Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

समाज

बस दुर्घटनामा २ जना मृत्यु, २० जना घाइते

बरुण पनेरु, डडेल्धुरा, बैशाख ११ - कैलालीको टिकापुरबाट अछामको साफेबगर जाँदै गरेको ना४ ख ३६०९ नम्बरको कर्णाली रिभरको यात्रुबाहक बस डडेल्धुराको अमरगढी नपा ११ सल्लाघारीमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। भने १७ जना घाईते भएको छन। तीन जनाको अवस्था गम्भीर रहेको छ।
विस्तृतमा

टाटासुमो दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

टेकनारायण भट्टराई, पाल्पा, वैशाख १०- काठमाडौंबाट गुल्मी जाँदै गरेको निजी टाटा सुमो पाल्पामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाल्पाको खस्यौली गाविस-३ करङगैरामा बा ७ च ३३१८ नम्बरको सुमो सडकबाट करिब चारसय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्तृतमा

लुकाएको बन्दूक बरामद

सर्लाही, बैशाख १०(नागरिक)-सर्लाहीको लालबन्दीमा दाउरामा लुकाई राखेको बन्दुक प्रहरीले बरामद गरेको छ। सञ्जिवनी प्रस्तावित सामुदायिक वनको जग्गा अधिग्रहण हटाउने क्रममा भरुवा बन्दुक फेला परेको हो।

विस्तृतमा

तीन दिनपछि तुलसीको शव

कलेन्द्र सेजुवाल, सुर्खेत, वैशाख १०- तीन दिनअघि भेरी नदीमा बेपत्ता भएकी सामाजिक अभियन्ता तुलसी थापाको शव मंगलबार दिउँसो रामघाटनजिकै भेटिएको छ। दिउँसो २:४५ बजे स्थानीय एक व्यक्तिले उत्तरतिरको किनारमा शव भेटाएको प्रहरीले जनाएको छ।
विस्तृतमा

उद्योगपति मुरारकाको गाडी तोडफोड

विज्ञान अधिकारी, काठमाडौं,वैशाख १० - नेपाल उद्योग वाणिज्य  महासंघका उपाध्याक्ष एवं मुरारका अर्गनाइजेशनका निर्देशक पशुपति मुरारकाको गाडी तोडफोड भएको छ। उनको काठमाडौं थापाथलीस्थित कार्यालयमा रोकेर राखिएको गाडीमाथि अज्ञात समूहले तोडफोड गरेको मुरारकाले बताएका छन्।

विस्तृतमा

चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गयो, चार घाइते

खोटाङ, वैशाख १०- चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। सोमबार राति परेको चट्याङले दिप्लुङ-९ का मङ्गलध्वज राईको १३ वर्षीय छोरा निशान राईको घटनास्थलमै ज्यान गएको हो।
विस्तृतमा

मलेसियामा सप्तरीका आठ युवा अलपत्र

सप्तरी, वैशाख १०- करिब एक वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीका आठ युवा त्यहाँ अलपत्रमा परेका छन्। सम्झौताअनुसारको पारिश्रमिक दिनुपर्ने माग गरेका कारण कम्पनीले राहदानी जफत गरी कामबाट निष्कासन गरेपछि उनीहरु अलपत्रमा परेका हुन्।
विस्तृतमा

नायिका निशा र नायक अर्जुनलाई मन्त्रालयले सगरमाथा चढ्न नरोक्ने

सोलुखुम्बु, वैशाख १०- संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ।

विस्तृतमा

पत्रकार आक्रमण गर्नेलाई पाँच वर्ष कैद सजाय

पानीट्याङकी (मोरङ), वैशाख १०- विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि साङ्घातिक आक्रमण गर्ने दुईजनालाई अदालतले कैद सजायको फैसला गरेको छ।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 89
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता