काउँछ। तर राजनीतिक रूपले छोपेको बुझ्छु, म दाजुको साहित्यिक कायालाई। साहित्यिकत्व र राजनीतिकत्व दुवैलाई एकै थालमा मिसाएर खानु भएकाले पेट खराब भएको हो।

पत्रकारी साहित्यमा थिम चाहिन्न। तर साहित्यमा थिम हुने हुँदा साहित्यक चेत भएकाले थिमलाई केन्द्र बनाएर पात्र र घटनाको चक्कर हेरेरमात्रै मूल्यांकन गर्नुपर्छ। दाजुले हरि (अधिकारी) पथमा झैं थिमै नबुझी कभर हेरेर बोलेको सुहाउँदैन। खेलौनाको थिम के हो? थाहा पाउनुभयो त? खेलौनाको थिम यस्तो छ- 'पुरुष नामक मनुवाका गिदीमा महिला योनी नामक जिनिस भएकैले पाँचहजार वर्षदेखि नारीमाथि शोषण हेतु पुराण शास्त्र सामाजिक रितीरिवाज बनाइएका हुन्। यसै कारण आधुनिक युगमा पनि नारीमाथि दानवीय व्यवहार भइरहेकै छ। तर अबका नारी सहँदैनन्। त्यसैले स्मिताले बोलेर विद्रोह देखाइन्।'

स्मिताले नबोले पनि त हुन्थ्यो। किन बोलिन्? उपन्यासको अधार स्मिताको यौन र प्रेम कथा हैन, त्यही विद्रोह हो यसको आधार, चेत भया! मनुवाको गिदीका त्यही जिनिसका बदमासी प्रमाणित गर्न स्मिताका प्रेम र सेक्स एडभेन्चर घरको फर्मा रूपमा उपयोग गरिएका मात्र हुन्। मूल पात्र स्मिता हैन, पुरुष गिदीको प्रतीक इन्द्र हो। स्मिता र इन्द्रलगायत एघार पुरुष पात्र र सात महिला पात्रहरूबाट पुरुष गिदीकै चिरफार गरिएको छ, परिस्थिति अलगअलग भए पनि। स्मिताका पाँच परिच्छेद झिके पनि उपन्यास बन्छ, इन्द्र्र झिके थिम प्रमाणित हुन्न। उपन्यास बन्दैन। यो बुझ्ने साहित्यकार अझै छन्। दादाजी (कमलमणि) ले धेरै वर्षपछि सायद पूरा पढेको यही पुस्तक होला। 'स्मिता पात्र केही पनि हैन, इन्द्र गजबको पात्र बनाउनुभयो' भन्दै दादाजीले इन्द्रका अन्तर्द्वन्द्वबारे गहन प्रतिक्रिया दिनुभयो। सायद खेलौना बुझेका र रुचाएका कारण कमलमणि सर आममान्छे या 'नबुद्धिजीवी' मा पर्नुहुन्छ होला! त्रिविमा पनि सायद साहित्य बुझ्ने नभएरै होला, एमएडको नेपाली विभागले नारीवादी उपन्यास खेलौनाको लैंगिक विभेद सम्बन्धमा र भाषा शैली इत्यादि दुई विषयमा थेसिस तोकेको छ। अब तिनलाई पनि ठोक्नुस्।

आन्द्राको क्यान्सरको शल्यक्रिया गर्दा पेट चिरेर प्वाल बनाइन्छ, आन्द्रा काटिन्छ, रगत बग्छ, छेक्ने अंगहरूलाई पन्छाइन्छ। साहित्यमा पनि त्यही गरिन्छ, जुन गरिन्न पत्रकारी साहित्यमा। हो, यस उपन्यासमा पनि यौन विषयकै शल्यक्रिया गर्दा ती यौनका कुराहरू सबै झिकिएका, चिरिएका, पन्छाइएका र रगत बगाइएका हुन्। शल्यक्रियामा झैं अन्तिममा सिइएर काम सकाइएकै छ। स्मिताकै यौन विषयक अन्तर्वार्तालाई नै कथा बनाइएपछि के भजनका कुराहरू लेखूँ? भोगिनीका कथामा भोगका कुरा हुन्छन्, कुनै दिन जोगिनीका कथा लेखें भने शतप्रतिशत जोग (योग) कै कुरा खोतल्नेछु। उपन्यास यसरी नै बनिन्छ। पशु बधशालामा काटमार नै हुन्छ, पाठशालामा पढाइ अनि गौशालामा गाई र गोबर।

दाजु, यो थिममा लेखिएका कथा नीलो चोली र आगोजस्ता यौन कथा बन्नै सक्दैनन्। महिलाका लागि पहिलो र अन्यका अनुभव एकदम अलगअलग हुने हुँदा स्मिताका पाँच घटनाका बयान एकदम महिलाकै दृष्टिकोणबाट चित्रित गरिएका छन्। त्यसैले पहिलो ओरलवाला मित्रसँगको १८ वर्षे पात्रालाई विस्तृत आनन्दमयी खोजमुखी बनाइएको छ भने त्यो अनुभवपछिको तर पहिलो प्रत्यक्ष संसर्गमा हरेक महिलालाई झैं आनन्दविहीन, पीडादायी, उत्सुक्तापूर्ण सानु कथा बयान गरिएको कलात्मकताको अर्थ बु‰नूस्। स्मिताका मूल प्रेमी पुष्पका हकमा त झन् सेक्सको बयानै छैन। यौन कथामा त यसरी सेक्सलाई महिलाको आँखाबाट मनोवैज्ञानिक प्रस्तुति गरिन्न। पुरुषका आँखाबाट हरेक घटनालाई उत्तेजनाको हदसम्म पुर्या इन्छ। यो गूढ तत्व बुझे काम लाग्ला। यौनमा लेखेर पैसा कमायो भन्नेहरूलाई सुझाव छ, यौनका कथा यसरी बिक्दैनन्। न त यत्रो फराकिलो पाठकवर्गलाई यसले हल्लाउन सक्छ। यौनका मनोविज्ञान लेख्न भने धेरै गाह्रो हुन्छ। वैज्ञानिक तथा मनोवैज्ञानिक अनुसन्धान गर्नुपर्छ। पत्रकारी साहित्यमा जे खकारे पनि जे डकारे पनि सम्पादकले सकार्ने र भोलिपल्टै छापिने हुनाले अध्ययनको चलन नहोला। झन् पछि त्यसैका संकलन निकालेर साहित्यिक कृति नामधारण गर्न पनि सजिलो। एकपटक विमल निभाजीले भनेका थिए, 'आज लेखेको भोलि नै छापिएन भने कस्तो नराम्रो लाग्छ।' पत्रकारी साहित्य र साहित्यमा फरक यही हो। साहित्यमा त सोच्न, लेख्न र छाप्न तथा बिक्न र पढ्न पनि सबैमा समय लाग्छ, मेहनत र अध्ययन चाहिन्छ।

साहित्यलाई दाजुहरूले गर्नुभएको परिभाषामा दाजुहरू रमाएरै बस्दा फरक केही पर्दैन। तर आजभोलि साहित्यको परिभाषा जनता स्वयंले आफैं बनाउँछन्, पुस्तक आफैं छानेर। तपाईं मरे मर्नूस्, तपार्इंका चेलाहरू पनि मरे मरून्, कृतिमा अनेक खोट लाउनूस्; तर जनता आफैं न्यायाधीस हुन्, आफैं फैसला गर्छन्। साहित्य कुन हो कुन हैन? तपार्इंहरूले आममान्छे भने पनि, स्वाद खराब भएका भने पनि, द्यौता तपाईंहरू हैन, तिनै हुन्। तपाईंहरूका आत्मरत्तिभन्दा परै छन्, ती आमपाठक भनी तपार्इंहरूले होच्याएकाहरू। श्लील-अश्लीलको परिभाषा, साहित्यको परिभाषा या आख्यानको एरिस्टोटलीय या शास्त्रीय मान्यता अब एकेडेमिकल बिरालो बँधाईबाट मुक्त भइसक्यो। सेक्स कथामा सेक्सको बयान खेलौनामा भन्दा अझ बढी स्पष्ट गरिएको भए पनि त्यो अश्लीलता हुन्न, अत्यावश्यक हुन्छ, आजको परिभाषामा। आज कथा बोलचालको भाषामा लेखिने हुँदा बयान पनि त्यही भाषामा हुन्छ। एक करोड किताब बेचेर निजी जेट चढ्ने पायलो कोयलोको 'इलेभेन मिनेट' पढ्नूस्। संसर्गको अवधि ११ मिनेट भन्ने थिम भएकाले कहानी यसैमा चक्कर खुवाइएको छ। पत्रकारी साहित्यकारहरूले विदेशी आख्यान पढे भने थिम, भाषाशैली प्रस्तुतिमा निखार आउँछ। बुक रिभ्यु लेख्न पनि ज्ञान आउँछ। सानु कुवाभन्दा बाहिर ठूलो संसार हुन्छ साहित्यको। किनभने साहित्य अब एक देशमा मात्रै बाँधिन्न।


दाजु, यसरी व्यक्तिका बारेमा लेख्नु मेरो नैतिकताभन्दा बाहिर भएकोमा माफ पाऊँ। तर दाजुले व्यक्तिमाथि नै प्रहार गर्नुभएकोले आत्मरक्षा गर्नु मेरो प्राकृतिक धर्म हो। दाजु पुस्तकका बारेमा जे लेख्न पनि स्वतन्त्र हुनुहुन्छ। तर लेखकका बारेमा हैन। मान्छे कालो भनेर डा. रामदयालजीका विरुद्ध लेख्ने हरिपथमा दाजुजस्ता अति आदरणीय व्यक्तित्व नहिँडेको भए यसरी लेख्दा म ग्लानिमय हुने थिइनँ।


अर्काको भनाइको अर्थै नबुझी प्याच्च बोल्नुभएका सिके लालजीका उक्साहटमा वैरागी दाजुको कुलपतित्वको र जगदीश दाजुको मदन पुरस्कारको रिस गरेको देखिने गरी क्रमशः सचिव र सेक्सन अफिसर तोक्नुभयो। किताबलाई बम पड्काए पनि पाइयो, तर भूमिका लेखक या विचार अभिव्यक्त गर्नेलाई स्पर्श पनि गर्नुहुन्न। झन् सम्बन्धै नभएका अभिदाजुलाई नायव सुब्वा र गोविन्दजीलाई खरिदार पद दिएको देख्दा दाजुका अस्तित्वलाई खेलौनाको ख्यातिले पीडा दिएको गलत सन्देश गयो। पियनबाहेक अरू सबै पद बाँडेर सकिएपछि अनि तपार्इंलाई पनि अरूले पद दिन चाहे भने कुन पद दिने?


दाजु अन्तमा विन्ती छ नमर्नूस्। बरु खगेन्द्र पथका पत्रकारी साहित्यकार हरि, अनमोल र रामेश्वरलगायत अरू बीस-पच्चीस जनाका खुसीको लागि मै मर्दिन्छु, खेलौनालाई पनि जलाइदिन्छु। द्रौपदी नामक अर्को त्योभन्दा बढी विवादास्पद कसैको जीवनकथामा लेख्दै गरेको उपन्यास पनि आजैबाट लेख्न बन्द गर्छु। तर तपाईंहरू नमर्नूस्। अखबारका केही पाता कसरी भर्ने चार हजार शब्दहरूको ओभरलोडबाट, समस्या पर्छ पत्रिकाका ब्युरो चिफहरूलाई।


तर समस्या छ दाजु, हामी जो मरे पनि खेलौना मर्दैन। झन्झन् डढेलोझैं आममान्छेका मनमस्तिष्कमा सल्किँदै जान्छ। र, एक दिन पुरुष गिदीको योनीमै आगो लगाइने छ। किनभने खेलौना किताब हैन, नारीलाई 'यौन खेलौना' ठान्ने पुरुषवादविरुद्धको संगठित आवाज हो। गोमा ब्राह्मणीको बाल शोषणविरुद्ध बोल्नेसँग तपाईं जत्ति रिसाए पनि अब बाल बलात्कारीका लिंग काट्ने बेला आउँदैछ दाजु। तपाइंलाई अखबारी गालीगलौजमै छाडेर आममान्छेको संसारमा पुगिसक्यो समाज। आपलोग करें तो लीला, हम करें तो केरेक्टर ढिला? गलत दाजु गलत!

यो पनि पढ्नुस्-

 

मर्न देऊ, पोर्नोग्राफी बचाऊखगेन्द्र संग्रौला— म मृत लेखक बिहान आँखा मिच्दै र हाई काड्दै उठे"। यसो हेर्छु त पि"डीको टेबुलमा एउटा लिखित कागत छ। कागतको शिरमा 'प्रतिक्रिया' लेखिएको छ। म झस्के"।...विस्तृत

 

प्रतिक्रियाहरू (13)add comment
0
milan : ...
राजनीतिक रूपले छोपेको बुझ्छु, म खगेन्द्र दाजुको साहित्यिक कायालाई। साहित्यिकत्व र राजनीतिकत्व दुवैलाई एकै थालमा मिसाएर खानु भएकाले पेट खराब भएको हो।
1

April 20, 2013
भोट: +50
0
Ramesh Pandey : ...
La tapaiko lekhna saili lai salute chha.dherai lekh rachana haru Nepal banda padinthyo tara aile padhna payeko chhaina,sayed18 month paxi yo lekh padhna payeko a khusee chhu.aba tapaiko tyo upanyans kasto xa Nepal bata jhikayera padhaula,sangraula ji ko k kurama chitta bujhenachha?ma ek2 patak padchhu ani tapailai mail garaula.
2

April 20, 2013
भोट: +7
0
Umesh Dhital: ...
‘खेलौना’ पढे पछि.............
बुढ्यौली उमेरमा लेखक राजेन्द्र थापाले देखाएको सहास र उपन्यासले उठान गरेको यौन शिक्षाको आवश्यकताको महुशुस बाहेक उपन्याससँग जेडिएर गर्न मिल्ने अरु कुनै सकारात्मक टिप्पणी भेट्टाउन म असफल रहेँ ।

पहिलो त पुस्तक प्रकाशित भए पछि यसका बारेमा लेखिदिने तथाकथित समालोचक, समिक्षकहरुको प्रति मेरो गुनासो, दया र घृणा छ । ‘खेलौना’ उपन्यास बजारमा आएपछि यसलाई नेपाली साहित्यमा विपि कोइरला पछिको यौन मनोबिज्ञानमा आधारित उत्कृष्ट पुस्तक भन्नेहरुले कि त कुनै स्वार्थका कारण यसो भनि रहेकाछन् या त नेपाली सहित्यको समिक्षा÷समालोचना बिधा इतिहाँसकै सबै भन्दा दरिद्र बनेको छ ।

‘खेलौना’ उपन्यास मुलत एउटी मोडल युवतीको कथा हो । जसको साप्ताहिक पत्रिकाको कुनै अंकमा छापिएको सामन्य अन्र्तवार्तामा आधारित रहेर कथाबस्तु सिर्जना गरिएको छ । भ्रमको सुरुवात यहिबाट भएको छ कि स्मिता नामकी मोडलले सो अन्तवार्तामा “मलाई लोग्नेहोइन लोग्ने मान्छे चाहिन्छ” भन्ने भनाइले नेपाली समाजमा व्यापक बहस र उथलपुथल निम्त्याएको भन्ने वहियात भुमिका बाँधिएको छ, सुरुमै ।

बिश्लेषण गर्नु र बयान गर्नु दुइ भिन्न कुरा हुन् । विपिका उपन्यासहरुमा यौन चाहनाका शुक्ष्म आयामहरुको बिश्लेषण पाइन्छन्, त्यहाँ अश्लिलताको कुनै गन्ध फेला पर्दैन । तर ‘खेलौना’मा यौनाङ्गहरुको, यौन चाहनाको र अँझ बढि यौन क्रियाको बर्णन गरिएको छ, ज्यदै भद्घा ढंगले । कतिपयले ठिकै भनेका रहेछन्, केहि सन्दर्भहरुलाइ भुलि दिने हो भने यो फुटपाथमा अनेक आवरणले सजइएको र भित्र राखिने भद्घा यौनका मसलाहरु भन्दा माथी उढ्न सकेको छैन । “चापली हाइट” फिल्म चले पछि, “एटिएम”, “जंगली क्वीन” जस्ता अनेकन नाममा यौन र अंगप्रदर्शनलाई बेचेर फिल्म चलाउन गरिएको होडबाजीमै सामेल गराउन मिल्ने खालको छ ‘खेलौना’, फरक यत्तिहो कि यो पुस्तकको रुपमा आएको छ र त्यो पनि नाम सुनिएकै लेखको हातबाट लेखिएर ।

उपन्यास भित्र, गल्र्स होस्टलमा बस्ने एक छात्राको शारीरिक बिकास अरुहरुको तुलनामा अलिक चाँडो भएको देखाइएको छ । कक्षाकोठामा पढिरहँदा पहिलो पटक “पिरियड” झेल्नु परेको छ उसले । जो आँफैलाई “पिरियड”को सम्बन्धमा धेरै कुराहरु थाहा छैन । आमा वा दिदिहरुसँग कुरा गर्न नमिल्ने गरि होस्टल भित्रको जीवनमा छे उ र उसका साथीहरुसँग त्यसबारे अनुभव छैन र हुँदा पनि उ खुल्न सक्दिन । भने अर्को तर्फ साथीहरुको तुलनामा चाँडै देखा परेको शरीरिक परिवर्तनका कारण उसले भोगेका तनावलाई केहि हद सम्म उजागर गरेर यौन शिक्षाको आवश्यकता सम्बन्धमा उपन्यासले सकारात्मक बिषय उठान गरेको छ ।

हाम्रो समाजमा यौनको बिषयमा खुलेर कुरा नभइरहेको, यौन शिक्षाको अभाव रहेको आदि जस्ता कारणले सो अभाव केहि हद सम्म भएपनि ‘खेलौना’ उपन्यासले पुर्ति गर्ने विश्वास उपन्यासकारले राखेको देखिन्छ । तर मलाई के लाग्छ भने जसरी बिषयबस्तुलाई प्रस्तुत गरिएको छ त्यसको प्रभावले यौन शिक्षाको दिलाउने भन्दा यौन सम्बन्धि र्दुघटना निम्त्याउन सक्नेछ । ननिम्त्याओस् म आशा गर्छु तर ननिम्त्याउला म विश्वास गर्न सक्दिन ।

3

April 20, 2013
भोट: +26
0
Bikash Adhikari: ...
केहि दिनदेखी खगेन्द्र संग्रौलाजी र राजेन्द्र थापाजीका लेखन-जुहारीहरू पढेर थोरै रमाइलो नै लागिरहेको छ। रमाइलो यस अर्थमा की, नेताहरूले गर्ने राजनीतीका विष-वमनयूक्त कटाक्ष धारे-हाते सरापहरूभन्दा यी लेखकहरूका युद्दशैली वास्तवमै धेरै फरक छ। मेरो समस्या यो हो की म दुबै लेखकहरूलाई मन पराँउँछु र केही हदसम्म यिनका काव्य-पात्रहरूसँग जीवनबोध गरिरहेकोहुन्छु। तर आज वँहाहरूले देखाउनुभयो- आफ्नो पल्ला भारी पार्न ठूला-ठूला शब्दहरू खर्चेर साह्रै तल्लो तहसम्म व्यक्तिगत थू-थू गर्दै गिर्न सक्नुहुँदो रहेछ। यति मुर्ख त म छैन की यो नबुझुँ की यो सहित्य-युद्द हैन, यो नितान्त व्यक्तिगत युद्द हो। त्यसैले अब रमाइलो पुग्यो -- अब तँ ठूलो की म ठूलो भन्ने स्वनामी-किर्तन बन्द गर्नुस् --- छि !! -- कुन्नी कल्लाई भन्दा हेर्नेलाई लाज भनेको जस्तो !! आँफूलाई माया गर्ने हामीजस्ता पाठकहरूको सम्मान गर्नुपर्दैन ।
4

April 20, 2013
भोट: +12
0
rabin: ...
बास्तवमा खगेन्द्र जी अरु भन्दा भिन्नै हुने परिवेसमा यी सब कुरा गर्छन उनको लागि आफु मात्रै बुद्दिजिबि, साहित्यकार, प्रगतिशील अनि नागरिक अगुवा हुन् तर कहिले कहिँ अरु भन्दा छुट्टै हुने भूत सबार भएको बेला अरुले कट्टु कम्मरदेखि तल लगाउछन भनेर आफुले चाही टाउकोमा लगाएर हिडेको देख्न पाइयो भने अनौठो नहोला
5

April 20, 2013
भोट: +17
0
शेखर ढुंगेल : ...
जसले जेभए पनि यस प्रकार को विवाद ले दुवै पक्ष लाई परिपक्व भन्न मिल्दैन .वाक चतुर्याई नै मानिस को खुबी होइन .एउटा भनाइ छ "चतुर्याई बुद्धिमानी को कलंक को "कतिपय कुरो मा धर्यता र सहन्सिलता अनिबार्य हुन्छ .कतिपय चित्त न् बुझ्ने कुरो लाई केहि समय सहन गर्न सक्नु पर्दछ .जुन पक्ष बाट जे भने पनि बिच को पाठक को मन दुबैले जित्न नसक्ने स्पस्ट छ .साहित्य सृजना र सर्जक समाज को एउटा अलग्गै धार बोकेको बर्ग हो जुन सानो हुन्छ वहा हरु बिच समझदारी को बिगुल न् फुकिनु दुखद हो ..
6

April 21, 2013
भोट: +0
0
nima: ...
खगेन्द्र बाँचेका छन् । जसले हत्याराको पक्षमा वकालत गर्छन् तिनलाइ बाँचेको कसरी भन्नु ।
7

April 21, 2013
भोट: +9
0
Raj Upadhayay: ...
wa rajendra sir, aja sarai khuci lagyo, hajur ko yo aatma rakchya padhda.,,,,,,,,,, saahetya kasaiko pewa haina, akhabari panaa maa manpari lekhdai maa koi thulo banne jamana gayo, khagendra jee ra unka k he chela ko yo vram todeko maa tapailai dherai dherai badhai pani, yaha ko kalam nirantar badhdai jawoa, hamro suva kamana.....
8

April 21, 2013
भोट: +6
0
jeevan verma: ...
। तर मलाई के लाग्छ भने जसरी बिषयबस्तुलाई प्रस्तुत गरिएको छ त्यसको प्रभावले यौन शिक्षाको दिलाउने भन्दा यौन सम्बन्धि र्दुघटना निम्त्याउन सक्नेछ । ननिम्त्याओस् म आशा गर्छु तर ननिम्त्याउला म विश्वास गर्न सक्दिन ।

does not this show the conclusion.
9

April 21, 2013
भोट: -4
0
Binay: ...
Rajendra thapa ji, "kukur bhukdai garchha haati lamkadai garchha" tyesai le agadi badnos ...tapaiko kriti khelauna pade jyadai ramro lagyo.....ghamandi manuwa khagendra le naramro bhandai ma khelauna naramro hune haina .....
Best of luck for upcomming novel
10

April 21, 2013
भोट: +6
0
sambodhan: ...
दाजुको समाधान आत्महत्या हैन, आत्मपरिचय हो, अरूलाई हीन ठानेर बहुलाजस्तो झम्टिन छाड्नु हो। आफ्नो मनको खगेन्द्र बुद्धिलाई फेला पार्नु हो।

smilies/grin.gifsmilies/grin.gifsmilies/grin.gif
11

April 21, 2013
भोट: +6
0
rajendra thapa: ...
kasai kasai le dohari gareko ma ramro mannu vayeko 6aina /yesle uhan haru ka man ma hami prati ko samman jhalkin6/ BUT mero bata dohari vayeko 6aina.lekhak mar6 kriti ko janma pa6i/ ramro naramro kriti hun6. jalaune ya padkaune gali garne ya tali dine harek ko afno ankha ra chetana bata garna pain6. garnu pani par6, tara khagendra daju ko pailo lekh le bekti mathi asavyata ko had naghyera prahara gare pa6i ek patak man6e vayeko le atma ra6ya garnu mero prakritik adhikar ho.thunera kuteko biralo le afu bachera umkina khojda alikati ta chitrne kam ta vai hal6/mero atma ra6ya lai dohari vannu hunna/aba yespa6i maile uhan lai jawaf diye ma dohaaari hola/ nagarik le kitab adalat vane pa6i maile atma ra6ya ma bolna napaune abastha ranakal ma pani thiyena. badi ko kura ma pratibad garna napaine kasto dukhad soch
12

April 22, 2013
भोट: +3
0
Harke: ...
आफ्नो जिजिबिषा जुटाउन साहित्यको नाममा यौन पस्किने (थापा सर) र साहित्यको नाममा राजनीति (उग्र-बामपन्थी) पस्किने (खगेन्द्र सर) जुहारी हो! एस्ता बाद्-बिबादले नेपाली साहित्यको प्रबर्दन होइन समापन गर्नेछ।............चेतना भया !
13

April 22, 2013
भोट: +2

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार